×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार प्रभाव ! राजमार्गका रुखहरु काट्न सडक डिभिजन कार्यालयले दियो निर्देशन

PRIME CA
GLOBAL IME BANK

समाचार प्रभाव ! राजमार्गका रुखहरु काट्न सडक डिभिजन कार्यालयले दियो निर्देशन

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • प्रनिश थापा /अर्थ सरोकार डटकम

काठमाण्डौ – गत पौष २८ गते आर्थिक दैनिकको पृष्ठ २ मा सडकका रुखहरु नकाटिदिदा दुर्घटनाको जोखिम उच्च भन्ने खबर सम्प्रेषण गरे संगै डिभिजन सडक कार्यालय भरतपुर केही हद सम्म भए पनि तातेको छ । उस्ले पूर्वपश्चिम राजमार्ग विस्तारमा अवरोध पु¥याउने सबै खालका रुखहरु काट्न बन कार्यालयलाई पत्र पठाएको छ । 
राजमार्ग विस्तार गर्दा अवरोध पु¥याएका रुखहरु काट्नलाई मन्त्रिपरिषद्ले नै स्वीकृत दिइ सकेको हुँदा अब राजमार्ग विस्तार गर्दा अवरोध पु¥याउने सम्पूर्ण खालका रुखहरु काट्न सकिने जिल्ला वन कार्यालयका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए । ‘चितवनको राजमार्गमा परेका रुखहरु काट्न वनले सबै प्रक्रिया पूरा गरिसकेको छ ।
अब सडक विभागले आफ्नो खर्चमा राजमार्ग को रुख काट्न सक्छ’ वन कार्यालयका प्रमुख पौडेलले भने, ‘काटेपछि रुखका सम्पूर्ण चिजबिज वनलाई बुझाउनुप¥यो ।’ रुख काटेपछि वन कार्यालयले रुखको लिलाम गर्न सक्ने बताइएको छ । चितवन जिल्लामा पर्ने राजमार्ग विस्तारमा परेका साल, सिसौलगायतका रुखहरु काट्नलाई अनुमति मागिसकेको छ ।
राजमार्गमा परेको रुखले सडक दुर्घटनाको सम्भावना प्रवल रहने र नगरको शोभा पनि कुरुप देखिने हुनाले काट्नको लागि अनुमति मागिएको डिभिजन सडक कार्यालयका प्रमुख सुशीलबाबु ढकालले बताए । ‘सालका रुख काट्नलाई वन कार्यालयले अनुमति दिए सडक डिभिजनले आफ्नो खर्चमा रुख काट्नेछ’ डिभिजन सडक कार्यालयका प्रमुख ढकालले भने ।
जिल्ला वन कार्यालयले राजमार्गमा परेका रुखहरुको जाँच बुझ गर्न इलाका वन कार्यालय आँपटारीलाई पत्र पठाएको छ । इलाका वन कार्यालय आँपटारीले पनि वस्तुस्थिति खुलाएर रुख काट्नलाई सिफारिस गरेको वन कार्यालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले बताए । ‘विशेषगरी भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रहेको विशाल सालको रुखलगायत राजमार्ग विस्तारमा परेका सम्पूर्ण रुखहरु काट्न जरुरी छ, वनले काट्नको लागि सम्पूर्ण पक्रिया पूरा गरेको छ ।
यसमा सडक डिभिजन कार्यालय नै अगाडि बढ्नुपर्छ’ प्रवक्ता पौडेलले भने,  इलाका वन कार्यालय आँपटारीले राजमार्गमा परेका रुखहरु काट्न जरुरी रहेको बताएको छ । ‘राजमार्गमा परेको रुखले दुर्घटना पनि हुन सक्ने र नगरको शोभा पनि कुरुप देखिने भएकाले काट्नु मनासिब छ भनेर इलाका वन कार्यालयले सिफारिस गरेको छ’ इलाका वन कार्यालय आँपटारीका सहायक वन अधिकृत शान्ति शर्माले भनिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: