
- मनोज ज्ञवाली
१.नयाँ कर्जाको कुनै फाईल नउठाउ। पुरानो बल्लतल्ल बनाउँदै गरेको फाईल पनि ढिला गर!! सकेसम्म ग्राहक अन्तै जावोस्।
२. हप्ता हप्तामा कर्जाको ब्याजदर बढेको सुचना ग्राहकलाई देउ अनी दिनभरी ग्राहकको किचकिच धानेर बस।
३. कुनबेला कस्ले कल डिपोजिट एकान्ट (संस्थाहरुले खोल्छन् जो माग्ने वित्तिकै फिर्ता गर्नु पर्छ) को पैसा स्वाट्टै बढि ब्याजमा तानिदिन्छ, कर्जा-निक्षेप अनुपात नै हान्ने (१०० रुपैयाँ निक्षेप लिँदा ८० रुपैयाँ मात्र लगानी गर्न पाइन्छ) गरी, फेरी रोईकराई गरेर मुद्दति निक्षेप (जुन निश्चित अवधि पुरा भएपछि मात्र फिर्ता हुन्छ) कोभन्दा बढि ब्याजमा त्यहि कल डिपोजिटको पैसा फिर्ता देउ।
४. अनुनयविनय गरेर ग्राहक ल्याएर अस्ति मात्र ६.९९% मा दिएको गाडी तथा घर कर्जाको ब्याज ११/१२ प्रतिशत पुर्याइदिँदा ग्राहक कराउँदै आउँछ, टाउको निहुर्याउँनै पर्यो।
५. १२/१३ प्रतिशत ब्याज कवोलेर ल्याएको मुद्ति निक्षेपको समायोजित लागत (एफेक्टिभ कस्ट) १४/१५ प्रतिशत हुन्छ अनि नयाँ कर्जाको ब्याज दर कति तोक्नु? र कसले तिर्छ त्यत्रो? कर्जाको रेट यति पुग्यो भनेर भन्ने कसरी?
६. दुई महिना पहिले मात्रै ६ देखि ८ प्रतिशतमा राखेको मुद्दति निक्षेपको रसिद बोकेर ग्राहक आउँछ, दुई प्रतिशत वढि तिरेर मुद्दति निक्षेप धितोमा ८ देखि १० प्रतिशत ब्याज तिरेर पैसा लैजान्छ। अनि ११/१२ प्रतिशतमा त्यहीँ अर्को खाता खोल्ने कि अन्तै लैजाउँ भनेर तर्साउँछ। ठाउँका ठाउँ निक्षेप पनि बढ्यो कर्जा पनि वढ्यो अर्थतन्त्रको कसलाई के मतलव?
७. बैंकले ब्याज बढाए भन्दै ‘टाई लाउने गुण्ड’ को उपमा पाइन्छ। तरलता अभावले त्यही टाइ पासो हुन लागिसक्यो। अर्को टाइ लाउने साथीवाहेक यो मर्म कसैले बुझ्ने होइन।
८. एक महिनाअघि मात्रै आफ्नो भए भरको सम्बन्धको कसम दिएर ८/९ प्रतिशतमै ऋण दिन्छु भनेर अर्को बैंकबाट तानेको ग्राहकको ऋण फाइल कर्पोरेट अफिसबाट बल्तल्स पास गरायो ब्याज १२ देखि १४ प्र।तिशत पुगिसकेको हुन्छ। अब बोलीचाली बन्द। पछि कुन मुखले फेरि ब्यापार माग्न जाने?
९. १५/२० दिन लगाएर चाकडी गरिगरी सहकारीको खाता खोलाएर मुद्तिभन्दा वढि ब्याजमा कल डिपोजिट खोलेको दुई दिनपछि अझै वढि ब्याजमा अर्कैले ग्राहक उछिट्याइसक्यो। आफू जिल्लै। सपना पनि बजेट र टार्गेज नपुगेको आउन थाल्यो।
१०. ट्रेजरी विभागका कर्मचारीहरु कर्जा-निक्षेप अनुपात र अनिवार्य चरलता अनुपात व्यवस्थापन गर्न दिनभरी अर्कोसँग हारगुहार माग्दै हैरान।
११. समग्र निक्षेपको लागत व्यवस्थापन गर्न बचत खाताको ब्याज नबढाएको हरेक दिन बचत खाताको रकम झरेको झरै छ। बचत खाताको रकम जोगाउने कसरी?
१२. बैकहरु रणनीतिक रुपमा फेल भए, उपभोक्ता कर्जामा मात्र फकस भएर खुब कर्जा वाडे अब रोइकराइ गर्दैछन्। तरलता अभाव भयो भन्ने तर राष्ट्र बैकले दिएको रिपो नलिने। यो ब्याज बढाउने वहाना मात्र हो, हेर्यो, पढ्यो, सुन्यो बस्यो। ‘कोन सुनेगा…किसको सुनाए…इसिलिए चुप रेहेते हेँ’ गाना बज्दैछ।
१३. सरकारी खर्च बढ्ला, पुनर्निर्माण प्राधिकरणले डेढ सयदेखि दुई सय अर्ब खर्च गर्ला, हल्ला भएअनुसार कर्जा-निक्षेप अनुपात व्यवस्थापन होला अनि राहत हुन्थ्यो कि सोच्दै गर्दा चिसो मौसममा पनि चिटचिट पसिना आउँछ।
पशुपतिनाथले सबैको रक्षा गरुन!
प्रकाशित मिति: Jan 24, 2017 8 :45 AM
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्