
काठमाडौं । ९६ हजार ५ सय संख्या रहेको नेपाली सेनाको एउटा सामान्य ठेक्कमा मात्रै ४० करोडको घोटाला भएको जनप्रहारले फेला पारेको छ । करिब चार सय करोडको ठेक्काको विषयमा उच्च तहका सैनिक अधिकारी, ठेकेदार कम्पनीका मालिकहरू र उद्योगी घरानाका व्यक्ति मिलेर ४० करोडमा चलखेल गरेका हुन् । सैनिकहरूको भान्छामा प्रयोग हुने उर्जासहितको प्रविधि चुल्होमा यत्रो आर्थिक अनियमतिता भएको हो ।
केही महिनाअघि गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी नेपाली सेनाले चुल्होका लागि टेन्डर आह्वान गरेको थियो । चुल्होसहित सेवा शुल्कमा करोडौं आम्दानी हुने भएपछि ६ वटा कम्पनीले सेनाको उक्त टेन्डर भरेका थिए । तर, वैधानिक प्रक्रिया पुरा नगरी रकमको लोभममा विना प्रतिस्पर्धा नै कमिशन दिने कम्पनीका नाममा सैनिक अधिकारीहरूले टेन्डर पास गरेका छन् ।
प्रधान सेनापति राजेन्द्र क्षेत्रीको आडमा उनका दाई जर्नेल रमिन्द्र क्षेत्रीको चाहनाका आधारमा प्रतिस्पर्धामा रहेका सवै कम्पनीलाई जानकारी नदिई रातारात बसन्त चौधरीको ग्लोवल लजिष्टिक प्रालि र पुष्प पियाको बुद्ध सप्लायर्स पिया ट्रेडिङलाई अन्तिम दुईमा छानेर ठेक्का मिलाइएको थियो । उक्त ठेक्क पुष्प पियाको बुद्धले पाएको छ । समयावधिसमेतलाई ध्यानमा नराखी सैनिक अधिकारीहरूले टेन्डर पास गरेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायरामा समेत नआएको सैनिक मुख्यालयका अधिकारीहरूको यस्तो हर्कतले सैनिक जवानहरूको नाममा आर्थिक भार परेपनि त्यो रकम सीमित ठेकेदार र जर्नेलहरूको व्यक्तिगत खातामा पुगेको छ ।
आफुले काम गरेवापतको रकमबाहेक मट्टितेलमा करोडौं रकम जोगाउने पुष्प पियाको बुद्ध कम्पनीले ठेक्का मिलाउनका लागि प्रत्येक सैनिकको खर्चमा आउने ४० करोड रूपैंया बसन्त चौधरी, प्रधानसेनापति राजेन्द्र क्षेत्री, जर्नेलहरू रमिन्द्र क्षेत्रीलगायतलाई बाँडेका छन् ।
चुल्होको ठेक्काका लागि बसन्त चौधरीको ग्लोबल लजिस्टिक प्रालि, पुष्प पियाको बुद्ध सप्लायर्स पिया ट्रेडिङ, पुष्प पियाकै भाईको पिके लजिस्टिक प्रालि, काजी शेर्पाको विरङ्ग ट्रेडिङ कम्पनी प्राली, राजेन्द्र जोशीको राजेन्द्र जोशी सप्लायर्स र अच्युत भारतीको सिद्धिसाई प्रकाश कन्साईन् स्पर्धामा थिए । तर, राती आठ बजे वैठक डाकी सेनाको सम्भार रथी (जर्नेल) पूर्ण सिलवालले दुई कम्पनीलाई अन्तिम छनौटमा दुई कम्पनी रहेको सूचना गोरखापत्रमा प्रकाशन गर्नका लागि निर्देशन दिएका थिए । स्रोतका अनुसार प्रधानसेनापतिको निर्देशनका आधारमा नै ति दुई कम्पनी अन्तिम छनौटमा परेका हुन् । त्यसका लागि जर्नेल रमिन्द्र क्षेत्रीको सक्रियता बढ्दो देखिएको थियो ।
चुल्होको नमूना बोकेर पुगेका ६ वटै कम्पनीलाई प्रारम्भिक छनौटका लागि पास गरिएको थियो । सेनाले बनाएको प्रारम्भिर छनौट (प्रि क्वालिफाई) समिति भने कर्णेल नारायण सिलवालको संयोजकत्वमा बनाएको थियो । उक्त समितिले सवैलाई छनौटमा पास गरी परिक्षणका लागि विभिन्न सैन्य क्याम्पहरूमा खटाएको थियो । स्रोतका अनुसार सेनाले परिक्षणमा हुने खर्च पनि सम्बन्धित ठेकेदार कम्पनीलाई नै गराउँछ ।
यो ठेक्का अन्तरर्गत नेपालभर रहेका नेपाली सेनाका विभिन्न पृतनाहरू, बाहिनीहरू, गणहरू र गुल्ममा गरी १ हजार २ सय ९६ वटा इलेक्ट्रिक पावरसहितका चुल्हो जडान गर्नुपर्ने हुन्छ । यस्तो चुल्होमा मट्टितेललाई ग्यास बनाएर पावर निकाली खाना पकाउने काम हुन्छ । त्यसका लागि नेपालमा रहेका ९६ हजार ५ सय सैनिकको प्रति दिन खर्च काटिने गरेको छ । चुल्हो विक्रि एकातिर रहेपनि त्यसको जडानबाहेक सेवा शुल्क वापत ठेक्का पाएको कम्पनीले प्रति सैनिक ६ रूपैंया ७ पैसाका दरले पाउने निर्णय गराइएको छ जवकि यसअघि २ रूपैंया ५९ पैसा रहेको थियो । अहिले बढाइएको ४ रूपैंया भन्दा बढि रकममा भ्रष्टाचार गरिएको छ ।
ठेक्काको अन्तिम दुईमा पुगेका कम्पनीहरू, प्रधान सेनापति, जर्नेलहरूलाई बाँड्नका लागि ४ सय करोडमा ४० करोडभन्दा बढि रकममा हिनामिना गरिएको हिसावसहितको तथ्य जनप्रहारसँग सुरक्षित रहेको छ । सेनाको ठेक्काकै क्रममा १८ करोड रूपैंया घोपाला पारेको अभियोगमा केही वर्षअघि आन्तरिक राजस्व विभागको कारवाहीको लिष्टमा परेको पुष्प पियाको बुद्धलाई नै मिलाएर यो ठेक्का दिनुमा सैनिक अधिकारीको पूर्ण संलग्नता रहेको देखिन्छ । कुनैपनि ठेक्काको विषयमा प्रधानसेनापतिले ‘यस’ नभनेसम्म पास हुने प्रचलन अहिलेसम्म नेपाली सेनामा कायम रहेको छैन । यसकारण पनि यो चुल्हो ठेक्का प्रकरणमा प्रधानसेनापति क्षेत्रीको परोक्ष भएपनि संलग्नता देखिएको छ ।
सेनाले सैनिक मेसका लागि हाइटेक चुल्हो खरिदको प्रक्रिया २० वर्ष अघिदेखि गरेको थियो । ०५२ सालदेखि हरेक ३ वर्षका लागि सेनाले चुल्होका लागि टेन्डर आह्वान गर्ने गरेको छ । सेनाको यो बाहेक लत्ताकपडा, डाइट विस्कुट, दूध र रासनमा पनि ठेक्का हुने गरेको छ । यी करोडौं रकम बराबरका ठेक्कामा पनि सम्बन्धित ठेकेदार कम्पनीको मात्र बोलबाला रहेको छ । नेपाली सेनाले विस्कुटको ठेक्का बसन्त चौधरीको पशुपतिलाई दिएको छ । जुन बारम्बार विवादमा तानिइरहेको हुन्छ ।
यसबाहेक नेपाली सेनासँग रहेको कल्याणकारी कोषको अरबौं रकममा पनि सैनिक अधिकारीहरूको मनोमानी हुँदै आएको छ । कल्याणकारी कोषको रकम विभिन्न सहकारी र फाइनान्समा राखेर सैनिक अधिकारीहरूले करोडौं रकम डुवाएका छन् भने कमिशनको खेललाई व्यापकता दिएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्