×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काकाका कुरा : ‘यसरी गरौँ लगानी’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काकाका कुरा : ‘यसरी गरौँ लगानी’

१० माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • सेयर काका 

सनिवारको दिन आज काकाले खाना खान बोलाउनु भयो । कहिलै खाना नबोलाउने काका किन बोलाउनुभयो भन्ने शंका उपशंकाका बिच म उहाँको घर पुगे । सारै मिठो हात भएकी काकीले बनाएको खसीको सुप अनि करेलीको अचार गुन्द्रुकको सुकुटी अनि पोखरेल जेठो बुढोको भात सायदै कसैले त्येती मिठो बनाउदैन होला । काकीको मिठो खानासंगै काकाले पनि नेपालको शेयर बजारको बर्तमान अबस्थाको बारेमा बताउनुभयो । 
शेयर बजारको बारेमा भनीरहदा उहाँले भन्दै हुनुहुन्थ्यो । मैले भनेको कुरा नलेख है । हिजो अस्ति पनि धेरैले तिमी र मलाई गाली गरेका छन तिम्रो मनमा मात्र राख है भन्दै हुनुहुन्थ्यो । तर पनि मन मानेन र उहाँले भनेका कुरा लेखे । कृपया तर्क संगत र रचनात्मक सुझाव दिनु होला । यो विषय लेखेकोमा काका प्रति क्षमाप्रती छु ।
उहाँले भनेका कुराहरूको ब्यहोरा :
१. शेयर बजारको चक्रलाई कहिल्यै नबिर्सौ 
सामान्यता बजारको चक्र चार देखि छ बर्षको हुन्छ तर यो नै सत्य हो भने होइन एउटा आधार हो । बिगतमा ११७५ बाट २९० भएर १८८८ पुग्न ७ बर्ष लग्यो अनि करिब २ बर्षमा नै न्युनतम अधिकतम र न्युनतमको चक्र पनि तय भएको छ । त्यस्तो बेलामा समय भन्दा पनि घट बढ को अंक लाई ख्याल गर्नु पर्दछ ।
२. बचत र लगानीको ब्याजलाई हेरौ 
जब बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुन्छ तब बैंक तथा वित्तीय संस्थाले बचतमा न्युन ब्याज दिन्छन थाल्छन त्यो समयमा बचत गर्नु भन्दा शेयर बजारमा लगानी गर्नु राम्रो हुन्छ । त्यस समय बैंकले ऋण पनि न्युन ब्याजदरमा दिन्छन त्यसैले शेयर बजारमा लगानी पनि बढ्छ र शेयर बजार अझै बढ्न मद्त गर्दछ ।अर्को तर्फ जब बैंक मा तरलता अभाब हुन्छ अनि बैंकले बचतमा बढी ब्याज दिन्छन अनि ऋणमा पनि ब्याज बढाउछन् र बजारमा लगानीको अभाब हुन्छ र शेयर बजार घट्न थाल्छ । त्यस्तो समयमा हामीले बचतमा राख्नु नै बढी फाइदाजनक हुन्छ।
३. न्युनतम र अधिकतम बिन्दु हेरौ 
पटक पटक भनिसके शेयरको अधिकतम र न्युनतम मूल्य भन्न सकिदैन किनकी २०६५ साल भाद्रमा ११७५ नेप्से हुँदा १५०० भनेकै हुन् फेरी २९० आउँदा २५० पनि भनेकै हुन् मै हु भन्ने ले पनि २९२ मा किन्न डराएकै हुन् र ११७५ हुँदा १५०० को लोभमा नबेचेकै हुन् तसर्थ दुवै अवस्थामा शत प्रतिशत निर्णय गर्न मै हु भन्ने लगानी कर्ता ले पनि सक्दैन । यदि कसैले त्यहि समयमा खरिद बिक्री नै गर्यो भने उसको भाग्यले मात्र साथ दिएको हो ।सत्य त्यहि हो । तर समयको निश्चित अन्तरलमा भन्न सकिन्छ नेप्सेको न्युनतम बिन्दु त्यहि थियो भनेर ।जस्तै २९२ बाट फर्केर ३२५ बिन्दुमा करिब छ महिना सम्म रहदा अब कुनै हालत मा नेप्से २९२ तल जादैन भनेर धेरैले भनेका हुन मैले पनि भनेको हु । 
आज म तिमिहरुलाई भन्द छु २०६५ देखि २०७३ सम्मको चक्रको उच्च बिन्दु १८८८ नै हो अब फेरी अर्को चक्र सुरु भयो । अर्थात यो चक्र अब सकिएकै हो । यो कुन बिन्दुमा रोकिन्छ र कहिले रोकिन्छ भनेर अहिले भन्न सकिदैन । अब यो कुन न्यून बिन्दुबाट फर्केर फेरी कहिले ३५०० माथि पुग्दछ त्यो भन्न धेरै गाह्रो छ । त्यसो भए अब के गर्ने त काका भनेर मैले सोधे । बिगतको अनुभवको आधारमा काकाले निम्न नीति लिएको उहाँले बताउनु भयो ।
नेपालको सन्दर्भमा २०५५ को उच्छ र न्युन (५४५-१६५)/१००=६९.७३ प्रतिशत अर्थात ६९.७३% घटेको थियो । २०६५/६६ को उच्छ र न्युन (११७५-२९२)/१००=७५.१५ प्रतिशतले घटेको थियो । मेरो अनुभबले पनि के देखाउछ भने २०६५/६६ मा बजार घटेर ७५० आउँदा धेरैले अब बजार यो भन्दा घट्ने ठाउँ छैन र किन्ने बेला यहि हो भनेर धेरैले शेयर खरिद गरि घरको न घाटको भएकै हुन । तर बजार घटेर २९२ सम्म आयो । 
यसै सन्दर्भमा यस पटक उच्च बिन्दुको १८८८ को ५०% ९४४ नभए सम्म पनि बजारमा प्रवेश गर्ने योजना नै बनाउदिन । त्यस पछि क्रमश PE ratio १० भन्दा कम हुने र बिगतमा राम्रो प्रतिफल दिएका र अझै विस्तार हुन सक्ने कम्पनीलाई प्राथमिकता दिएर अलि अलि किन्छु । फेरी पनि त्यो भन्दा तल नेप्से घटेर हुने नोक्सान त त्यस बेला पनि हुन सक्दछ तर कम्पनीले दिने प्रतिफल ले ब्याजले कभर गर्ने हुँदा खासै अफ्ट्यारो पर्दैन । तसर्थ मेरो अनुभवमा शेयर किन्न को लागि कहिलै हतारिनु हुन् । 
५० % बजार घटीसके पछि पनि म ऋण लिएर शेयर किन्दिन । आफुसँग भएको बचत रकम मात्र प्रयोग गर्दछु । ऋण त्यहि बेला मात्र लिन्छु जब बजारको न्युनतम बिन्दु पत्ता लाग्दछ अर्थात् त्यहिनै न्युनतम बिन्दु थियो भन्न सकिन्छ । त्यस बेला म आफ्नो हैसियत बराबरको ऋण लिएर बजारमा लगानी गर्दछु।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: