
- प्रनिश थापा /अर्थ सरोकार डटकम
काठमाण्डौ – रत्ननगरको टाँडीमा निर्माण भइरहेको चार लेन सडक निमार्णको बारेमा स्थानीयहरुले चासो व्यक्त गरेका छन् । निर्माण कम्पनीले सडक निर्माणमा लापरवाही गरेको भन्दै स्थानीयबासीले चासो व्यक्त गरेका हुन् । सडक निर्माणको क्रममा कम्पनीले घरको पेटीमा वाल लगाएको, सर्भिसलेन पुर्न कमसल सामग्री प्रयोग गरेको र नयाँ ढलमा माटो छालेका शुलभ मार्केटिङ्का सञ्चालक रामशरण सिंखडाले आरोप लगाए ।
कम्पनीले शिखर हार्डवेयर रहेको घरको पेटीमा वाल लगाएको छ । ‘पेटीमा वाल लगाउदा त्यो कति समय टिकाउ हुन्छ’, सिंखडाले भने, ‘यस्तो लापरवाही गरेर के गर्न खोजिएको हो ।’ सर्भिस लेन पुर्न निर्माण कन्पनीले पुराना इँट्टा,भत्केको ढलान मिसिएको माटो प्रयोग गरिएको भन्दै सिंखडाले यसलाई तत्काल रोक्न सडक डिभिजन कार्यालयलाई आग्रह गरे ।
निर्माण कार्य भइरहेको ढलबाट माटो ननिकाली ठेकेदारले स्वलोप हालेको उनले आरोप लगाए । त्यस्तै , स्थानीयवासीले जिल्लामै पहिलो पटक निर्माण हुन लागेको चार लेन सडकमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको आरोप लगाएका छन । ‘बनाउदा बनाउँदै भत्किन थालिसेको छ’, व्यवसायी सिंखडाले भने, ‘यसमा कसैको ध्यान जान सकेन ।’ सडक निर्माणलाई गुणस्तरीय बनाउन सांसद शेषनाथ अधिकारी रहेको सर्वपक्षीय समिति बनाइएको छ ।
तर, समितिले अनुगमन नगरेकै कारण सडक निर्माणका लापरवाही भएको स्थानीयबासीको आरोप छ । ‘समिति किन बनेको हो’, व्यवसायी सिंखडाले भने, ‘समितिका मान्छेहरु एक दिन पनि सडकमा देखिदैनन ।’ नेपाल सरकारको राष्ट्रिय योजना अन्तर्गत १९ करोडको लगानीमा रत्ननगरमा चार लेन सडक निर्माण भइरहेको छ । श्रेष्ठ कस्ट्रक्सन प्रालिले एक वर्ष ६ महिनामा सम्पन्न गर्ने गरी सो सडक निर्माण गरिरहेको छ ।
चारलेन सडक अन्तर्गत मेनरोड, सर्भिसलेन, ग्रडेनरी र फुटपाथ निर्माण हुने छ । तर, फुटपाथ र ग्रडेनरी निर्माणको काम १९ करोडको ठेक्का सम्झौतामा नरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । फुटपाथ र ग्रडेनरी स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण गर्ने सांसद अधिकारीसँग लिखित सहमति भएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर बसन्त गाँइले बताए ।
साझेदारीअन्तर्गत फुटपाथ र ग्रडेनरी निर्माणको लागि स्थानीय उपभोक्ताले दुई करोड संकलन गर्नुपर्ने बुझिएको छ । तर, स्थानीयबासीहरुले सो रकम सांसद अधिकारीले नै जुटाउनु पर्ने भनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्