×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगर नाकाबाट सबैभन्दा बढी औद्योगिक कच्चा पदार्थ भित्रिए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विराटनगर नाकाबाट सबैभन्दा बढी औद्योगिक कच्चा पदार्थ भित्रिए

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – विराटनगर नाकाबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा  आयात बढेको मूख्य १५ वस्तुमध्ये ५ मात्र व्यापारिक सामग्री छन्। विराटनगर भन्सार कार्यालयका अनुसार अन्य १० वस्तु औद्योगिक कच्चा पदार्थ हुन् ।
व्यापारिक मालवस्तुभन्दा औद्योगिक कच्चा पदार्थ बढी पैठारी हुने नाकाका रूपमा चिनिएको विराटनगर भन्सारले यस वर्ष पनि परम्परालाई निर्वाह गरेको पाइएको छ ।
गत वर्ष नाकाबन्दीका कारण वीरगञ्ज र भैरहवा भन्सार तथा भूकम्पले तातोपानी भन्सार बन्द हुँदा विराटनगर नाकाबाट गरिने आयातले स्वदेशी उद्योग–व्यापार र अर्थतन्त्र धानेको थियो । तर नाकाबन्दीपछि वीरगञ्ज र भैरहवा दुबै भन्सार सुचारु भए पनि विराटनगरबाट गत वर्षको भन्दा बढी परिमाणमा आयात हुने क्रम यथावत छ ।
कार्यालयका अनुसार स्टील ुवायर रड इन क्वायल एण्ड एमएसु चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४० करोड ३० लाख मूल्य बराबरको आयात भएको छ।गत वर्षको यही अवधिमा १ अर्ब २७ करोड ५८ लाख मूल्य बराबरको स्टीलजन्य पदार्थको कच्चा पदार्थ आयात भएको थियो।
विभिन्न प्रकारका तार र काँटीको उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको आयातबाट गत वर्षको भन्दा १९ करोड १९ लाखले राजस्व बढेको छ।
फलामे छड बनाउन प्रयोग गरिने कच्चा पदार्थ एमएस बिलेटको पनि आयातमा वृद्धि भएको छ ।चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ३३ करोड ४७ लाख मूल्य बराबरको विलेट आयात भएको छ।
 गत वर्षको सोही अवधिमा १ अर्ब ३० करोड ७८ लाख मूल्य मूल्य बराबरको विलेट आयात भएको थियो। विगत छ महिनामा गरिएका मुख्य आयातको तेस्रो स्थानमा भने हाइस्पिड डिजल छ । डिजललाई मुख्यतः व्यापारिक वस्तु मानिए पनि औद्योगिक कच्चा पदार्थ र सहायक कच्चा पदार्थका रूपमा पनि प्रयोग गरिन्छ ।
चालु ६ महिनाको अवधिमा ३ अर्ब ३५ करोड ११ लाख बराबरको डिजल आयात भएको छ।गत वर्षको सोही अवधिमा २ अर्ब २५ करोड ३४ लाख बराबरको डिजल आयात भएको थियो।आयात बढेका अन्य व्यापारिक वस्तुमा पेट्रोल, मोटरको ब्याट्री, सुकुमेल र मोबाइल टेलिफोन छन् ।
औद्योगिक कच्चा सामग्रीमा पर्ने सूर्यमुखीको कच्चा तेल, मदिराको कच्चा पदार्थ, सिआर सिट, एलपी ग्यास, बेस आयल, फलामे पाता र रङ तथा पेन्टसको कच्चा पदार्थको  पनि आयात बढेको छ।
नेपालको मूख्य बजार काठमाडौ भएकाले विराटनगर नाकाबाट आयातीत व्यापारिक सामग्रीभन्दा वीरगञ्ज र भैरहवा नाकाबाट पैठारी गरिएका सामग्री राजधानी पु¥याउन सजिलो र सस्तो पर्छ।विराटनगरबाट व्यापारिक मालवस्तु भन्दा कच्चा पदार्थ बढी आउने गरेको मोरङ व्यापार संघका सल्लाहकार एवं पूर्व अध्यक्ष अविनाश बोहराले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: