
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालका बैंक तथा वीत्तीय संस्थाहरुलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकलाइ विभिन्न बैंकहरुले अटेरी गर्ने गरेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलर नमानी ‘मनपरी’ गर्ने बैंकहरुमा केहि कहलिएका बिकास बैंकहरु पनि छन् । नेपाल राष्ट्र बैंकले स्प्रेड दर ५ % कायम गराउनु भनी सर्कुलर जारी गरेको थुप्रै समय वितिसक्दा पनि विभिन्न बिकास बैंकहरुले भने मनलाग्दी गरिरहेका छन् । यी बैंकहरुले आफुले जे गरेपनि हुन्छ भन्ने शैलीमा दादागिरी देखाईरहेका छन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलर नमान्ने बिकास बैंकहरुमा मुक्तिनाथ बिकास बैंकदेखि कामना बिकास बैंकसम्मका बिकास बैंकहरु छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७२ अन्तर्गत व्याजदर सम्बन्धी व्यवास्थामा व्याजदर अन्तर ५ प्रतिशत भन्दा बढी नहुने गरी कायम गर्न निर्देशन दिएको थियो । हेर्नुहोस् यस्तो थियो नेपाल राष्ट्र बैंकले दिएको निर्देशन :



यी हुन् राष्ट्र बैंकको ‘सर्कुलर’ नमान्ने बिकास बैंकहरु :
तर नेपाल राष्ट्र बैंकको निर्देशनको वेवास्ता गरी विभिन्न बैंकहरुले स्प्रेड दर नेपाल राष्ट्र बैंकले तोकेकोभन्दा बढी कायम गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले ५ % भन्दा बढी व्याजको अन्तर नराख्नु भनेपनि मुक्तिनाथ बिकास बैंकले व्याजको अन्तर ८.२१ कायम गरेको छ । यसै गरी कन्चन डेभलोपमेन्ट बैंकले ८.०७, मितेरी डेभलोपमेन्ट बैंकले ८.३६, सिद्धार्थ डेभलोपमेन्ट बैंकले ६.७५, ओम डेभलोपमेन्ट बैंकले, ६.३०, गरिमा बिकास बैंकले ६.२५, तिनाउ बिकास बैंकले ६.६७, त्रिवेणी बिकास बैंकले ६.७१ महालक्ष्मी बिकास बैंकले ६.९६, गण्डकी डेभलोपमेन्ट बैंकले ६.८६, कैलाश बिकास बैंकले ५.७९, अल्पाइन डेभलोपमेन्ट बैंकले ५.१४, कन्ट्री डेभलोपमेन्ट बैंकले ५.०१, फेवा बिकास बैंकले ५.९३, र कामना बिकास बैंकले ५.७२ स्प्रेड दर कायम राखेका छन् । यस्ता केहि अन्य बैंकहरु पनि रहेको बुझिएको छ, जसका बारे हाम्रो अनुसन्धान जारी छ ।
के भन्छन् प्रवक्ता ?
यता नेपाल राष्ट्र बैंकका पवक्ता समेत रहेका नारायण पौडेलले वाणिज्य बैंकहरुको हकमा नेपाल राष्ट्र बैंकले अनुगमन गरेको र त्यसो समस्या नदेखिएको तर बिकास बैंकको हकमा के हुन्छ भन्ने कुरामा राष्ट्रबैंकको सर्कुलर नै हेर्नुपर्ने बताएका छन् । ‘क’ वर्गका बैंकमा चाहिं त्यस्तो समस्या देखिएको छैन । ‘ख’ वर्गका बैंकहरुको हकमा यो लागु हुन्छ कि हुँदैन भन्ने कुराचाहिं हेर्ने पर्छ ।’ ‘लागु हुन्छ भने नेपाल राष्ट्र बैंकले के गर्छ ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘ म चेक गर्छु । लागु हुने रहेछ भने त कारवाही नै हुन्छ नि !’ प्रवक्ताको यस्तो जवाफले नेपाल राष्ट्र बैंकसमेत यो कुरामा कति गैर जिम्मेवार छ भन्ने कुरा प्रष्ट गरेको छ ।
‘यो त अति नै भयो’ : सह प्रवक्ता, सेयर लगानी कर्तासंघ नेपाल
यता बिकास बैंकहरुको यस्तो रैबैयाको अन्त्य गर्नुपर्ने धारणा विभिन्न सरोकारवालाहरुले राखेका छन् । ‘जनतामाथि अन्याय भएको छ । नेपाल राष्ट्र बैंक चुप छ । बैंकहरुको मनपरी छ । गभर्नर के हेरेर बसेका छन् ?’ सेयर लगानीकर्ता संघ नेपालका सह प्रवक्ता समेत रहेका हरिश दाहालले अर्थ सरोकार डटकमसँग भने । उनले वित्तीय संकट लागेका बेला विभिन्न बैंकहरुले देखाएको यस्तो दादागिरीले समग्र अर्थतन्त्रलाई नै असर गरेको दावी गरेका छन् ।
बैंकरहरु नै भन्छन्, ‘मनपरी छ, राष्ट्र बैंकमा’
यता विभिन्न बैंकरहरुले पनि नेपाल राष्ट्र बैंकमा मनपरी चलेको आरोप लगाएका छन् । आफु बैंकर भएकाले यस्तो कुरामा बोल्न नहुने भएपनि आफुलाई चित्त नबुझेको बताउँदै एक बैंकका सीइओले भने, ‘मनपरी गर्नुको पनि हद हुन्छ । यहाँ त जसले जे गरेपनि भयो भन्ने शैलीमा काम हुन्छ । कैलाश बिकास बैंकका सीइओले नेपाल राष्ट्र बैंकको फलानोलाई चिनेको छ वा सिद्धार्थ डेभलोपमेन्ट बैंकका सीइओको पावर कहाँसम्म छ भन्ने जस्ता कुराहरुले मनपरी चलेको छ ।’ उनले भने ।
सम्पर्कमा आउन चाहेनन् कृष्ण प्रसाद लामिछाने
हामीले यसबारे उनको भनाइ लिन सोमबार मध्यान्ह १२ बजे कैलाश बिकास बैंकमा फोन गरेका थियौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्