
- प्रनिश थापा /अर्थ सरोकार डट कम
काठमाण्डौ – चितवनको भरतपुर र नारायणगढ क्षेत्रमा सञ्चालित अधिकांश आयूर्वेदिक उपचार केन्द्रहरुले सम्बन्धित निकायहरुबाट अनुमति नै नलिई बिरामीको उपचार गर्दै आएको फेला परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतो, उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष बिष्णु भुसाल , सचिव प्रकाश सिग्देल, प्रहरी सहायक निरिक्षक जितेन्द्र घामी लगायतको टोली गरेको संयुक्त अनुगमनका क्रममा आयूर्वेदिक उपचार केन्द्रहरुले व्यवसाय सञ्चालनको अनुमति नलिएको, योग्यता बिनै उपचार गरेको तथा आवश्यक पूर्वाधारबिना नै उपचार केन्द्र सञ्चालन गरिरहेको पाइएको हो ।
मिडियामा आकर्षक विज्ञापन गर्ने तर विज्ञापन अनुसार सेवा नदिएर ठगी गरेको भन्दै चितवनका आयुर्वेदिक सेवा केन्द्रमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण
शर्माले बताए । अनुगमनको क्रममा अवैध रुपमा सञ्चालन आएका दुईवटा आयुर्वेदिक सेवा केन्द्र मा सिल गरिएको र डाक्टर सहित ६ जनालाई नियन्त्रणमा लिएको शर्माले जानकारी दिए ।
भरतपुरको अनमोल आरोग्य केन्द्रबाट डा.रिमा कर्ण, रमा पौडेल र बबिता ढकाललाई नियन्त्रणमा लिएको छ भने नारायणगढको बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रबाट डा। अमित सहनी, हेमलाल बराल र अनिल गिरीलाई नियन्त्रणमा लिएको शर्माले बताए । अनुगमनका क्रममा भरतपुरको अनमोल आरोग्य केन्द्रबाट २ कार्टुन र अनमोल उपचार सेवा केन्द्रबाट ५ कार्टुन म्याद सकिएको औषधि फेला पारेको थियो । अनुगमन टोलीले नारायणगढको वैदिक आयुर्वेदिक औषधालय लाई बन्द गर्न निर्देशन दिएको छ ।
प्रक्रिया पूरा नगरी सञ्चालन भएको पाइएकाले तीन दिनभित्र बन्द गर्न र जिल्लाका सबै अस्पताल हरुमा अनिवार्य मुल्यसुचि टास गर्न समेत निर्देशन दिई सकेको जिल्ल जनस्वास्थ्य कार्यालय भरतपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले बताईन् । अस्पतालमा मुल्यसुचि नहुँदा अस्पताल जाने सर्वसाधारणहरु ठगिने र सेवा सुबिधाका बारेमा अनबिज्ञ रहने हुदा सबैले देख्ने र बुझने गरी मुल्य टास गर्न अस्पतालहरुलाई भनेको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनुभयो ।
अस्पतालहरुले मान्छे अनुसारको ब्यवहार र सुल्क लिने गरेको गुनासाहरु अधिक आउन थालेकाले अस्पतालको सेवा सुबिधा र मुल्यको बिषयमा सवैलाई जानकारी दिन र बिरामी ठगिनबाट जोगाउनका लागी मुल्य सुची अनिवार्य भएको बताए । टोलिले अनुगमनका क्रममा भरतपुरको जिल्ला अस्पतालको निरिक्षण गरेको छ । निरिक्षण पस्चात अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रुद्र मरासेनी लाई भेटी बिशेषज्ञ डाक्टरको सेवा प्रभावकारी बनाउन र बिरामीलाई मनोसामाजिक परामर्श दिदै प्रभावकारी उपचार गर्न भनेको छ ।
सो अवसरमा बोल्दै डा.मरासेनीले अस्पतालमा देखिएका कमी कमजोरी हरु सुधार्दै अगाडि बढने बताए । उपभोक्ता हित संरक्षण मञ्चका सचिव प्रकाश सिग्देलले योग्यता को प्रमाणपत्रबिना नै उपचार केन्द्र सञ्चालन गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कडा कारबाही गरिनुपर्ने बताए ।
‘दर्ता नगर्ने, कर नतिर्ने, योग्यता विनै उपचार केन्द्र चलाएर जनता को स्वास्थ्यसँग खेलवाड गर्नेलाई कडा कारबाही गर्नुपर्छ’ सिग्देलले भने । त्यस्तै टोलीले भरतपुर सामुदायिक अस्पतालको सेवा सुबिधाका बारेमा जानकारी लिएको छ । त्यस्तै जिल्लामा सन्चालन मा रहेका आधा दर्जन आर्युबेधिक र होमियोप्याथिक किल्निकहरुको पनि अनुगमन गरेको छ ।
जिल्लामा सन्चालनमा रहेका सबै स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याई जनतामा प्रभावकारी उपचार प्रर्दान गर्न आफुहरुले अस्पतालहरुलाई निर्देशन दिएको र त्यसमा आलटाल भए कारबाही गरिने अधिकृत महतो बताउनु हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्