हामी नेपालीकाे बानी हाे वा सामाजिक संस्कार जुनकुरा पनि एकपक्षिय र एकाेहाेराे सुन्छाैं र गर्छाैं । यहाँ प्रसंग एनअाइसी एसिया बैंक र साेसँग सम्बन्धित समाचारहरू ल्याइरहेका छाैं । मलाइ भने निम्न कुरा साेच्न र लेख्न बाध्य गरायाे ।
१. बुधबार एनअाइसी एसिया बैंकले जुन तरिकाले अाफ्नाे स्वामित्वमा रहेकाे म्युचुअल फण्ड र नेसनल लाइफकाे शेयर लिलाग गर्ने सूचना निकाल्याे त्याे कानुनी रूपमा गलत र अपरिपक्व निर्णय थियाे । त्यसकाे हामी सबैले विराेध गर्याैं र उसले त्यसलाइ स्वीकार गरी लिलामी राेक्याे पनि । यसलाइ पनि हामीले अावश्यक अनावश्यक तर्क वितर्क गर्याै कतिले एनअाइसी एसियाले सबै शेयर नै लिलाम गरे जसरी पनि समाचार बनाए । म्युचुअल फण्डकाे युनिट र शेयरकाे कित्ता समेत नबुझेर वा बुझपचाएर टिकाटिप्पणी भए ।
२. याे सँगै जाेडेर व्याजकाे कुरा उठ्याे । हाे, उसले निकै छिटाे अन्तरालमा व्याजदरमा परिवर्तन गर्न थाल्याे जुन गलत हाे र यसकाे अाफ्नै तरिकाले समाधान गर्ने बाटाे छ । जहाँसम्म व्याज बढेकाे छ, उसकाे मात्र हाेइन अहिले समग्र ऋणमा व्याज बढेकाे छ । यहाँ के विर्सनु भएन भने सबै बैंकले जस्तै एनअाइसी एसियाले पनि व्याज बढाएकाे हाे । हामीले ऋण लिँदा नै प्रचलित वा ताेकिएकाे व्याज तिर्न राजी भएर नै ऋण लिएका हाैं, त्यसमा एनअाइसीले केही बढी फाइदा लिन खाेजेकाे हाे वा उसकाे बाध्यात्मक अवस्था उसले जान्ने कुरा हाे । हामीले उसकाे व्याज चित्त नबुझेकाे अवस्थामा ऋण चुक्ता गर्ने वा अन्य संस्थामा सार्ने विकल्प छन् र त्याे उपाय अपनाउन एनअाइसी एसिया मात्र हाेइन अरूले पनि राेक्न सक्दैन ।
३. मार्जिन कल र धिताेमा राखेकाे शेयर लिलामी गरिएकाे भन्ने खवर र त्यसमा लगानीकर्ता संघकाे ध्यानाकर्षण भएकाे खवर समेत विज्ञप्ती प्रकासित भएकाे छ । हामी ऋणी वा शेयर धिता कर्जा लिने व्यक्तिले के सम्झाैता गरेका हुन्छाैं भने शेयरकाे मूल्यमा उतारचढावका कारण धिताेले नखामेमा थप शेयर धिताे दिने वा ऋणकाे सीमा घटाउन मन्जुर भएका हुन्छाैं । पक्कै पनि जसले साउन भदाै तिर शेयर धिताेमा ऋण लियाैं अहिले शेयरकाे मूल्यमा अाएकाे गिरावटका कारण हाम्राे धिताेले ऋण खाम्दैन, याे अवस्थामा बैंकले मार्जिन कल गर्नु स्वभाविक हाे ।
जहाँसम्म शेयरधनिकाे स्वीकृति वा जानकारी बिना शेयर विक्री गरियाे भन्ने सवाल छ, यदि यस्ताे भएकाे हाे भने त्याे पूर्णत गैरकानुनी हाे र यसमा कानुनी उपचार हाेला नै । तर बैंकले मार्जिन कल गर्दा नतिरे वा भाखा नाघेमा धिताे लिलाम गर्न हामीले ऋण लिँदा नै स्वीकार गरेका हुन्छाैं । जहाँसम्म सूचना एसएमएस वा फाेनबाट अाएकाे कुरा छ, कानुनमा के छ त्यसलाइ अपनाअाैं । कानुनमा नै चिठीबाट लिखित सूचना दिनुपर्ने लेखिएकाे र बैंकले नदिएकाे हाे भने कानुनी बाटाे समाताैं हाेइन भने अहिलेकाे सूचना प्रविधिकाे जमानामा हामी यसलाइ समाएर अर्घेल्याइ गर्नु हुन्न । यदि त्यस्ताे हाे भने हामीले अनलाइन सूचना मात्र हाेइन काराेवार पनि गर्नु हुन्न भन्ने अवस्थामा पुग्छाैं ।
४. ल ठीक छ, एनअाइसीले गल्ति नै गर्याे चाहे त्याे व्याजकाे सवालमा हाेस वा लिलामी वा शेयर विक्री त्यसकाे उपचार भनेकाे कानुनी र सुधारात्मक बाटाे हुनु पर्छ । अाज जसरी हामी एनअाइसी एसिया बन्द नै गर्नु पर्छ भने जसरी कराइरहेका छाैं यसले एनअाइसी एउटा बैंक मात्र हाेइन सबै बैंक प्रति अविश्वास बढाउने काम गरिरहेका छाैं । के एनअाइसी एसिया त्यति कमजाेर हाेला र उसले सबै कानुन मिचेर काम गर्न, अनि हाम्रा नियामकहरू त्यतिकै टुलुटुलु हेरर त बस्दैननि । बुधवारै घटनामा सेवाेनले तुरून्त चिठी लेख्याे त । विना सूचना वा मार्जिन तिर्दा तिर्दै शेयर विक्री गरेकाे हाे भने सेवान र नेपाल राष्ट्र बैंकमा उजुरी गराैं । त्यहाँबाट नभए अदालत छ । तर सम्पूण वित्तिय क्षेत्रमा नै असर पुग्ने गरी एकपक्षिय अाराेप प्रत्याराेप र गाली गलाैज नगराैं । कुनै पनि संस्थाकाे पनि अाफ्नै इज्जत हुन्छ उसले भाेली मान हानीकाे मुद्दा हाल्ला ।
५. मलाइ त कतै नियाेजित रूपमा नै शेयर बजार ढाेस्त बनाउने श्रृंखला कै एउटा क्रम त हाेइन भन्ने लाग्न थालेकाे छ । हामी सचेत हुनै पर्छ गल्ति अाैंल्याउनु पर्छ तर अाज एनअाइसी बन्द हुनु भनेकाे समग्र बैंक तथा वित्तिय क्षेत्र पनि तहसनहस हुनु हाे । याे अवस्था अाएमा अहिले १८०० बाट १३०० अाउँदा जसरी अत्तालिएका छाैं, हामी कहिले उठन नसक्ने अवस्थामा पुग्छाैं ।
नाेटः म एनअाइसीकाे प्रवक्ता पनि हाेइन र प्रायाेजित पनि छैन । मेराे तर्क केवल एकजना लगानीकर्ताकाे रूपमा व्यक्त नितान्न व्यक्तिगत विचार हाे । यसमा असहमत हुने पुर्ण अधिकार तपाइहरूसँग छ ।