
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुस्लिम बहुल देशलाई अमेरिका प्रवेशमा रोक लगाएपछि भ्रम सिर्जना भएको छ। तर अमेरिकासित व्यापारिक सम्बन्ध बलियो भएका मुस्लिम बहुल देश भने यो सूचीमा परेका छैनन्।
ट्रम्पको आदेशपछि प्रभावित भएका देशका नागरिकहरुले अमेरिका जानको लागि सङ्घर्ष गर्नुपरेको छ। उनीहरुले अमेरिका जानको लागि सीमित विकल्प रहेको महसुस गर्न थालेका छन्।
तर पनि ट्रम्पको आदेशमा फेडरल कोर्टले रोक लगाएको छ। गुगल, एप्पल र फेसबुकजस्ता कम्पनीहरुले पनि यो आदेशलाई अदालतमा चुनौती दिएका छन्। ट्रम्प प्रशासनको कार्यकारी आदेशमा इराक, सिरिया, इरान, लिविया, सोमालिया, सुडान र यमनबाट कुनै पनि व्यक्ति ९० दिनसम्म अमेरिका आउन सक्ने छैनन् भनिएको छ।
यही आदेशका कारण अमेरिकामा शरणार्थी प्रवेश कार्यक्रलाई १२० दिनका लागि रोक लगाइएको थियो। साथै सिरियाली शरणार्थीलाई अमेरिका प्रवेशमा अनिश्चितकालको लागि रोक लगाइएको थियो।
अमेरिकी विभाग युएस सेन्सस ब्युरोका अनुसार विश्वमा लगभग ४७ मुस्लिम देश छन्, जससित अमेरिकाका व्यापरिक सम्बन्ध रहिआएको छ। सन् २०१५ मा देशसित २२० अर्ब डलरको व्यापर भएको थियो। ब्युरोका अनुसार २०१६ नभेम्बरसम्म यी देशसितको व्यापार करिब १९५ अर्ब डलरसम्म पुगेको थियो।
ब्युरोको रेकर्डअनुसार ट्रम्पले जुन मुस्लिम देशलाई प्रवेशमा रोक लगाउने भनेका थिए तीमध्ये इराकलाई छाडेर कुनै दोस्रो देशको अमेरिकासितको व्यापारमा नाममात्रको सहभागिता रहेको छ।
अमेरिकासित व्यापारिक सम्बन्ध बलियो भएका देशहरु यो सूचीमा छैनन्। ती सात देश यी हुन्–
१. साउदी अरब

साउदी अरब मुस्लिम देशहरुमध्ये अमेरिकासित सबैभन्दा बलियो व्यापारिक सम्बन्ध भएको देश हो। साउदी अरब अमेरिकामा बनेका कार, औद्योगिक मेसिनरी, निर्माण उपकरण, हवाई विमान, रक्षा उपकरण, इलेक्ट्रोनिक्स र औषधिको ठूलो खरिदकर्ता हो।
अमेरिकाका धेरै कम्पनीले साउदी अरबमा आफ्ना उपकम्पनी ९सब्सडिरियो० मार्फत अर्बौँ डलरको व्यापार गरेका छन्। तर दुःखको कुरा के भने अमेरिकामा सेप्टेम्बर ११ मा भएको घटनाका अभियुक्तमध्ये अधिकांशको सम्बन्ध साउदी अरबसित जोडिएको थियो।
२. मलेसिया

मलेसियाको अमेरिकासित वार्षिक रुपमा करिब २३ अरब डलरको व्यापार हुने गर्दछ। यति मात्रै नभई डाओ केमिकल, मर्फी आयल, कोनको फिलिप्स र एक्सन मोबिलजस्ता कम्पनीले मलेसियामा करोड़ौँ डलरको व्यापार गरेका छन्।
३. संयुक्त अरब इमरेट्स
युएन सेन्ससको रेकर्डअनुसार सन् २०१६ नोभेम्बरसम्ममा अमेरिकाको इमिरेट्ससित २३ अर्ब डलरको व्यापार भएको थियो। सैयौँको सङ्ख्यामा अमेरिकी कम्पनीहरु संयुक्त अरब इमरेट्समा काम गरिहेका छन्। बोइङजस्ता धेरै अमेरिकी कम्पनीको मध्यपूर्वका मुख्यालय दुबईमा रहेका छन्।
४. इन्डोनेसिया

इन्डोनेसिया विश्वको सबैभन्दा बढी मुस्लिम जनसङ्ख्या भएको देश हो। युएन सेन्ससको तथ्याङ्कअनुसार २०१६ नोभेम्बरसम्म द्विपक्षीय व्यापारको तथ्याङ्क २३ अर्ब डलरसम्म पुगेको थियो।
इन्डोनेसियाको सरकारी तथ्याङ्कअनुसार अमेरिकाबाट आयातको तुलनामा निर्यात बढी हुने गर्दछ।२०१३ मा इन्डोनेसियाले अमेरिकालाई १५ अर्ब डलरभन्दा बढीको सामान निर्यात गरेको थियो। आयात करिब ९ अर्ब डलर रहेको थियो।
५. टर्की

टर्कीको व्यापार एकाइ टस्कानका अनुसार टर्कीमा १२०० भन्दा बढी कम्पनीहरु छन्। अमेरिकासितको व्यापार पनि द्विपक्षीय रुपमा लगातार बढिरहेको छ।
टस्कानका अनुसार २०१२ मा व्यापारको आँकड़ा २१ अर्ब डलर थियो। युएस सेन्ससका अनुसार २०१६ को ११ महिनामा द्विपक्षीय व्यापारले यो तथ्याङ्कलाई पछाडि पारेको छ।
६. इजिप्ट

इजिप्टसित पनि अमेरिकाको व्यापारिक सम्बन्ध राम्रो रहेको छ। २०१६ मार्चमा इजिप्ट राजधानी कायरो भएको सम्मेलनमा ५३ अमेरिकी कम्पनीले इजिप्टमा व्यापार गर्ने रुचि देखाएका थिए।
७. कुवेत

कुवेतमा अमेरिकी टेक्नोलोजी र उत्पादनको ठूलो मात्रामा माग हुने गरेको छ। ९० को दशकमा कुवेतमा सद्दाम हुसेनले आक्रमण गरेपछि अमेरिकाले नै कुवेतको मदत गरेको थियो। यसपछि कुवेतमा ठूलो सङ्ख्यामा अमेरिकी कम्पनीहरुले काम गरिरहेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्