×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सचिव भएर जति काम गरें, त्यहि नै मेरो जीतको आधार हो’

PRIME CA

‘सचिव भएर जति काम गरें, त्यहि नै मेरो जीतको आधार हो’

२० फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < ११ मिनेट


तपाईंको परिचय दिनुस् न ?
म २०४२ सालमा नुुवाकोट वागेश्वरी गाविसमा जन्मिएको हुँ । त्यही गाउकै वागेश्वरी स्कुलवाट एसएलसी उर्तिण गरेपछि रत्नराज्य लक्ष्मी क्याम्पसवाट मैले उच्च शिक्षा अध्ययन गर्न थालेको हु । पत्रकारिता विषयमा एम ए सम्मको अध्ययन सकेको छु । 

तपाईंले नेपालभरका शाखाहरुमध्ये सबैभन्दा धेरै संख्यामा पत्रकारहरु भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सभापतिजस्तो पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, निर्वाचनमा विजयी हुन्छु जस्तो लाग्छ ?
 निश्चत रुपमा । 

तपाईं विजयी हुन्छु भन्ने आधार के छ ?
मेरो विजयको पहिलो आधार भनेकै अहिले कार्यसमितिमा सचिव पदमा रहेर गरेको काम नै हो । टेक्ने आधार त्यही हो । तर सचिवका रुपमा काम गर्दा सामान्य केही कमजोरी भए होलान्, तर गल्ती नै गरेको छु भन्ने मलाई लाग्दैन । 
दोस्रो, म राजनीतिलाई पेशा वनाउदिन । मेरो मूल ध्येय पत्रकारिता हो । म हिजो हकरवाट पत्रकारिता क्षेत्रमा पाइला टेकेको मान्छे हुँ । दुखजिलो गरेर आज यो अवस्था सम्म आईपुगेको छु । मेरो भविश्य पनि मैले यसैमा खोज्न तयार भएर हिडेको छु । पत्रकारिता वाहेक मेरो नसामा कुनै अर्काे खालको रगत वगाउने मैले कल्पना समेत गरेको छैन । विशुद्ध श्रमजीविका रुपमा नै मेलै आफना्े जीवन समर्पण गर्न खोजेको छु । यस अर्थमा पनि 
पत्रकार महासंघ म आफुले अंगालेको पेशा प्रति गर्व गर्न लायक वनाउन, यसको गरिमालाई उचो वनाई राख्ने विषयसाग जोडिएर आएको छ । 
तेस्रो, म कुनै संगठन विशेषको मात्र नभई सवै संघ, संगठनमा आवद्ध रहनु भएका साथीहरुको पनि साझा मान्छे हु । सवैको साथ र सहयोग महासंघमा तीन वर्ष सचिवको रुपमा काम गर्दा पाएको पनि छु । अव पनि पाउनेमा वढी आशावादी छु । 
चौथो, साना लगानीको पत्रपत्रिकाको वचाउका लागि मैले आफनो ठाउवाट खेलेको भूमिका पनि मेरो जित्ने आधार हो । सरकारले घोषणा गरेको २५ प्रतिशत रकम सरकार आफैले दिन गरेको आलटालमा महासंघको नेतृत्वको रुपमा, ब्यक्तिगत रुपमा पनि मेरो भूमिका वलशाली नै थियो भन्ने दावी गर्न चाहान्छु । भूकम्पका वेला पनि साना लगानीका पत्रपत्रिकाको वचाउका लागि भूमिका खेलेको छु । 
गत दशैमा मात्र पनि चाडवाडका वेला सरकारले कटौती गरेको लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध गराउनका लागि संर्घष समिति को पहल गर्ने देखि आफै त्यो संर्घष समितिमा रहेर खेलेको भूमिका तपाई स्वंमले प्रत्यक्ष देख्नु भएको छ । साना लगानीका पत्रपत्रिका संरक्षण र सम्र्वधनका लागि मैले निर्वाह गरेको भूमिका दिनको घाम जतिकै र्छर्लग छ । त्यसैले पनि मलाई महासंघको नेतृत्वका लागि विजयी वनाउनुहुने छ भन्ने मैले विश्वास लिएको छु । 
पत्रकारिता क्षेत्रमा बढी राजनीतिक हस्तक्षेप हुन थालेको देखिन्छ, सभापतिमा विजयी भएमा स्वतन्त्र ढंगले काम गर्न सक्छु जस्तो लाग्छ ?
हे, तपाईले भने जस्तो विगत केही समय यता राजनीतिक हस्तक्षेप वढेको देखिन्छ । त्यो राम्रो पक्ष होइन । कुनै संगठन विशेष, पार्टी विशेषमा आस्था राख्न सकिन्छ होला । तर त्यसैलाई पेशा वनाएर आफनो गुट, समुहका मान्छे खरावै भए पनि वोकर हिडने सस्कार र प्रवृतिवाट महासंघलाई मुक्त वनाउनै पर्छ । 
महासंघ सवै पत्रकारहरुको साझा सस्था भएकोले त्यो साझा स्वत्व लाई अव हामीले वचाउन सक्ने – नसक्ने चुनौति हाम्रा सामु टडकारो रुपमा आएको छ । तीन वर्ष सचिवका रुपमा काम गर्दा मैले कहिल्यै राजनीतिक गन्ध महासंघमा पर्न दिइन् । म दावीका साथ भन्न सक्छु – तेरो मेरोको भावना मैले कहिल्यै पालिन ् । मैले साझा सस्थाकै रुपमा महासंघलाई अगाडी लैजान भूमिका खेलेको छु । यसर्थ पनि म महासंघमा स्वतन्त्र ढंगले काम गर्न सक्छु भन्ने दावा गर्न सक्छु । 
जसरी न्युज रूम निश्पक्ष हुनुपर्छ भन्ने मान्यता संसारभर कायम छ, त्यसरी नै महासंघ जस्तो संस्था राजनीतिक हस्तक्षेप मुक्त बनाउन सकिन्छ भन्नेमा म दृढ छु । यसमा सम्पूर्ण श्रमजीवी पत्रकारको साथ रहन्छ भन्ने मेरो विश्वास छ ।

पत्रकारको चुनाव पनि राजनीतिक दलको चुनावभन्दा घमासान होलाजस्तो देखिन्छ, राजनीतिक दलहरुको चाहना पनि पत्रकारहरुलाई आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ, राजनीतिबाट मुक्त भएर काम गर्न सकिंदैन र ?
सकिन्छ । हिम्मत हामी सवैले आ – आफनो ठाउवाट गरौं, हाम्रा भन्दापनि राम्रा छान्ने सस्कारको विकास गरौं । क्रमशः त्यसले राजनीतिवाट मुक्त भएर नेतृत्व चयन गर्न सकिन्छ । 
निर्वाचनमा तपाईले पत्रकारका हक–हित सम्बन्धमा के–कस्ता मुद्दाहरु उठाउनुभएको छ ?
मैले देखेको दुई तिन वटा काम गर्नुपर्ने हुन्छ । जस्तोकी,  काठमाडौं शाखामा आवद्ध पत्रकारहरुका आ –आफनै विविधता र समस्याहरु छन् । सोलोडोलो एउटै आखाले यस शाखामा आवद्ध पत्रकारहरुको हक हितको रक्षा, सम्र्वधन गर्न सकिदैन । 
मोटामोटी रुपमा तिन कालखण्डवाट यस शाखामा आवद्ध पत्रकारहरुका हक हितका पक्षमा महासंघले हेर्नुपर्छ जस्तो लाग्छ । ठूला सञ्चारगृहमा काम गर्ने पत्रकारहरुको न्यनूतम पारिश्रमिक र श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको प्रश्न पहिलो देखिन्छ । त्यसमा महासंघले आफनो एउटा नीति तय गरेर जानुपर्ने अवस्था छ । 
द्रोस्रो आफै सञ्चारमाध्यम पनि चलाउने, आफै दिनरात खटिने श्रमजीविहरु । म उहाहरुलाई स्वरोजगार श्रमजीवि पत्रकार भन्न रुचाउछु । 
उहाहरु आफैले पत्रिका चलाई रहनु भएको छ, त्यसैवाट आफनो दुखसुख साटेर जीवन गुजारिरहनु भएको छ । उहाहरुको सवालमा पत्रिकाको वचाउ गर्ने र आफु पनि वाच्ने कसरी भन्ने डरलाग्दो अवस्था अहिले देखिन पुगेको छ । त्यसलाई कसरी वचाएर लैजाने त्यो सवैभन्दा ठूलो चुनौति हाम्रा अगाडी अहिले देखा परेको छ । यसमा महासंघले निरन्तर एक खालको नीति वनाएर आवाज मुखरित गरिरहनु पर्नेछ । 
र, अर्काे भनेको हामी आफैले पनि हाम्रै कमजोरीलाई सुधार गरेर जानुपर्ने अवस्था छ । पत्रकारिता लाई विकृत पार्ने र समग्र पत्रकारिता क्षेत्रकै वदनाम गर्ने प्रवृति पनि पछिल्लो समय मौलाउँदै गएको छ । यस्तो विकृतीवाट आफना सदस्य हरुलाई सचेत वनाउने र  निरन्तर जागरुक वनाउन महासंघले आफनो तर्फवाट  सीप मूलक काम, दक्षता अभिवृद्धिका काम देखि उहाहरुको् कामको अनुगमन सम्मको काममा महासंघ ले भूमिका खेल्नु पर्ने टडकारो आवश्यकता मैले देखेको छु । यही मुद्दा पनि मेरो कार्ययोजनाभित्रका मुद्दा हुनेछन् । 

पत्रकारिता क्षेत्रमा अध्ययनशील, विषयवस्तुको गाम्भीर्यता नबुझेका व्यक्तिहरुको बाहुल्यता बढ्दै गएको छ, त्यस्ता व्यक्तिका कारण यो पेशाप्रति धेरैले औंला उठाउने ठाउँ पाइरहेका छन्, त्यसको न्यूनीकरणका लागि महासंघको भूमिका कस्तो हुनुपर्छ ?
मलाई लाग्छ, यसको एउटै उपाय छ, निरन्तर अनुगमन । हामी निरन्तर परिक्षा दिईरहेका हुन्छौं । हामी पत्रकारहरुका लागि हरेक दिन लेख्ने हरेक समाचार आफै परिक्षा हो । त्यसकारण हामी आफैले विषयलाई कति सम्वेदनशील रुपमा वुझेका छौं, त्यसले समाजमा पार्ने प्रभाव के हुन्छ भन्ने कुराको पहिले निक्यौल गरेर जान सक्यौं भने, हामी आफैले सुधार गर्ने प्रयत्न गरयौं भने औला कसैले उठाउने हिम्मत गदैनन् ।
साना लगानीका पत्रपत्रिका जीवन–मरणको दोसाँधमा छन्, तपाईं आफैं पनि यही पृष्ठभूमिको हुनुहुन्छ ? तपाईं सभापतिमा निर्वाचित हुनुभयो भने यिनीहरुको संरक्षणका लागि कस्ता कामहरु गर्नुहुन्छ ?
साना लगानीका पत्रपत्रिकाको जीवन रक्षा र यसवाट आश्रित श्रमजीवि पत्रकारहरुको अवस्था हिजो भन्दा आज, आज भन्दा भोलि थप चुनौतिपूर्ण र जटिल वन्दै गईरहेको छ । यो एकदम सम्वेदनशील कुरा हो । अव यही हालतमा टिक्न सक्ने अवस्था छैन । कागजको मूल्य वढेको छ, इन्टरनेट र न्यू मिडियाका कारण पत्रिका किनेर पढने अवस्थामा मान्छेहरु देखिदैनन, प्रविधिमा आएको विकास लगायतले पनि चुनौति खडा गरेको छ । यसको वचाउको एउटै विकल्प भनेको राज्यले गर्ने संरक्षण नै हो । लोककल्याणकारी विज्ञापन नीतिलाई समयानुकुल परिमार्जन गदै अगाडी लैजाने र अझ विशेष गरि समानुपातिक विज्ञापन नीति राज्यले लागु गर्नु पर्ने हुन्छ । यस तर्फ महासंघमा मेरो भूमिका हुनेछ ।

राजधानीजस्तो ठाउँमा रहेर पनि पत्रकार महासंघ काठमाडौं शाखाले आफ्नै भवन बनाउन सकेको छैन, उपत्यका बाहिरका कतिपय दूर्गम जिल्लाहरुमा समेत पत्रकार महासंघ जिल्ला शाखाका आफ्नै भवन बनिसके, तपाई सभापतिमा विजयी हुनुभयो भने तपाईंको कार्यकालमा उपत्यकामा आफ्नै भवनबाट पत्रकार महासंघ संचालन गर्ने दिन आउँछ त ?
तपाई हामी सवैले हिम्मत गरेर अगाडी वढन सक्नुपर्छ, त्यो दिन आउछ । हाम्रो जिल्ला महासंघको आफनै भवन छैन । देशभर आधा वढी जिल्लाहरुले आफनै भवन वनाएका छन्, कतिपयका आफनै जग्गा छन् । तर हामी साग न जग्गा छ, न आफनै भवन । यसले हामीलाई गिज्याईरहेको छ । वीत्तमुनिको अध्यारोमा हामी छौं । यस्तो अवस्था अन्त्यका लागि मेरो अभियानात्मक योजना नै हुनेछ । अवको तीन वर्ष भित्र महासंघ काठमाडौं जिल्ला शाखा आफनै भवन वाट सञ्चालन हुने छ । 
निर्वाचित भएको  ढेड वर्षमा जग्गाको खोजी र त्यसपछिको डेढ वर्ष भवन निर्माणका लागि छुटाएरै काम गर्ने छु। 
चुनाव केन्द्रित भएर काठमाडौं शाखामा थुपै्र पत्रकारिता क्षेत्रभन्दा बाहिरका मानिसहरुको सदस्यता बन्ने क्रम जारी छ भनिन्छ, विवाद पनि चरमचुलीमा छ, त्यसको निराकरणको प्रयास कसरी भइरहेको छ ?
सदस्यताका सन्र्दभमा महासंघको केही प्राक्टिस गलत रहेछन भन्ने मेरो वुझाई हो । पहिलो त हामीले महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचित वनाउन सक्नु पर्ने रहेछ । हाम्रो विधानमै केही कमजोरी छ । हामीले प्रत्यक्ष निर्वाचित नेतृत्व वनाउन सक्यौं भने पार्षदका लागि संख्या पु¥याउने नाममा हुने गैह राजनीतिक खेल वन्द हुदै जानेछन् । त्यसवाट महासंघको सदस्यता सुद्धिकरणमा वल पुग्छ । 
दोस्रो सदस्यता लिन विद्यानले पत्रकारहरुका लागि कहिल्यै ढोका वन्द गरेको छैन । तर हामी पत्रकारलाई सदस्यता वितरण चुनावको मुखमा आएर मात्र गछौं । यो टेन गलत रहेछ । चुनावी वर्षमा वरु हामीले सदस्यता दिनै वन्द गरिदिनु पर्छ । एउटा निर्वाचित कार्यसमितिको ३ वर्षको कार्यकाल छ भने अघिल्ला दुई वर्ष सदस्यता दिन सकिन्छ । 
तेश्रो, महासंघले सदस्यताका लागि आवेदन गर्दा वुझाउनु पर्ने डकुमेन्टस्हरुमा केही फेरवदल आवश्यक छ । वाईलाइन पु¥याउने नाममा आवदेन दिदा पत्रिकामा त्यत्तिकै फेक नाम राखेर ल्याउने जब्बर टेन हामी काहा देखिएको छ ।  तर त्यही डेटमा प्रेस काउन्सिलमा दर्ता गरेको पत्रिका हे¥यौं भने ९० प्रतिशत फर्जी नाममा आवेदन दिएको भेटिने सम्भावना छ । 
यसले गर्दा केही निश्चित विधि, प्रक्रिया वनाउने र त्यसलाई कडाईका साथ कार्यानवयन गरेर जान सकिएमा मात्र महासंघको सदस्यता सुद्धिकरण होला । विवादमुक्त रुपमा वास्तविक पत्रकारले मात्र सदस्यता पाउन सक्लान् , अव त्यस तर्फ पनि नेतृत्वले सोच्नु पर्छ । 
समानुपातिक विज्ञापन प्रणाली लागू गराउने मुद्दा अहिले सेलाएर गएको छ, राज्यले त्यसमा ध्यान दिइरहेको छैन, जसका कारण साना लगानीका पत्रपत्रिकाहरुले समस्या झेल्नुपरिरहेको छ, यसको निराकरणमा तपाईंबाट भूमिका निर्वाह हुन्छ भन्ने आशा गर्न सकिएला र ?
निश्चित रुपमा । तपाईले भने जस्तो समानुपातिक विज्ञापन नीतिको कुरा अहिले सेलाएर गएको छ । महासंघको केन्द्रले यो मुद्धालाई जोडदार रुपमा लिडिङ गर्न सकेन भन्छु म त । सर्वाेच्च अदालत सम्मले समानुपातिक विज्ञापन नीति लागु गर्न भनेको थियो । तर खोइत महासंघ केन्द्रले यसलाई पहलकदमी लिएको ? यसमा महासंघको नेतृत्व चुकिरहेको छ । 
यसरी चुक्नु हुदैन । हाम्रो जिल्ला शाखाको कुरा गर्ने हो भने पनि यसले पनि यसको मर्म र भावनालाई वुझेर पहलकदमी लिन सकिरहेको छैन । 
लोककल्याणकारी विज्ञापनको विषयमा त अझ महासंघको केन्द्र कुरै सुन्न चाहादैन भने पनि हुन्छ । जे जति कुरा उठने र सुन्ने गर्छ, त्यो काठमाडौं जिल्ला शाखाले मात्र हो भन्ने दावी म गर्छु । हामीले नै यसमा निर्णायक भूमिका खेलिरहेका छौं । त्यसकारण म विजयी भए भने यसलाई एजेण्डा वनाएर निर्णायक र नेतृत्वदायी भूमिका खेल्ने छु ।
तपाईंको चुनावी नारा के हो ?
धेरै ठूलो चुनावी नारा छैन । साना कामवाट सस्थागत सुधार मेरो योजना हुनेछ । काठमाडौं शाखामा एक हजार वढी पत्रकार छन् । जिल्ला शाखा सँग कुनै पनि पत्रकारहरुको सस्थागत अभिलेख अहिलेसम्म छैन । को पत्रकार काहा काम गरिरहेको छन्, उनीहरुको अवस्था के छ ? महासंघसँग त्यसको अभिलेख हुनु पर्ने हो , तर त्यो अहिलेसम्म छैन । हजार जना पत्रकारहरुकै चुस्त दुरुस्त रेकर्ड राख्ने , जहिले खोजेका वेला पनि आफना सदस्यको विवरण सजिल्यै पाउने अवस्थामा महासंघलाई पु¥याउने पहिलो कामको सुरुआत मेरो त्यहा वाट हुन्छ । 
दोस्रो, काठमाडौं शाखामा अझै हामी हस्तलिखित रुपमा दैनिक भैपरी आउने कामहरु सञ्चालन गरिरहेका छौं । हामी सूचना प्रविधि साग खेल्ने मान्छे कसरी महासंघलाई त्यो हालतमा राखेर चलाउछौं ? हाम्रो लागि सजैभन्दा लज्जित यो विषयले वनाईरहेको छ । त्यसलाई कम्युटरराईज सिष्टममा लैजाने पहल मेरो हुनेछ । 
तेस्रो, महासंघमा सूचना केन्द्र निर्माण गर्ने मेरो योजना हुनेछ । महासंघमा नै आएर पत्रकारहरुले आफ्नो समाचार पठाउने, लेख्ने, अनलाइन अपडेट हुने अवस्थाको सिर्जना म महासंघमा सुरुआत गराउने छु । केही थान कम्युटर र नेटको ब्यवस्थापन गरेर प्रविधि मैत्री महासंघ वनाउने मेरो योजना छ । 
चौथो, काठमाडौं जिल्लाको आफनै वेभसाइट निर्माण गरिनेछ । साना लगानीका पत्रपत्रिका वाहुल्य रहेको यो शाखा भएकोले पनि ति साना लगानीका पत्रपत्रिकाको आफनै वेभसाइटहरु छैनन । उनीहरुले चाहेर पनि सञ्चालन गर्न सकिरहेका छैनन । उनीहरुका पत्रपत्रिकाको पिडिएफ फाइलहरु शाखामा ल्याउने वातावरण निर्माण गरि शाखाको वेभसाइटमा राखिदिने मेरो योजना हुनेछ । थोरै सेवा शुल्क लिएर ति साना लगानीका पत्रपत्रिका वेभ साइटमा पढ्न पाउने वातावरण निर्माण गर्ने र सवै साना सञ्चारमाध्यमको जगेर्ना गर्ने दायित्व मेरो हुनेछ । त्यसो गर्दा महासंघलाई पनि आम्दानीको स्रोत हुने र साना लगानीका पत्रपत्रिका पनि प्रविधिसंग  एकाकार हुन पाउने अवस्थाको सिर्जना हुने मैले ठानेको छु । 
यति काम निर्वाचित भएको ६ महिनाभित्र पूरा गर्न सक्ने विश्वासका साथ म उम्मेद्धवारी दिदै छु । 
त्यसका आलावा हामीले हाम्रँे शाखामा आवद्ध रहनु भएका अग्रज, वरिष्ठ पत्रकारहरुसँग सञ्चारमाध्यम, सञ्चारकर्मीका समस्याका विषयमा केन्द्रीत रहेर कहिल्यै अन्र्तक्रिया गर्न सकेनौं । उहाहरुलाई वोलाएर छलफल गरेनौं, अहिलेसम्म । समस्या हाम्रा आखाले मात्रै नदेखिन सक्छ । उहाहरुसागको निरन्तर छलफल र अन्र्तक्रियामार्फत समस्या पहिचान गर्ने गरि गएमा त्यसको समाधानमा महासंघले खेल्ने भूमिका  प्रभावकारी वनाउन सक्छौं । 
यसका लागि निरन्तर सहकार्य, समन्वय र अन्र्तक्रियाको वातावरण वनाउनु पर्छ । यो खालको परिपाटीको सुरुआत म निर्वाचित भए लगत्तैको पछिल्लो महिना वाटै शुरु गर्नेछु । यसो गर्दा महासंघको काममा अग्रज पत्रकारहरुले पनि अपनत्व महसुस गर्न सक्नेछन् । यसो गर्दा प्रभावकारी रुपमा एजेण्डा उठने र त्यसको समाधान पनि परिणाममुखी रुपमा दिलाउन सकिन्छ । यसको सुरुआत गर्नेछु ।
महासंघको आफनै भवन निर्माण मेरो कार्यकालमा वनाई छोडने दृढता ब्यक्त गर्छु । अहिले हामी हाम्रो कार्यलयको भाडा तिर्न सकिरहेका छैनौं । हामी भाडा तिर्ने शर्तमा अहिले वसेका छौं भने त्यो भाडा नियमित तिर्ने गरि स्रोत साधानको परिचालनमा हामीले जोड दिनुपर्छ । 
कार्यालयको भाडा तिर्ने, कार्यालय सहयोगीको तलव कम्तीमा पनि पत्रकारको न्यूतनम पारिश्रमिक वरावरको उपलब्ध गराउने र दैनिक भैपरी आउने खर्चको जोहो महासंघले गर्न सक्नुपर्छ । त्यसका केही निश्चित योजना मसँग छन्, त्यसको कार्यान्वयनमा मेरो भूमिका हुनेछ । 
यसका अतिरिक्त पनि पत्रकारहरुको सीप , क्षमता र दक्षता अभिवृद्धिका काम महासंघले गर्ने सकेको छैन । सवैभन्दा वढी ध्यान हामीले यता दिन आवश्यक छ । तर हामीले ध्यान दिन सकिरहेका छैनौं । यसतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । अधिकतम भन्दा अधिकतम वढी मेरो फोकस राजनीतिक सम्वाद, अन्र्तक्रिया, नेतामुखी महासंघ वनाउनु भन्दा आफना शाखामा आवद्ध सदस्यहरुलाई ब्यवसायिक मुखी र इज्जतगर्न लायक क्षमतावान पत्रकार वनाउने दिशामा केन्द्रीत गराउने छु । 
अन्त्यमा केही छ ?
मलाई आशा छ, म महासंघमा केही गरौं, भनेर आएको हु । मेरो आफनो ब्यक्तिगत स्वार्थ, केही पनि छैन । यसको गरिमालाई उचो राख्न पाउनु नै मेरो आफनो इज्जतसँग पनि जोडिने विषय हो भन्ने म ठान्छु । राजनीतिक आस्था, पूर्वाग्रहका आधारमा भन्दा पनि ब्यवसायिकता, मर्यादित महासंघको अवधारणमा महासंघलाई वदल्न र टोटल्ली रुपान्तरणको दिशामा लैजानका लागि एक पटक मलाई मतदान गर्नुहोस । तपाईसागको वचनवद्धता र विश्वासलाई धूलोमा मेटन दिने छैन । 
तपाईहरुलाई म मेरो वारेमा प्रश्न उठाउने मौका दिने छैन । तपाईहरुको अमूल्य मतवाट निर्वाचित भईसकेपछि मैले गर्ने काम भनेको तपाईहरुको इज्जतसँग पनि जोडिएको विषय हुन जानेछ । म तपाईहरुको विश्वास र इज्जतमाथी दाग लाग्न दिने छैन । वरु गर्व गर्न लायक वनाएर अर्काे नेतृत्वलाई नेतृत्व हस्तान्तरण गरेर छोडने छु । यो मेरो संकल्प हुनेछ । 
प्रस्तुती : ठोक्शिला दर्पण साप्ताहिक 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: