
तत्कालीन समयमा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीलाई आर्थिकरुपमा संकटग्रस्त बनाउने योगेन्द्र श्रेष्ठलाई बीमा समितीले बीमा कम्पनी खोल्न लाइसेन्स दिएको छ । समिति स्रोतले दिएको जानकारीअनुसार बैंकिङ कसुरमा सजाय भोगेका श्रेष्ठसहितको समूहलाई समितिले स्टार लाइफ इन्स्योरेन्स कम्पनीको नाउँमा बीमा कारोबार सञ्चालन गर्न अनुुमति दिएको हो ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा कारागार सजायसमेत भुक्तान गरेका श्रेष्ठ हाल काठमाडौंको पुुतलीसडकस्थित स्टार मलमा कार्यालय राखी आफ्नो कारोबार सञ्चालन गर्दे आएका छन् । स्रोतका अनुुसार श्रेष्ठकै योजनाअनुरुप कम्पनीको नाम पनि स्टार मलसँग मिल्ने गरी स्टार लाइफ इन्स्योेरेन्स कम्पनी राखिएको हो ।
तत्कालीन समयमा नेपाल सेयर मार्केटस् एण्ड फाइनान्स कम्पनीमा प्रमुखको रुपमा रहँदा छ अर्ब रुपैयाँभन्दा बढी रकम घोटाला गरेको अभियोग श्रेष्ठलाई रहेको थियो । सोही अभियोगमा अदालतले दोषी ठहर गर्दै श्रेष्ठलाई कैद तथा जरिवानाको सजाय तोकेको थियो । अदालतले दोषी ठहर गरेसँगै श्रेष्ठ फरार भएका थिए । सोपश्चात केन्द्रीय अनुसन्धान ब्युरोले श्रेष्ठलाई भारतीय सीमा नजिकबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जेल चलान गरेको थियो । झण्डै तीन वर्ष जेल जीवन बिताएका श्रेष्ठलाई समितिले बीमाको लाइसेन्स दिनुु संस्थागत सुुशासनको पालनाको दृष्टिकोणले पनि उपयुुक्त नहुने बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरु बताउँछन् । विगतमा अर्बौं रुपैयाँ घोटाला गरी एउटा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले कारबाही गरेको व्यक्तिलाई सोही प्रकृतिको अर्को नियमनकारी निकायले बीमा खोल्नका लागि लाइसेन्स दिनुु आफंैमा पनि शंकास्पद रहेको स्रोतको दाबी छ ।
प्रमुुख लगानीकर्ता श्रेष्ठ रहेको स्टार लाइफ इन्स्योरन्स कम्पनीमा विगतमा नेपाल सेयर मार्केटस् एण्ड फाइनान्स कम्पनी डुुबाउन प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा जुुनजुुन व्यक्तिहरुले भूमिका खेले ती व्यक्तिहरुको नौ प्रमुख सेयर लगानी रहेको पनि बीमा समिति स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार कम्पनीमा स्टार सेभिङ एण्ड क्रेडिट कम्पनी, कार्यबिनायक इन्भेष्टमेन्ट प्रालि, माछापुुच्छे« बैंकका पूर्व प्रमुुख कार्र्यकारी अधिकृत भाइकाजी श्रेष्ठ, विगतमा अरुण फाइनान्स डुबाउने वाशुुभक्त श्रेष्ठलगायतका व्यक्तिहरुको प्रमुुख सेयर लगानी रहेको छ ।
श्रेष्ठकै कारण डुबेको नेपाल सेयर मार्केटस् एण्ड फाइनान्सले अझै सर्वसाधारणको ४८ करोड २३ लाख ४६ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । राष्ट्र बैंकले उक्त फाइनान्सलाई २०६९ पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुुस मसान्तसम्ममा पनि फाइनान्सले संस्थागत निक्षेपकर्ताहरुो २० करोड ४८ लाख ७४ हजार, व्यक्तिगत निक्षेपकर्ताहरुको तीन करोड १९ लाख ३९ हजार र अन्यको २४ करोड ५५ लाख ३३ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । चुक्ता पुँजी २३ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको फाइनान्समा अझै पनि ११ हजार दुुई सय ७२ जनाको निक्षेप रकम रहेको छ । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्