
उच्च अदालत पाटनले नेपाल बंगलादेश बैंकको नाउँमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रमोद कुुमार श्रेष्ठ र अब्दुुल अजिज मुुसलमानको सयुक्त इजलासले यही असार २० गते एनबी बंैकको नाउँमा अन्तरिम आदेश जारी गरेको हो ।
विश्वराज भट्टराई निवेदकको वारेस शेषराज खरेल रहेको उत्प्रेषणयुुक्त परमादेश मुुद्दामा एनबी बंैक र एनबी बैंकको सेयर निष्काशक तथा बिक्री प्रबन्धकको रुपमा रहेको ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई विपक्षी बनाइएको थियो । भट्टराईले बैंकविरुद्ध उच्च अदालत पाटनमा विपक्षीको नाउँमा उत्प्रेषणयुुक्त परमादेशलगायत उपयुुक्त आज्ञा, आदेश वार पुर्जी जारी गरिपाऊँ भनेर हालेको पत्रमा भनिएको छ, ‘म निवेदक विपक्षीमध्येको नेपाल बंगलादेश बैंक लिमिटेडको सेयरधनी हुँ । उक्त बैंकको मिति २०७३ कात्तिक आठ गतेको साधारण सभाको निर्णयले पारित गरी प्राप्त गरेको थप बोनस सेयरसमेत गरी हाल उक्त बैंकमा म निवेदकको नाउँमा प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका १९ सय ४२ कित्ता सेयर कायम रहेको अवस्था छ ।
विपक्षी बैंकले २०७३ फागुुन १७ गते नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दफ १७ बमोजिमको निवेदनमा स्वीकृति पाएपश्चात् २०७३ चैत १६ गतेसम्म कायम सेयरधनीहरुका लागि १० बराबर आठ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी २०७३ चैत १९ गते एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी हकप्रद सेयरको निष्काशन मिति २०७४ वैशाख ७ गतेदेखि २०७४ जेठ १० गतेसम्म खुला गरिएको रहेछ ।
उक्त सूचना प्रकाशन गर्नुुपूर्व सेयरधनीको बंैकमा अभिलेख राखिएको ठेगानामा पत्राचार गर्नुुपर्नेमा सो नगरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हकप्रद सेयर निष्काशनसम्बन्धी सूचना आफ्नो वेबसाइटमा र बैंकले पनि आफ्नो वेबसाइटमा राखेको रहेछ । बैंकको २०७३ कात्तिक ८ गते सम्पन्न साधारणसभाले गरेको निर्णयको आधारमा बैंकले प्रकाशन गरेको सूचनाबमोजिम हकप्रद सेयर निष्काशनका लागि छुुट्याएको तीन करोड २० लाख ६४ हजार ६८ दशमलव ८० कित्ता सेयरमध्ये नौ लाख ६८ हजार छ सय १० कित्ता सेयरमा हकप्रदको दाबी गरी आवेदन नपरेको कारण निष्काशन र बाँडफाँट हुुन बाँकी रहेकाले लिलामी प्रक्रिया अगाडि बढाई २०७४ असार १४ गतेबाट लिलामको बोलपत्र माग गरी २०७४ असार २१ गते प्रस्ताव बन्द भई २०७४ साल असार २३ गते लिलाम गर्ने कार्यसमेत तोकिएको रहेछ ।
उक्त कुरा म निवेदकले सुरुमा जानकारी नभई पछि बुुझ्दै जाँदा जानकारी भयो । सोपश्चात विपक्षी बैंकमा उपस्थित भई मेरो हकअधिकार कायम हुुन आउने स्वयम् बैंकले नै निर्धारण गरेको मेरो नाउँको हकप्रद सेयर १५ सय ५४ कित्ता मेरो नाउँमा कायम गर्न अनुुरोध गर्दा अब उक्त कार्य गर्न नमिल्ने, तपार्इंको समय सकियो, सार्वजनिक सूचनाबाटै थाहा जानकारी लिई दरखास्त गर्नुुपर्नेमा सो नगरेकाले हक नपुुग्ने तथा दाबी गर्न नसक्ने भनी विपक्षी बैंक तथा धितोपत्र निष्काशन गर्ने संस्थाले जवाफ दिएकाले बाध्य भई अदालतमा उपस्थित भएको छु ।’
सेयरधनी भट्टराईले हालेको उक्त पत्रमा भनिएको छ, ‘विपक्षी बैंकको सेयरधनीका नाताले मेरो हकअधिकार कायम हुुने निश्चित भएको मेरो नाउँको सेयर १५ सय ५४ कित्ता हकप्रद सेयर मैले पाउनुुपर्ने हो । २०७४ असार १८ गते विपक्षी बैंकको प्रतिसेयर बजार मूल्य तीन सय ९५ रुपैयाँ कायम भएको छ । यही आधारमा हिसाब गर्ने हो भने पनि विपक्षीहरुको गलत कामकारबाही र बदनियतको कारणले म निवेदकलाई छ लाख १३ हजार आठ सय ३० रुपैयाँ हानिनोक्सानी भएको छ । यसरी कम्पनी कानुुनले नै सेयरधनी भएको नाताले मात्र प्राप्त गर्ने सेयरमाथि हुने हक र स्वामित्व तोकेको र नेपालको संविधानले नै सुनिश्चित गरेको सम्पत्तिसम्बन्धी हकको विपरीत हुुनेगरी निज विपक्षीहरुबाट भएका कामकारबाही तथा निर्णयहरु नेपालको संविधानविपरित हो ।’
यता बैंक निकट स्रोतले भने बंैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले हकप्रद सेयरको बिक्रीमा झण्डै ५० करोड रुपैयाँबराबरको घोटाला गरेको बताएको छ । ढुंगानाले भट्टराईको नाउँमा रहेको सेयर पनि चोरबाटोबाट बेच्न खोजेको स्रोतको भनाइ छ । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्