
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्री निवास घेरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध सेना परिचालन गर्न निर्देशन दिएको बताएका छन् ।
‘म जतिबेला प्रधानमन्त्री थिएँ, त्यही बेला प्रचण्डजीहरु आन्दोलनमा आउनु भयो, राष्ट्रपति र प्रधानमन्त्री कार्यालय घेर्नु भयो’ आफ्नो प्रधानमन्त्रीत्व काललाई सम्झदै नेता नेपालले भने ‘त्यसपछि मैले प्रधानसेनापतिलाई बोलाएर प्रचण्डबिरुद्ध सेना परिचालन गर्न निर्देशन दिएँ ।’
नयाँपत्रिकाको लाइभ कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले आफुबिरुद्धको आन्दोलन गर्दा माओवादीले उग्रता प्रर्दशन गरेको र सरकारले सम्यमता अपनाएको दावी गरे । ‘मैले प्रचण्डजीलाई भने तपाईहरु शान्तिपूर्वक आन्दोलन गर्नुहोस, तर सिंहदरवार, सितल निवास घेर्ने र अराजक गतिविधि गर्ने हो भने म नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गर्छु’ विगतलाई सम्झदै नेता नेपालले भने ।
नेपाल प्रधानमन्त्री हुँदा तत्कालिन माओवादीले ६ दिने आमहड्ताल गरेका थिए । राजधानी घेर्नका लागि देशभरबाट कार्यकर्ता काठमाडौंमा ओरालेका थिए । कटपुतली सरकार भन्दै प्रचण्ड, बाबुराम आफै सडकमा आएका थिए । ‘तर पनि म झुकिन’ उनले भने ।
शान्तिकालमा आएपछि पनि माओवादीले निकै उपद्रो मच्चाएको बताए । ‘गिरिजाबाबुको पालामा हतियारसहति माओवादी सिंहदरवार छिरे, तर एकजना इन्सपेक्टरले उनीहरुलाई समाते । ति इन्सपेक्टरलाई पुरस्कार दिनु पर्ने हो, उल्दै गिरिजाबाबुले दुर्गम ठाउँमा सरुवा गरेर दण्डित गर्नु भयो, त्यो मलाई चित्त बुझेको थिएन’ नेता नेपालले भने ।
नेता नेपालले प्रधानमन्त्रीबाट राजीनामा नदिने आफ्नो बिचार भएपनि केही साथीका कारण धोका पाएको बताए । ‘म राजीनामा दिने पक्षमा थिइन । जुन ब्यक्तिलाई दरा खुट्टा भएको सम्झेर मैले बार्ता गर्न पठाएँ उसले नै राजीनामा गर्ने सहमति गरेर आएछ’ उनले भने ‘पहिले मेरो राजीनामा माग्ने प्रचण्डजीले नै किन राजीनामा गर्न सहमत हुनुभयो भन्दै प्रश्न गर्नु भयो ?’
नेपालका बामपन्थी दलहरुलाई एक ठाउँमा ल्याउन आफुले १० बर्षअघि प्रयास गरेको बताए । ‘२०६४ सालतिर बानेश्वरको एक घरमा एमाले र माओवादीका टप नेताहरु थिए, त्यहाँ मैले बामपन्थी एकताको कुरा गर्दा प्रचण्ड, मोहन बैद्य, बाबुरामजीले धेरै राम्रो प्रस्ताव गर्नुभयो भनेर सहमति जनाउनु भयो तर पछि उहाँहरुनै भाग्नु भयो’ नेपालले भने ‘बामपन्थी एकता नै आजको आवश्यता हो, त्यही बुझेर मैले पहल गरेको थिँए ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्