
जीवनमा कतिपय इक्षाहरु पूरा हुन सक्दैनन् । जीवनका कतिपय इक्षाहरुलाई चाहेर पनि मार्नुपर्छ । कति आफैं मर्छन् । हरेक मानिसले एउटा लक्ष बोकेर हिंडेको हुन्छ जिन्दगीमा । त्यतिबेला मेरो लक्ष्य भनेकै चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने थियो ।
तर मेरो उक्त रहर पूरा भएन । जीवनको लक्ष्य पूरा नहुँदा जो-कसैलाई चित्त दुख्छ। मेरो पनि दुखेको थियो । आज फर्केर हेर्दा लाग्छ, म सीए बनेको भए कुनै कम्पनीको उच्च ओहोदामा रहेर नाफा-नोक्सानको हिसाबकिताब गरिरहेको हुने थिएँ । सायद, मेरो जीवनको यात्रा यत्तिमै टुंगिने थियो । तर आज म जे छु, केहि फरक छु ।
तथ्य हेर्दा एकपटक म आफैं रोमाञ्चित भएँ । किनकि चौधरी ग्रुपमा अहिले ३५ जना सीए कार्यरत रहेछन् । म छक्क मात्र परिन, कता कता आनन्दको महसुस पनि भयो । म अफिसमा एक्लै रहेका बेला आफैंसँग प्रश्न सोधें ‘विनोद, सीए भएको भए के तिमीले यति संख्यामा सीएलाई जिम्मेवारी दिन पाउँथ्यौ ?’ अहिले चौधरी ग्रुपमा १० हजारभन्दा धेरै प्रतिस्पर्धी क्षमताका कर्मचारीको नेतृत्व गर्न पाउँदा मलाई निकै सन्तोष मिल्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्