- आइआर सुवेदी
अहिले नेपालमा बैंक तथा वित्तिय संस्था ऐन २०७३ लागु भैसकेको छ । बैंक तथा वित्तिय संस्था सम्बन्धिको ऐन २०७३ ले नेपालको बैंक तथा वित्तिय संस्थालाई अन्तराष्ट्रिय स्तरको बनाउने परिकल्पना सहित मूलभुत रुपमा संस्थागत सु—शासन, बिश्वब्यापी जोखीम ब्यबस्थापनका साथै, विश्वब्यापी बैंकिङ्ग प्रणाली को अबधारणा आत्मसाथ गरेको मान्न सकिन्छ। यसैको एउटा उदाहरण नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘घ’ वर्गका लघुवित्त कारोवार गर्ने संस्थाहरुले आफ्नो नामको पछाडी ‘बैंक’ शब्द उल्लेख गरी नामाकरण गर्न बन्देज गरिएको छ (परिच्छेद-०५ इजाजत पत्र सम्बन्धि बेबस्था-५), यसको अर्थ लघुवित्त कारोवार गर्ने संस्थाहरुले ‘बिकाश बैंक’ सब्द को पनि प्रयोग गर्न नपाउने भन्ने हो !
तर नेपालको एकमात्र पुजी बजारको कारोबार गर्ने थलो नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सुचिकृत लघुवित्त कारोवार गर्ने संस्थाहरुको सुचिकरण नै विकास बैंक समूहमा गरेको छ । यसरी ‘बैंक’ वा ‘बिकाश बैंक’ सब्द को प्रयोग गर्न नपाउने संस्था को सूचीकरण नै ‘बिकाश बैंक’ समूहमा गरीदा सर्वसाधारणहरु लघुवित्तको समेत कारोवार गर्ने विकास बैंकहरुलाई लघुवित्त वित्तिय संस्थाको रुपमा हेर्ने र सेयर खरिद-बिक्रि गर्ने गरेका छ भने कतिपय लघुवित्त वित्तिय संस्थाहरु लाई विकास बैंकको दृस्टीकोणले सेयर खरिद-बिक्रि गर्ने गरेको पाईनछ !
अर्कोतिर ‘बिकाश बैंक’ समूहमा सुचिकृत गरिएकै कारण लघुवित्त वित्तिय संस्थाको वास्तविक नेप्से परिसुचक/इन्डेक्स पनि चित्रित हुन सकेको छैन । अहिले नेप्सेमा सुचिकृत लघुवित्त संस्थाहरुको शेयरको बजार मूल्य विकास बैकहरुको तुलनामा कम्तीमा पनि ५ दखि १९ गुणा महंगो छ, यहि महंगो शेयरलाई ‘बिकाश बैंक’ समूहमा सुचिकृत गरिएकै कारण नेप्सेमा विकास बैंक समूहको परिशुचक करिब २,००० को हाराहारी मा देखिएपनि विकास बैंक समूहबाट लघुवित्त समूहलाई अलग गर्ने हो भने विकास बैंक समूहको नेप्से ईन्डेक्स करिब १,१५० को हाराहारीको मात्र देखिन्छ भने लघुवित्त समूहको छुट्टै समूह बनाउँदा लघुवित्त समूहको परिशुचक कम्तीमा पनि ४,००० भन्दा बढी रहने देखिनछ !
अर्कोतीर अहिले बिकाश बैंकहरु मर्ज तथा प्राप्तिमा जाने क्रम र नया बिकाश बैंक को इजाजत बन्द गरेको कारण सुचिकृत बिकाश बैंकहरुको संख्या घट्दो छ भने नेप्सेमा सुचिकृत हुने लघुवित्तहरु को संख्या बढ्दो क्रममा छ, तसर्थ पनि लघुवित्तहरु कम्पनिहरुलाई बिकाश बैंक समूहमा सुचिकृत गर्नु उचित मान्न सकिन्न ! हुनत नेपाल स्टक एक्सचेन्ज को यो एउटा मात्र गल्ति होइन यो सरसर्ती कानुन को बर्किलाप पनि हो, बजार पुजिकरण को हिसाब गर्दा प्रोमोटर सेयर र सर्बसाधारण को सेयर को हिस्सा अनुसार वास्तविक बजार पुजिकरण को हिसाब नगर्नु, खारेजीमा गइसकेका, मर्ज तथा प्राप्ति भैसकेका कम्पनीहरुको सुची पनि बर्षौसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेब साइटबाट नहटाउनु, नेप्से पुजी बजार मात्री छैन भन्ने उदहारण हुन् !
तसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सुचिकृत कम्पनीहरुको सही तरिकाले सूचीकरण गर्न जरुरि छ साथै बजार पुजिकरणको हिसाब गर्दा प्रोमोटर सेयर र सर्बसाधारणको सेयरको हिस्सा अनुसार वास्तविक बजार पुजिकरणको हिसाब नगरे सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ईन्डेक्सलाई अन्तरास्ट्रिय मान्यता अनुसार बिश्वाश गर्ने आधार छैन! आम सर्वसाधारण तथा लगानीकर्तालाई सहि सुचना दिन, लघुवित्त समूहको वास्तविक सूचक /इन्डेक्स देखाऊन र कानुनको पालना गर्न (बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३) छिटो भन्दा छिटो लघुवित्त समूहलाई विकास बैंक समूहबाट अलग गर्न जरुरी छ ।