‘ती पल्ला घरका साइला बाबाले अस्ती त्यो बोर्डीङ स्कूलमा एक बर्षको छ लाख बुझाएछन नि ! कति महँगो छै है दाजु निजी बिद्यालय ?’ यसो भन्दै थियो , मेरो सानो भाई । शायद मेरो भाई सरकारीमा पढेको हुँदा मनको तितो पो पोखेको हो कि ? म सोच नै सोचमा परिरहें । भाई सुनाउदै गयो , म सुन्दै गए । दाजु मसँग फुट्बल खेल्ने एकजाना जेर्नेलको छोरा, आर्को नेताको छोरा, फेरी र्को ब्यापारीको छोरा । यि सबैले निजी बिद्यालयलाई महिनाको ७५००० रुपैयाँ बुझाउछन् । म भाईको कुरा सुनेको सुनै भए । भाईको आसय दाजु हजुरले मेरो लागि के गर्नु भो ? भन्ने हो कि भनेर धेरै सोचे । मन भित्र डर थियो , हुर्कदै गरेको लक्का जवानले म बाट सन्तुस्टी पो पाएन कि ? म महिनाभरी तिनै महङा स्कूलमा पढाए पनि मेरो तलब जम्मा १०००० रुपैया नै हुन्थ्यो । मैले ७५००० तिरेर त्यही महँगो स्कूलमा पढाउन सक्दैनथिएँ , त्यो मेरो गरिवी र बाध्यता हो । मेरो भाईले यि सबै कुरा कसरी बुझोस् । दाजुको पसिना माथि कसरी शोषण भएको छ , दिनभरी दास जस्तै बनेर कसरी शिक्षक भईरहेको छ । मेरो यो जिन्दगीको तितो अनुभव हो ।
आज मलाई परेको यो प्रतिनिधि घटना आम नेपाली गरीब जनताका घरमा दिनदिनै घटीरहेको छ । बाबा, बाबा मपनि त्यस्तै ड्रेस लगएर त्यस्तै बङ्लामा पढ्छु नि । यस्तै रोदनहरु आज हरेक निम्न बर्गका गरीब जनताका घरमा घन्कीदै छन् । आफ्नो प्राणभन्दा प्यारो छोरोको इक्षा जसरी पनि पूरा गर्ने भन्दै आज हजारौं बाबाआमाहरु बिदेशिन वाध्य भएका छन् । कति बाबाआमाहरु सडकमा भारी बोक्दै छोरा छोरीको सुल्क बुझाउदैछन । निजी बिधालय रहर नहुँदानहुँदैपनि आज बाध्यता बन्न पुग्यो । जनताको बाध्यतालाई निजी बिद्यालयका माफियाहरुले कमाइ खाने बाटो बनाए । लुटीरहने ठगीरहने माफिया बिरुद्द बोल्न मेरो सैक्षिक पेसाबाट बहिर्गमन भयो । लुटका बिरुद्द देशभरी बाटनै १०० जना नेपालीलाई मात्रैपनि सचेत गराउन सकियो भने शान्तिपूर्ण शैक्षिक आन्दोलन सुरु हुनेछ । त्यो दिन माफियाहरुको निद हराम हुनेछ । म त्यही दिन कुर्दैछु ।
निजी बिद्यालय जहाँ लुटनै लुट छ , माफियाको ठुलो लगानीमा ब्यापार चलीरहेको छ । आजको विद्यार्थीले त्यो ब्यापारिक थालोलाई कसरी मन्दिर मान्न सकोस् । निजी बिद्यालय मन्दिर होइन, त्यो ब्यापारिक थलो हो । नैतीक पतन भएका भ्रस्टहरुको क्रीडा स्थल हो । निजी बिद्यालयका ७८ प्रतिशत शिक्षकहरु श्रम शोषणमा परेका छन , कसले उठाउने आवाज ? अभिभाबक र शिक्षक दुबैलाई लुटेर मोटाएका यी शैक्षिक बिर्खेहरुको बिरुद्द अहिले नबोले कहिले अनी हामीले नबोले कसले ?
मेरो एकदिन निजी बिधालयको माफिया निकै चर्का चर्की बहस चल्यो र त्यही बहसका क्रममा त्यो माफियाले यसो भने, ‘ गरीबलाई हामीले हाम्रोमा पढ्न आउ त भनेका छैनौ नि ? यो बजार हो । जोसँग पैसा छ त्यसले नै सामान किन्ने हो । तपाईंलाई थाहा छ नि ? कोही सडक पेटीमा राखेको सामान किन्छन , कोही मलहरुमा । हाम्रो पनि लगानी छ नि । सस्तो खोजे सरकारी जाने नि । शपिङ मल छिरेर फुटपाथको भाउमा सामान देउ भन्न सुहाउछ ? “
मैले भने के के यो लुट होइन ?
- कमिशनका आधारमा शैक्षिक पाठ्यपुस्तकको छनौट गर्नु
- पोशाकबाट प्राप्त हुने कमिशन
- ट्यूसन, कोचिङ्ग र अतिरिक्त कक्षाबाट हुने मुनाफा
- स्टेशनरीका बस्तुबाट हुने मुनाफा
- विद्यालयमा सञ्चालित क्यानटिनबाट हुने मुनाफा
- विद्यालयमा सञ्चालित विभिन्न क्रियाकलाप र गतिविधिबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्राप्त हुने मुनाफा
माफियाले हाँस्दै भन्यो, हामी लुट्नै बसेको त हो नि ? हामीले नेपालका राजनैतीक दल भित्रका बिशेष मान्छे र विद्यार्थी संगठन पालेका छौ ।
अब बोल्ने बेला आएको छ । गरीब जनताका छोरा छोरीले सम्मान पूर्ण ढंगबाट पढ्न पाउने बातावरण बनाउन सके त्यो नै उपलब्धि हुनेछ । ती गरीब बाबाआमाहरु जसले एक गासका लागि दिनभरी पसिना बेचीरहेका छन् , उहाँहरुका बच्चाबच्चीहरुलेपनि अब माफियाका पाँचतारे बिद्यालयहरुमा पढ्न पाउनै पर्छ । यो शैक्षिक जागरण अभियान हो । गरीब निमुखा जनताको पक्षमा एउटा सैक्षिक परिवर्तनको सुरुवात हो । आउनुहोस् हातेमालो गरौ । माफियाको भन्डाफोर गरौ । विद्यार्थीबाट महिनाको ७५००० सम्म असुल्ने र शिक्षकलाई १०,००० मात्र दिने माफिया स्कुलको भण्डाफोर गरौँ ।