
- राजन आभाष
नेपाली शेयर बजारमात्र नभइ विश्व सेयर बजारमानै मुल्या घट्नु तथा बड्नु नौलो कुरा होइन,जो जजहाँ बाटनै भएपनि जसले शेयर बजार घटेको बेला राम्रो कम्पनी छानेर लगानी गर्न सक्छ झटारो नै हानेपनी बियारिस ट्रेण्डमा किनेर बुलिस ट्रेण्ड अथवा बजार बढेको बेला समय चुनेर किनबेच गर्दा नाफा कमाउछ भन्ने बुझिन्छ । यति हुँदा हुड्नै पनि नेपाली शेयर बजारमा करिब आठ लाखसंग हितग्राही खाता रहेको तथ्यांक भेट्न सकिन्छ।
यति हुदा हुँदै स्थायी रुपमा लगानि गर्ने लगानी कर्ता यसको तुलनामा न्यून छ । शेयरको बारेमा जानकारीको अभावमा लहैलहैमा बजार छिर्ने जस्ता कारणसंगै उपत्यका सिमित ब्रोकर रहनुपनि यसको कारण रहला, शेयर बजारमा राजनैतिक अस्थिरता, विपत्ति,आर्थिक मन्दीले उल्टो स्थान पाउने गर्छ भने हल्लाको भरमा लगानी गर्नेहरुको पनि कमि छैन यहाँ ,यति हुदा हुँदै पनि बजार घटेको समय मात्र किन नजर पर्छ फण्ड खोल्न तर्फ आश्चर्यको बिषय लाग्न सक्छ ।
बजार बढ्दा सबै खुसी हुने नै भए । बजार घट्दा सरकारले भनेको नेपाल टेलिकम,कर्मचारी संचयकोष,नागरिक लगानी कोषलाइ दबाब पर्छ तर जब बजार बढ्न थाल्छ । कुनै फण्ड खोल्ने यादसम्म रहन्न । सबै मौन बस्छन् ।घटेको बेला फण्ड खोल्नु पर्छ भनेर दबाब दिने लगानीकर्ता र लगानीकर्ता संघहरु किन दिर्घकालिन लगानी गर्न कसैलाइ प्रेरित गर्दैन कि बजार घट्दा ठुला लगानिकर्ताले भएको पैसा सबै शेयरमा लगाएपछि आफ्नो पैसा घट्ने डरले बचाउ गर्न भ्रमित हल्लाहरु बजारमा ल्याउने त होइन ?
यदि बजारलाइ दिर्घकालिन लगानी गर्ने हो भने अब सरकारी निकाय तथा लगानिकर्ता र संघको यतातिरपनि ध्यान जाओस् । हामी सबै सचेत हुन जरुरी छ । गएको हप्तालाइ मात्र सोच्ने हो भने १६१० को टेवालाई बिट मारेर १८ अंकको भारी इन्डेक्सले बजार घटेको छ एक किसिमको कोलाहाल दसैको मुखमा लगानीकर्तामा देखिन सकिन्छ। यसको मतलब के यसरी नै ठुला लगानिकर्तालाइ आफ्नो पहुँचसम्म पुर्याउने सेलर प्रेसर देखाएर अनि सोझा लगानीकर्ता सधै फस्ने कहिले सम्म सम्भब चल्न सक्छ त ?
अहिले भाद्र महिना बजारको पाकेको फल भित्र्याउने बेलामा बजार रातो देख्न सकिन्छ भने,यति माथि उल्लेखित फण्डहरुलाइ खुल्न दिने हो भने बजार थाम्न सक्छन ,यसको लागि सरकारी निकाय,नेप्से,लगानिकर्ता संघले कुरा उठाउन जरुरी छ । अब यसको बिकल्प निकायले खोज्नै पर्छ,नत्र धेरै हानी हुन सक्छ।अहिलेको बजारमा भएको सिमित लगानी कर्ताले मात्र बजारलाइ धान्न मुस्किल पर्न सक्छ अन्त्यमा, नेपाली शेयर बजारको दिर्घकाल सोच्नेलाइ भबिष्य उज्ज्वल हुन सक्छ होइन भने साना लगानिकर्ता नया लगानीकर्ता फसाउने साचो मात्र बन्न सक्छ ।अहिले कै हालतमा छाड्ने हो भने उहीँ नेपाली उखान”जब राती बुढी ताती” शिर्षक नै सार्थक बन्ने छ। सहि तरिकाले रोपे मात्र फल फल्छ नि ! होइन र ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्