×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० ब्रोकर को सिन्डिकेट, जसले बजारलाई सिजनमा पनि रातो बनाउँदैछ…!

PRIME CA

५० ब्रोकर को सिन्डिकेट, जसले बजारलाई सिजनमा पनि रातो बनाउँदैछ…!

२८ भाद्र २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • रामु खनाल, लगानीकर्ता / विश्लेषक 

नेपाली सेयर बजारको पछिल्लो अवस्थाबारे पछिल्लो समय सबैले चासो राख्न थालेका छन् ।  बजार हरियालीनै हरियाली हुने समयमा किन रातै छ त  ? सिजनमापनि किन बजार बढेन त ? सबैको सहज उत्तर आउंछ, ‘बजारमा शेयरको आपूर्ति धेरै भयो । अनि बजार बढ्न सकेन ।’  यो भनाई एक हदसम्म ठिक पनि हो ।  बजारमा आपूर्ति बढि सकेपछि त्यसको वितरण त्यहि अनुपातमा गरिनु पर्थ्यो ।  त्यो भएन र नेप्सेका बिभिन्न  सुचनाहरुमा  फलाना कम्पनीको यति हजार कित्ता शेयर लिस्टिंग  भयो, फलाना कम्पनीको यति  लाख कित्ता  शेयर लिस्टिंग  भयो,  फलानो कम्पनीको कारोबार शुरुवात भयो भन्ने  सुचनाहरु मात्र देखिन थालेका छन् ।    यि नियमित जसो देखिने सुचनाहरु हुन् ।  र यसको मतलब केहो भने बजारमा शेयरको आपुर्ति बढि रहेको छ र बजारमा शेयर आपूर्ति गर्ने संयन्त्र बलियो भयो तर निष्कासन गर्ने संयन्त्र कमजोर देखियो । साथै बजारको पूँजीकरण खर्बमा पुगी सक्यो । 
तर यसलाई गतिशील बनाउने संयन्त्र मात्र ५० वटा ब्रोकर छन् ।  के अब पनि ५० वटा ब्रोकरलाई मात्र बजारलाई गतिशील बनाउने जिम्मा दिने त र?  अब यसको कारोबार गर्ने संयन्त्रको दायराको विकास एवं बिस्तार गरिनुपर्छ ।  र सबै नेपालीले सहज रुपमा कारोबार गर्न पाउने संयन्त्रको विकास गरिनुपर्छ र करिब ३ करोड जनताको लागि २ खर्बको बजार केहि पनि होइन तर यसलाई ५० ब्रोकरको खल्तीमा राखी खुम्चाउनु भएन र कुनैपनि ट्यांकिमा पानी भर्दै गर्यो भर्दै गर्यो तर बीचबाट पानी बाहिर निस्कासन गर्ने पाइप भएन भने ट्यांकि आफैं  भरिन्छ । अनि ‘ओभरफ्लो’ भएर  ट्यांकिको मुखबाट पानी बाहिर पोखिन्छ ।  
सडकभरि छताछुल्ल हुन्छ र त्यस्तै शेयर बजारमा नियमित जसो शेयरको आपूर्ति भइरहेको छ तर बाहिर निष्कासन गर्ने बर्तमान संयन्त्र प्रणाली फितलो भयो अनि बजार बढ्न सकेन र अनि बजार भरि शेयरको मात्रा बढि भयो र बजार बढ्न सकेन र अहिलेको अबस्थामा ५० वटा ब्रोकरको मात्र भरपर्ने, यिनीहरुले राम्रोसँग बजारलाई गतिशील बनाउलान् र लगानीकर्तालाई फाइदा होला भन्ने देखिदैन ।  
अहिले लाखौं जनताको करोडौं रुपैया घाटाहुनु भनेको बर्तमान ५० ब्रोकरको सिण्डिकेट प्रथा असफल भएको हो र बजारलाई आधुनिकरण गर्न, सबै जनताको पहुँचमा बजारमा पुर्याउन र बजारलाई थप उचाइमा पुर्याउन बर्तमान ५० ब्रोकरको सिण्डिकेट अन्य गरि यसको दायरा देशव्यापीरुपमा बिकास गरिनुपर्छ र अत: सिजनमापनि शेयर बजार बढ्न नसक्नुको प्रमुख कारणनै  बर्तमान ५० ब्रोकरको सिण्डिकेट प्रथा असफल भएको हो र ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: