
काठमाडौं । नेपाली कांग्रेसले संविधानसभा र प्रदेशसभाको निर्वाचनमा अधिकांस प्रभावशाली नेता र महिलालाई समानुपातिकमा दोहो¥याएर उम्मेदवार बनाएको छ । प्रभाव र पहुँचको आधारमा प्रत्यक्षतर्फ चुनाव लडेर जित्ने सम्भावना नदेखिएपछि उनीहरू समानुपातिकको बन्दुसूचिमा नाम राखेर सुरक्षित बनेका हुन् ।
बयोवृद्ध नेता कुलबहादुर गुरूङबाहेक धेरैजसो समानुपातिकमा नाम राखिएका उम्मेदवारहरू महिला छन् । कांग्रेसका पूर्वसभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला, पार्टीकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, सीता गुरूङ, सुजाता परियार, कमला पन्त, मधु शाही ठकुरी र शीला खड्का २०७० को संविधानसभा निर्वाचनमा समेत समानुपातिक सांसद थिए ।
२०७० सालको निर्वाचनमा प्रत्यक्षमा उम्मेदवार भएर दार्चुलाबाट चुनाव हारेका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बढु, बर्दिया ४ नम्वर क्षेत्रबाट चुनाव हारेका केन्द्रीय सदस्य किशोरसिंह राठौर, अर्घाखाँची २ वाट चुनाव हारेकी केन्द्रीय सदस्य पुष्पा भूषाल, सर्लाही ५ बाट चुनाव हारेकी पूर्वकेन्द्रीय सदस्य मीना पाण्डेलाई यस पटक समानुपातिकमा उम्मेदवार बनाएर सुरक्षित गरिएको छ ।
प्रत्यक्षबाट २०७० को संविधानसभा निर्वाचनमा सिरहाबाट चुनाव जितेकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव, नुवाकोट ३ बाट निर्वाचित केन्द्रीय सदस्य बहादरसिंह लामा, बागलुङ ३ बाट निर्वाचित ज्ञानकुमारी छन्त्याललाई यस पटक समानुपातिकमै सुरक्षित गरेको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भएकी केन्द्रीय सदस्य लक्ष्मी परियार दोहो¥याएर सांसद बन्ने भएकी छन् । महिला संघ पूर्वअध्यक्ष डा.डिला संग्रौला, वर्तमान अध्यक्ष उमा रेग्मी, कोइराला परिवारकी सदस्य मृदुला कोइराला, कांग्रेस संसदीय बोर्डका सदस्य बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँड, मजदुर आन्दोलनकी अगुवा रीता खनाललाई पनि समानुपातिक सांसदमा नाम राखेको छ । पार्टीले समाुनपातिकतर्फ एक नम्वरमा नाम राखेपनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समानुपातिकमा बस्न अस्वीकार गर्दै पुन झापा ३ बाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
जसले टिकट पाएनन्
प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणमा आगामी मंसिर १० गते हुने ३२ जिल्लाको निर्वाचनमा कांग्रेसले एक दर्जन प्रभावशाली नेतालाई टिकट दिए पनि त्यतिकै संख्यामा कुनै पनि तहमा उम्मेदवार हुनबाट बञ्चित गरेको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य बद्री पाण्डेलाई कांग्रेसले गृह जिल्ला बाजुराको कुनै पनि तहबाट टिकट दिएन । नेविसंघबाट राजनीतिमा प्रभाव जमाएका युवा नेता बद्री पाण्डे पार्टीको केन्द्रीय सदस्यमा दुई पटक निर्वाचित भएका थिए ।
संखुवासभा कांग्रेसको तीन पटक जिल्ला सभापति भएका पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरूङ पनि जिल्लामा लोकप्रिय भए पनि प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष वा समानुपातिक कतै पनि टिकट पाएनन् । पार्टीको दुई वटा महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित सुरेन्द्रप्रसाद पाण्डेले पनि गृह जिल्ला गोरखाको कुनै पनि तहमा कुनैं अवसरमा पार्टीबाट पाएनन् । २०७० को संविधासभा निर्वाचनमा जुम्लाबाट निर्वाचित ललिजंग शाही, हुम्लाकी समानुपातिक सांसद रिता शाहीले यस पटक कुनैं पनि तहको निर्वाचनमा आवसर पाएनन् । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्