×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रमेशले मिशन छाड्दा भुइँचालो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रमेशले मिशन छाड्दा भुइँचालो !

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । प्रहरी नियमावलीअनुसार अबको ६ महिनामा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ । आगामी चैत २९ गते वर्तमान प्रहरी महानीरिक्षक लगायत सबै एआइजीहरूले अवकाश पाउनेछन् । त्यसकै तयारी स्वरूप अहिलेका मुख्य प्रतिस्पर्धीहरू भावी आइजीपीको दौडमा लागिसकेका छन् ।
प्रतिस्पर्धीहरू मध्ये एक नम्बरमा बढुवा भएका सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी कार्यालयमा छन् भने ३ नम्बरमा बढुवा भएका पुस्कर कार्की केन्द्रीय अनुसन्धान ब्यूरोको कमाण्ड सम्हाली रहेका छन् । एसएसपीसम्म एक नम्बरमा रहेका रमेश खरेल डिआइजी हुँदा २ नम्बरमा पुगेपछि लामो समयसम्म बढुवाको फूली समेत नलगाई सांकेतिक विरोधमा उत्रेका थिए । 
यूएनको शान्ति मिसनमा रहेका उनले केही दिन अघि मात्रै डिआइजीको फूली लगाएको तस्वीर सार्वजनिक गरेका छन् । त्यससँगै उनी त्यहाँको जागिर समेत छाडेर नेपाल आउँदै छन् । नेपालमा रहेका दुई डिआइजीहरू सर्वेन्द्र खनाल र पुस्कर कार्की मध्ये एक जनाले आइजीपीको पदमा पुग्ने देखेर उनी नेपाल फर्कन लागेका हुन् । 
१८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमाण्डर बनेर गएका डीआईजी खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंदै छन् । उनी फर्केसँगै नेपाल प्रहरीको भावी नेतृत्वका विषयमा बढी नै चर्चा हुने देखिएको छ । 
सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी) मा पी (४ अधिकृतका रूपमा उनी कार्यरत थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रूपमा उनी त्यहाँ गएका थिए । यसबीचमा नायब महानिरीक्षक (डीआईजी) बढुवामा परिसकेका छन् । तर उनले बढुवामा सांकेतिक रूपमा असन्तुष्टि समेत जाहेर गरेका थिए । 
तीन दिन अघि फेसबुक स्टाटसमार्फत् डीआईजी खरेलले राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् । सो जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरूलाई ‘कमाण्ड’ गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् । सोही कमाण्ड यसअघि सर्वेन्द्र खनाल र पुस्कर कार्कीले समेत सम्हाली सकेका छन् । 
‘यस्तो विशिष्ट अवसर प्रदान गरिदिएकामा नेपाल प्रहरी, गृह मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघप्रति आभारी छु,’ उनको फेसबुक स्टाटसमा छ, ‘र, द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने अवसर दिने सबैप्रति कृतज्ञ छु ।’ उनले दुई वर्षका लागि सो जिम्मेवारी पाएका थिए, जसलाई चार वर्षसम्म लम्व्याउन सकिन्थ्यो । १८ महिनामा सिकेका कुरा स्वदेश फर्केर कार्यान्वयनमा ल्याउने उनले बताएका छन् । अवधि बाँकी छँदै खरेलले राजनीमा दिनुमा प्रहरीको भावी नेतृत्वको दौडका रूपमा अथ्र्याइएको छ । 
३० वर्षे सेवा अवधिको हद कायमै रहे हालका महानिरीक्षक प्रकाश अर्यालसहित उनको ब्याचका सबै अधिकृत आगामी २९ चैतदेखि अनिवार्य अवकाशमा पर्नेछन् । त्यसपछि प्रहरीको नेतृत्व खरेलकै ब्याचको हातमा आउनेछ । उनीसहित सर्वेन्द्र खनाल, पुष्कर कार्कीलगायत अधिकृत भावी महानिरीक्षकको उम्मेदवार बन्ने छन् । 
पछिल्लो बढुवाअनुसार तीन जना मध्ये जो सुकै पनि हुनसक्ने अनुमान गरिएको छ । खरेल १ फागुन ०४५ मा खेलाडीका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । खनाल, कार्कीलगायत अधिकृत त्यसको एक वर्षपछि २९ माघ ०४६ मा प्रहरीमा प्रवेश गरेका हुन् । यसअघि काठमाडौं परिसरको दुई पटक कमाण्ड सम्हालेका थिए । पोखरा, सिराहा, पर्सामा पनि उनले कमाण्ड सम्हालेका थिए । तर पछिल्लो पटक काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा उनी विवादमा तानिएपछि समय नपुग्दै सरूवा भएका थिए । उनले त्यतिबेला प्रहरीमा नेतृत्व लिनका लागि व्रिफकेश प्रयोग भएको भन्दै संगठनकै बिरूद्धमा समेत अभिव्यक्ति दिएका थिए । खरेल प्रहरी संगठनमा स्वच्छ प्रहरी अधिकृतका रूपमा परिचित छन् । उनलाई नेकपा एमाले केपी शर्मा ओलीको आर्शिवाद छ भने डिआईजी खनाललाई माओबादी केन्द्रका प्रचण्ड देखि प्रधानमन्त्री शेरबहादुर देउवाको साथ छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी