×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जनताको पैसा हुने भनेको ‘कोर बैंकिङ सर्भर’मा हो, ‘स्वीफ्ट’मा समस्या देखिंदा ग्राहक आत्तिनुपर्ने केहि छैन’

PRIME CA

‘जनताको पैसा हुने भनेको ‘कोर बैंकिङ सर्भर’मा हो, ‘स्वीफ्ट’मा समस्या देखिंदा ग्राहक आत्तिनुपर्ने केहि छैन’

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- एनआइसी एसियाको ‘स्वीफ्ट’ ह्याक प्रकरण यति बेला चर्चामा छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान जारी रहँदा विभिन्न खाले चर्चा परिचर्चा त चलेका छन् नै, विभिन्न अफवाहरु पनि फालिएका छन् । आखिर भएको के हो ? हामीले एनआइसी एसिया बैंकका सुचना अधिकारी र सिए रोशन न्यौपानेसँग कुराकानी गरेका छौं ।
१. स्वीफ्ट ह्याक प्रकरणबारे विभिन्न चर्चा सुनिएको छ । खास भएको के हो ?
बैंकमा विभिन्न खाले सर्भर हुन्छन् । ती मध्ये एउटा ‘कोर बैंकिङ’को सर्भर हुन्छ । अर्को स्वीफ्टको सर्भर पनि हुन्छ। अन्यखाले सर्भर पनि हुन्छ । अहिले हाम्रो कोर बैंकिङ सर्भर र अन्य सर्भरमा केहि समस्या छैन । सबै ठाउँमा राम्रोसँग बैंकिङ कारोबार भइरहेको छ । स्वीफ्ट सर्भरमा भने केहि शंकास्पद कुराहरु भएको आशंकामा हामीले अहिले अनुसन्धान जारी राखेका छौं । यहि अनुरुप अहिले हामीले स्वीफ्ट डाउन गरेर थप अनुसन्धान गरिरहेका छौं ।
२. बैंकले आफ्नो आधिकारिक धारणा कहिले र कसरी सार्वजनिक गर्छ ?
अनुसन्धान सकिएपछि प्रतिवेदन सहित हामी हाम्रो धारणा सार्वजनिक गर्छौं । हामी पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारीमा छौं । अहिलेको ध्यान भनेको चाहिं सर्भरलाई नियमित चालु गराउनमा बढी छ । केहि शंकास्पद कार्यहरु भएको बारे अनुसन्धान चलिरहेको छ । एउटा निष्कर्ष सहित हामी सबैलाई भएको के हो भन्ने स्पष्ट जानकारी गराउँछौं ।
३. अनुसन्धान कसले र कसरी गरिरहेको छ ?
हामीले यो अनुसन्धानमा नेपालका विज्ञहरु पनि राखेका छौं । नेपाल राष्ट्र बैंकको टोलीले पनि अनुसन्धान गरिरहेको छ । त्यतिमात्र होइन भारतको केपीएमजीबाट पनि हाम्रो विज्ञहरुको टोली झिकाएका छौं । अनुसन्धानका केहि प्रारम्भिक नतिजाहरु आइसकेको पनि छ । हामी अनुसन्धान प्रक्रिया पूरा गरेर यसलाई सार्वजनिक गर्छौं । अन्तराष्ट्रिय कारोबार पनि सुरु गर्नु पर्ने हुनाले हामीले द्रुत गतिमा काम अगाडी बढाएका छौं ।
४. ग्राहकका पैसा चोरी भएकि भन्ने भ्रम पनि छ नि जनतामा ?
त्यस्तो भ्रम नपाले हुन्छ । ‘स्वीफ्ट’ भनेको ग्राहकको पैसासँग सम्बन्धित सर्भरनै होइन । ग्राहकको पैसा हुने भनेको त लोकल सर्भर हो । बैंकिङ सर्भर अर्थात हाम्रो बैंकको केसमा हामी ‘फिनेकल’ प्रयोग गर्छौं । फिनेकलमा ग्राहकको रकम हुन्छ । ग्राहकका पैसा चोरी भएकी, भन्ने कुराहरु अफवामात्र हुन् । यसमा सबैजना ढुक्क भए हुन्छ ।
५. बैंकको यत्रो प्रकरण पर्दा बैंकका सीइओ देखिनु भएन नि ? उहाँ कहाँ हुनुहुन्छ ?
उहाँ विदामा अमेरिका हुनुहुन्थ्यो । त्यहि बेला यस्तो घटना घट्यो । उहाँ केहि दिनमै नेपाल फर्कंदै हुनुहुन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: