
- शुहिल भुषाल
तर्क आ-आफ्नै होलान्, तर बजार सधैं सत्यतामै रहन्छ । अहिले बजारले रेड सिग्नल देखाईरहेको छ र यो स्वभाविक पनि हो । बजारलाई अहिले विभिन्न Negative Factors हरुले प्रभाव पारीरहेको छ । यति मात्र होईन, बजारले अहिलेको यो सेयर बजारको ईन्डेकसलाई धान्नै सक्दैन भन्ने तितो यथार्थ धेरैलाई थाहा छ । र पनि बजार बढेको मात्र हेर्न चाहानेहरुले यो सत्यलाई बाहिर वकल्न सक्दैनन् । चुनाव आयो भन्दैमा बजार बढ्ने हौवा पिटाएर जनतालाई अध्याँरोमुनि राख्ने काम भइरहेको छ । बजार घट्ने स्पष्ट कारणहरु छन् । यो जानीराख्दा राम्रो हुन्छ ।
१. नेपाली पुँजी बजारमा जोखिम अधिक रहेको छ । विगतमा बोनस, हदप्रत, लाभंम्स जस्ता हल्लाले बजारको ‘ईन्डेक्स’लाई अनावश्यक रुपमा माथि पु्याईएको थियो । यसमा Correction आउनु पर्ने थियो, आउँदै छ र अझै पनि विभिन्न Fundamental Ratios लाई आधार मान्ने हो भने वित्तिय संस्थाहरुको सेयर मुल्य High नै देखिन्छ जसका कारण सेयर मुल्यमा अझै Correction हुने देखिन्छ ।
२. रेमिटान्सले चलेको यो मुलकमा भित्रने रेमिट्यान्सको बृद्धिदर घट्दो दरमा छ । गत बर्ष ६.६ प्रतिशतले बृद्धि भएको बृद्धिदर यो चालु आ. व मा ०.७ प्रतिशतमा सिमित भएको छ ।
३. यो आ.व मा देशको आय व्ययको सन्तुुलन बिग्रिएको छ । पछिल्लो अवधिलाई हेर्ने हो भने निर्यात र आयातको अनुपात ८.२ प्रतिशत पुगेको छ भने मुल्य बृद्धिदर ३.४ प्रतिशत पुगिसकेको छ ।
४. नेपालमा अनलाइन ट्रेनिङ तत्काल शुरु हुँदैछ भन्ने हल्ला चलाइनु आधारहिन कुरा हो । भारत जस्तो टेक्नोलोजीमा विकसित मुुलुकले समेत अनलाइन ट्रेनिङको आफ्नै सर्फवेयरलाई प्रयोगमा ल्याउन नसकेर विदेशी सर्फवेयरलाई प्रयोग गरीरहेको छ भने आईीट सेक्टरमा निकै पछाडि रहेको नेपालले आफै बनाउन लागेको सर्फवेयर कस्तो होला ? कहिले आउला ? अनि कसरी प्रयोगमा ल्याउने होला ? आफै बिचार गर्नुहोस ।
५. नेपाली पुँजी बजारमा एन. आर एन तत्काल भित्रिने कु्रा भ्रामक प्रचार मात्र हो । किनकी नेपाली पुँजी बजारमा एन. आर एन भित्राउँदा कति सम्म लगानी गर्न दिने ? कति पैसा विदेश लैजान दिने भन्ने जस्ता महत्वपुर्ण निर्णय नेपाल सरकारले गर्ने हो , यस सवालमा नेपाल सरकारले अहिले सम्म कुनै खाकाको कल्पना समेत गरेको छैन । सेवोन, नेप्से र अर्थ मन्त्रालयविच यस विषयमा अहिले सम्म छलफल समेत भएको छैन ।
६. नेपाली पुँजी बजारलाई सवै भन्दा छिटो प्रभाव पार्ने राजनितिक परीस्थ्तिि सुध्रिन सकेको छैन । वाम गठबन्धन बाट नेपाली राजनीतिमा तरङ्ग पैदाभएको छ । चुनाव बारे विभिन्न टिका टिप्पणी र अडकलबाजी गरीन थालीएको छ । पुँजीवादको पराजय र समाजवाद÷साम्यवादको जित हुँदा सेयरमा सकारात्मक प्रभाव पर्ने गरेको ईतिहास छैन ।
७. अब यो बर्षको सेयर बजारमा लगानीको सिजन लगभग सकिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले यो बर्षको बोनस, हदप्रत, लाभंस लगभग वितरण गरीसकेका छन । बाँकी रहेकाले पनी घोषणा गरीसकेका छन । बजारलाई माथि पु्याउने महत्वपुर्ण FACTOR भनेको नै बोनस, हदप्रत, लाभंस हो । अब कसले के दिन बाँकी छ र बजार बढ्ने ?
८. पछिल्लो समय आठ आठ अर्बको पुँजी बृद्धिको चपेटामा परेका बैकिङ क्षेत्रको आर्थिक रिपोटमा नाफा बृद्धि देखिएता पनि प्रतिसेयर आम्दानी घटेका वित्तिय विवरणहरु सार्वजनिक हुन लागेका छन । यसको अर्थ हो पुँजी पुर्याएर बैकिङ संस्थाहरुको लगानी गर्ने ठाँउ पाईरहेका छैनन र आगामी बर्ष बैंक तथा वित्तिय संस्थाहरुले लाभंम्स मात्र वितरण गर्ने निश्चित छ ।
९. सर्वोच्च अदालतको आदेश पछि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र अलग अलग गर्ने निर्णय गरेता पनी दूई मतपत्र छपाईसंगै मतपत्र बाकस, छाप लगाउने स्थान, मतदान अधिकृतको व्यवस्था के हुने भन्ने विषयमा आयोग नवोल्नुले चुनाव निर्धारीत समयमा हुने, नहुनेमा अन्योलता सिर्जना गरेको छ ।
१०. बजारमा Selling Volume अत्याधिक हुँदा Buying Pressure भन्दा selling Pressure बढेको छ । यसको प्रभाव लामो समय सम्म पर्ने निश्चित छ ।
११. बजारको झण्डै ८० प्रतिशत बजार हिस्सा ओगटेको माडवारी समुदायले नेपालमा चुुनाव पछि पुँजीवाद विस्थापित हुन सक्ने भन्दै आतकिंत भईरहेका छन । अहिले बजारमा कारोवार रकममा गिरावट आउनु यसको परिणाम हो ।
तसर्थ अहिलेको बजार बुल ट्रेन्डमा जानै सक्दैन । अन्तराष्ट्रिय प्रकरण हरुलाई हेर्ने हो भने अमेरीका र उत्तरकोरीयाको युद्ध भैहाले, विदेशमा रहेका नेपाली स्वदेश फर्किने अवस्था सृजना हुँदा बजार बियर रिस्कमा जाने र ट्रिपल डिजिट मै झर्ने कुरा निश्चित हो ।
(लेखक पूँजीबजार लगानीकर्ता संघका महासचिव हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्