×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चम्कियो मिठाई र भाइमसलाको व्यापार, कुनको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चम्कियो मिठाई र भाइमसलाको व्यापार, कुनको मूल्य कति ?

२ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तिहार रौनकले छपक्कै छोपेको यो समयमा बजारमा फूलका माला, मिठाई, रंगीचंगी बत्ती र कपडा आदि वस्तु किन्नेहरूको घुइँचो छ ।
गुलिया मिठाईहरू तिहारका खास आकर्षण हुन् । तिहारमा अन्य वस्तुको तुलनामा गुलिया मिठाइका परिकारहरूको व्यापार उच्च हुने व्यापारीहरू बताउँछन् । त्यसैले पनि अहिले प्रत्येक किराना पसलहरूमा अन्य वस्तुभन्दा मिठाईका परिकारहरू विशेष सजाएर राखिएका छन् ।
पछिल्लो समयमा विभिन्न प्रकारका मिठाईमा आकर्षण देेखिएको छ । तिहारमा मिठाईलाई विशेष परिकारका रुपमा लिइन्छ ।
गुलियोको चाड भनिने भएकाले अहिले विभिन्न मिठाई पसलहरुमा उपभोक्तको ठूलो भीड देख्न थालिएको छ ।
खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठ तिहारमा चकलेट र विभिन्न गुलिया परिकार मिसाइएका भाइमसलाको किनबेच बढी हुन्छ । पछिल्लो समय व्यापारीहरूले विभिन्न प्याकमा त्यस्ता चकलेट तथा मिठाइजन्य परिकार मिसाएर भाइमसलाको प्याक नै बनाएर बेच्न थालेका छन् ।
तौल र परिकारको मूल्यको आधारमा व्यापारीले विभिन्न आकारका प्याकेट बताएर बेच्न गरेका छन् । भाइमसलामा काजु, बदाम, पेस्ता, ओखर, छोडा, किसमिस, नरिवल, अंजिर, खुरपानी, मिश्री, मख्खन, चकलेट लगायतका परिकार मिसाएर व्यापारीहरूले भाइमसला तयार गर्छन् । तौल र परिकारका आधारमा एक प्याकेट भाइमसलाको मूल्य एक सयदेखि छ सय रुपैयाँसम्म पर्ने संघ बताउँछ ।
मिठाई व्यवसायी संघले पनि तिहार लागेसँगै रोटी, खजुरी, अनरासा, लड्डु, लाखामरी, ऐचेमरी लगायतका परिकारको व्यापार बढेको बताएको छ । यसमा दूध तथा मैदा र आँटाबाट बनाइएका परिकारहरू पर्छन् । संघका अनुसार काठमाडौंमामात्रै झण्डै चार सय मिठाइ पसल छन् ।
यद्यपि, भारतबाट करोडौं मूल्य बराबरको मिठाई भित्रिँदा त्यसले गुणस्तहीनता र अस्वस्थ प्रतिस्पर्धा बढाएको संघका अध्यक्ष सुमन मानन्धरले बताए ।
‘अहिले बजारमा भारतबाट अनधिकृत रुपमा भित्र्याइएका मिठाईको बिगबिगी देखिएको छ,’ उनले भने । नक्कली दूधबाट बनाइएको हुनाले यीनको मूल्य कम हुने र त्यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको उनले बताए ।
बढी चम्किलो र अस्वभाविक रंग प्रयोग गरिएका मिठाई उपभोग नगर्न उनी सुझाउँछन् । खासगरी कालाकांग, मिल्ककेक, सनपापडी, लड्डु लगायतका परिकारहरू किन्दा विचार गरेरमात्र किन्न उनको सुझाव छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी