
- बलराम देवकोटा
मैले एउटा घटना सुनेको छु । बत्ती नभएको बेला एक जना मानिस कागती किन्न गएछ र एक रुपियाँको ३ दाना कागती लियर मुस्कुराउदै फर्केछ । किनभने उसले ब्यापारीलाई अध्यारोमा खोटो सिक्का दिएको रहेछ । उता व्यापारी पनि मनमनै हास्दै थियो किनभने उसले पनि अध्यारोको ताक पारेर सडेको कागती दिई पठाएको थियो ।
मानिस यति अप्राकृतिक भइसक्यो कि,अरुलाई ठग्नकै लागि भएपनि एकपटक मुस्कुराउनु अनिवार्य भइसक्यो । नठगिकिन त उ हास्नपनि नसक्ने भइसक्यो । त्यसैगरी हाम्रो सेयर बजारमा पनि व्यक्तिका विभिन्न स्वार्थ र फाईदाका कारण आज बजार धरापमा छ ।
कोहीले बजार घट्नुपर्ने आवश्यक कारण केही हैन, भुकम्प जान्ता त नेप्से घटेन, अहिले किन घट्छ र भनिरहेका छन् । सेयर किन्ने बेला यहि हो, आज नकिने भोलि पस्चाताप हुन्छ’ भन्दै भ्रम फैलाउने कोशिस भइरहेको छ । भ्रम यसकारणकि यो तर्कमा पनि कुनै तुक छैन । किनकि बजार कसैले केहि कारणले भनेर घट्ने वा बढेर घट्ने हुँदै होइन ।
यता कसैको ‘डम्फु फुकाई’ खाली अर्कै छ, घट्छ भन्ने छ । सम्पूर्ण वित्तीय संस्थाको उच्च नाफाको प्रतिवेदन आउँदा त घटेको बजार आज त्यसको बिपरित अधिकांस बित्तीय संस्थाको प्रतिवेदन नकारात्मक हुँदा अझै तिब्रताका साथ बजार घट्ने छ भन्दै आफ्ना तर्कहरु दिइरहेका छन् ।
आज नबेचे भोलि ‘खत्तम’ नै हुन्छ भन्ने शैलीमा उनीहरु आफ्ना तर्कहरु राखीरहेका छन् । त्यसमाथि वैदेशिक रोजगारीमा जानेको संख्या र रेमिटेन्समा गिरावट, सबै बित्तीय सस्थाले अगाडी बर्ष लाभांश दिलाईसकेको कारण, निर्वाचन खर्च जुटाउन व्यापक मात्रामा सेयर बिक्रि भइरहेको कारण, तत्कालै अनलाइन कारोबार नहुने जस्ता कारणहरुलाई भ्रमको खेती गर्ने कडी बनाइरहेका छन् ।
तर यी सब भन्ने कुरा न हुन् । राम्रो कम्पनीमा लगानी गरे बजार घट्दा पनि नाफा कमाउनेहरु छन् । बजार १८८१ विन्दुमा पुग्दा पनि त गुमाउनेहरु पनि थिए नि ! यो कुरा सबै लगानीकर्ताहरुले बुझ्न आवश्यक छ ।
वास्तवमा बत्तिमा पुतली झुम्मिएझैं लोभको आशामा साना र नयाँ लगानीकर्ताहरु जसरी नेप्से केही क्षण हरियो देख्ने बित्तिकै हतासिदै बजारमा प्रवेश गर्छन् । अनि तिनी लगानीकर्ता ‘घुन-पिसाई’ हुने गरेको बिगतको अनुभव ताजा छ ।
एउटा भनाई छ नि, ‘अरुको बुद्धिमा राजा हुनुभन्दा आफ्नो बुद्धिमै जोगी हुनु उत्तम’ त्यसकारण आफुमा राम्रो ज्ञान, अनुभव छैन भने अनुमान र अरुको लहैलहैमा लोभमा फस्दा फस्दा भोलीको आफ्नो हुनसक्ने क्षति बहन गर्ने क्षमता छ वा छैन त्यो आफैमा बिचारणीय पक्ष हो । अनि प्राप्त स्रोत र अनुभव छ भने ढुक्कसँग लगानी गर्दा नतिजा लगानिकर्ताको हितमा होला । सुझाव मेरो निर्णय हजुरको । जय होस !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्