
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- वाणिज्य बैंकहरुमध्येकै वित्तीय हिसावले सबैभन्दा थर्डक्लास बैंक सिभिल बैंक लिमिटेड सातौँ बर्षमा प्रवेश गरेको छ । नक्कली लालपूर्जा काण्डदेखि ६१ लाख काण्डसम्म आइपुग्दा विवादको चरम सीमा नाघीसकेको बैंकले ७ बर्षमा कमाएको चिज भनेकै विवादित छवि नै हो भन्दा फरक पर्दैन । ग्राहकहरुमा चरम असन्तुष्टी, थर्ड-क्लास सेवा, कर्मचारीको मनपरी र बैंकका विआदित अद्यक्षका पटक पटक बाहिर आएका विवादित कामले पनि बैंकलाई बदनाम मात्र गराउने काम गरेको छ । यी ७ बर्षमा बैंकले वीत्तीय रुपमा त प्रगति गरेन, गरेन आफ्नो बदनामी रोक्न समेत पूर्ण रुपमा असफल भएको छ । बैंक ७ औं बर्षमा प्रवेश गरेको यो दिनमा हामी बैंकभित्र घटेका थुप्रै काण्डहरु मध्ये सबैभन्दा चर्चा कमाउन सफल ७ काण्डहरुलाई प्रस्तुत गर्दैछौं।
काण्ड नम्बर १ : बैंकभित्र नक्कली लाजपूर्जा बनाउने धन्दा र ऋणीको उठिबास !
बैंकले नक्कली लालपूर्जा बनाएर एक सय सात कठ्ठा जग्गा विक्री गरिदिएपछी ऋणीको उठीबास लागेको थियो । यो किर्ते काम बैंककै सञ्चालकहरुको समेत मिलेमतोमा भएको कुरा बाहिर आएको थियो । बैंकका तत्कालीन सञ्चालक इक्षाराज तामाङ, बैंकका तत्कालीन सीइओ किशोर महर्जन र कर्जा साखामा कार्यरत गोविन्द गुरुङ (अहिलेका सीइओ) र प्रसिद्द अर्याल मिलेर ऋणीको करोडौं रुपैयाँ बराबरको जग्गा खाइदिएका हुन् । सो काण्डका बारेमा विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस्।
काण्ड नम्बर २ : सीइओको मिलेमतोमा राष्ट्र बैंकलाईसमेत झुक्याएर गरिएको किर्ते धन्दा
नेपाल राष्ट्र बैंकलाई समेत झुक्याएर बैंकमा भएको किर्ते काम बाहिर आएपछि यसले चरम विवाद सिर्जना गरेको थियो । यो काम गर्न नेपाल राष्ट्र बैंकका केहि कर्मचारीसँग मिलेमतो भने गरिएको स्रोतको दावी छ । सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा बैंकको कर्पोरेट कार्यालय सार्न किर्ते कागज तयार गरिएको हो । त्यहि किर्ते कागजातकै आधारमा तयार पारिएको कोटेशनलाई स्वीकृत गर्दै राष्ट्र बैंकले रजिष्टार्ड कार्यालय स्थानान्तरणका लागि अनुमति दिइसकेको छ । सिभिलले नक्कली कागजात बनाएको नेपाल राष्ट्र बैंकले समेत आत्तोपत्तो पाएको छैन ।’ सो काण्डका बारेमा विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस्
काण्ड नम्बर ३ : सुचनाको म्याद काण्ड, म्याद नै नसकी घर अर्काकै नाममा पास !
काभ्रेका टेकनाथ हुमागाईंले बैंकसँग लिएको ऋण समयमा तिर्न नसक्दा उक्त घर लिलामीको सुचना अन्नपूर्ण पोष्टमा प्रकाशित भएको थियो। घर उकास्ने रकम हुमागाईंले पाएपनि उनले १०२–१०६७–१० कामपा– ७, कित्ता नं. ९९ को आठ आना दुई पैसा दुई दाम र कित्ता नं. ४२७ को १४ आना दुई पैसा जमिन गुमाउनुपरेको थियो । बैंकले जारी गरेको सूचनाअनुसार लिलाम खुल्ने अघिल्लै दिन घरजग्गा मृदुलाको नाममा पास भइसकेको छ । कानुनतः लिलामी बढाबढका लागि पूर्वनिर्धारित समय तालिकाअगावै लिलामी बढाबढ हुने घर-जग्गा चलाउन नपाइने भएपनि सिभिलले यो नियमको समेत धज्जी उडाएको देखिएको छ । सो काण्डका बारेमा थप पढ्न यहाँ क्लिक गर्नुहोस् ।
काण्ड नम्बर ४ : सिभिल बैंकमा जागिर काण्ड, आफ्नालाई भर्ती, अरुलाई मात्र अर्ती !
सिभिलले भ्याकेन्सी खुलाएपनि सबै आफ्नै मान्छे मात्र जागिरमा राखेको ‘भर्ती काण्ड’ पनि बाहिर आएको थियो । सिभिल बैंकको उच्च स्रोतले दिएको जानकारी अनुसार बैंकले कर्मचारी राख्नकालागि लिएको लिखित परीक्षामा जस्तोसुकै राम्रो गरेको भए पनि सिफारिस राम्रो नभए जागिर खाना निकै गाह्रो छ । ‘लिखितमामात्र राम्रो भएर हुँदैन । लिखितमा राम्रो भएपनि अन्तर्वार्तामा बिनाकारण फालिन्छ । लिखितमा नारार्मो भएपनि बरु पावर राम्रो छ भने बैंकमा जागिर पक्का हुन्छ । अहिले ग्रोथ सेलर नामक कम्पनीलाई यसको भ्याकेन्सी उपर काम गर्ने गरी अधिकार दिइएको छ । तर यो सब औपचारिकता मात्र हो । बैंकमा जागिर पाउन र त्यसमा पनि सिभिल बैंकमा जागिर पाउन र त्यसमा पनि गोविन्द गुरुङ सीइओ भएपछि त बैंकमा पावर नभई हुँदै हुँदैन ।’ सिभिल बैंकका एक अर्का कर्मचारीले भने । आफुपनि पावरकै भरमा जागिर खान आएको स्वीकारेका उनले कसैको पनि ‘ज्याक’ नलगाए बैंकमा जागिर खान निकैनै समस्या हुने गरेको बताए । सो काण्ड पूर्ण रुपमा पढ्न यहाँ क्लिक गर्नुहोस्
काण्ड नम्बर ५ : इक्षाराजको पद मोह, श्रीमतीलाई संचालक बनाएर आफु बाहिर !
सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा अम्बिर बोगटीलाई नियुक्ति दिइएको छ ।यसअघि बैंक सञ्चालक समिति सदस्य रहेका बोगटी बैंकको अध्यक्ष भएका हुन् । रिक्त सञ्चालकमा अध्यक्ष तामाङकि आफ्नै श्रीमती अर्थात सृजना शाक्य तामाङ नियुक्त भएकी छिन् । बैंक तथा वित्तीय संस्था ऐनको नयाँ नियम अनुसार सांसद व्यक्ति बैंकको सञ्चालक समितिमा बस्न नपाउने भएपछी विभिन्न बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुले राजीनामा दिन थालेका छन् । सो काण्ड पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्।
काण्ड नम्बर ६ : सीइओको गाडी काण्ड, गोविन्द गुरुङको दरिद्रताको पराकाष्टा
सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ विवाद नै विवादमा मुछिएको व्यक्ति भएकोखुलेको छ । विभिन्न बैंकमा काम गर्ने दौरानमा धेरैपटक विवादमा तानिएका कारण गुरुङको आचरणमा समेत समस्या देखिएको छ । सिभिल बैंकमा प्रवेश गर्नुअघि गुरुङ मेगा बैंकमा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका थिए । उक्त पदमा कार्यरत रहँदा मेगाले गुरुङलाई कार्यालय प्रयोजनकालागि गाडीसमेतकोसुविधा दिएको थियो । त्यहाँ केही समय काम गरेपछि गुरुङ मेगा बैंक छाडेर सिभिल बैंकमा आए । तर उक्त समय गुरुङले मेगा बैंकले आफूलाई कार्यालय प्रयोजनका लागि दिएको गाडी पनि सँगै लिएर आए । उक्त गाडी फिर्ता गर्न मेगाले गुरुङलाई धेरै नै ताकेता गर्यो । तर गुरुङले गाडी फिर्ता गरेनन् । गाडी फिर्ता गर्न दबाब दिँदै मेगाले गुरुङविरुद्ध गाडी फिर्ता गराइपाऊँ भन्दैप्रहरीसमक्ष उजुरी गर्यो । सो काण्डका बारेमा थप पढ्न यहाँ क्लिक गर्नुहोस्।
काण्ड नम्बर ७ : ६१ लाखको ऋण काण्ड
यो बर्षको उत्तरार्धसम्म आइपुग्दा सिभिल बैंकको ६१ लाख प्रकरण सतहमै आइपुग्यो । बैंकको मार्केटिङ विभागमा कार्यरत एक कर्मचारी साथीको लहै लहैमा लाग्दा एउटा ऋणीलाई पठाउनुपर्ने पत्र संचारगृह पुग्यो । पछी सोहि कर्मचारीको विशेष अनुरोधमा यो मुद्धा अगाडी बढेन । आफुलाई तनाव दिएको भन्दै लिंदै नलिएको ६१ लाख ऋण तिर्न आउ भनिएको पत्र पाउने व्यक्तिले मुद्धा हालेका थिए । तर बैंककै कर्मचारीले रक्सी खाएका बेला गरेको प्लान हो, गल्ती भयो माफी पाउँ भने पछी यो प्रकरण साम्य भएको थियो । यो प्रकरणबारे थप पढ्न यहाँ क्लिक गर्नुहोस् :
यी प्रकरण बैंकभित्र निकै चर्चित भए । यसो त सिभिल बैंक नचाहिने काम गर्ने मामलामा सबै भन्दा अगाडी रहेको कुरा कसैबाट पनि लुकेको छैन । त्यस्ता थुप्रै काण्डहरु बैंकमा घटेका छन् । ७ बर्ष पुग्दै गर्दा सिभिलका नेतृत्वहरुलाई सद्बुद्धि आओस् भनेर कामना गर्नेहरु पनि सामाजिक संजालमा भेटिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्