×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आउँदो चुनावमा यी ठुला नेताहरुको हार सुनिश्चित, कसले जित्छ अब ? बाहिरियो सनसनीपूर्ण आकंडा…

LAXMI SUNRISE BANK

आउँदो चुनावमा यी ठुला नेताहरुको हार सुनिश्चित, कसले जित्छ अब ? बाहिरियो सनसनीपूर्ण आकंडा…

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विहीवार मनोनयन दर्ता भएको छ । पहिलो चरणमा हुने मंसिर १० को निर्वाचनका लागि कात्तिक पाँच गते नै मनोनयन दर्ता सकिएको छ ।
चुनावमा हार जित स्वभाविक हो, तर हरेक चुनावमा केही त्यस्ता निर्वाचन क्षेत्र हुन्छन् जहाँ ‘हाइ प्रोफाइल’ नेताहरु आमने सामने हुन्छन् । यसको अर्थको हो, जहाँ ठूला नेताहरु आमने सामने उभिन्छन् त्यहाँ कुनै एक ठूलो नेता अवश्य हार्छन् ।
मांसिर २१ मा हुने चुनावी भिडन्तमा पनि देशभर केही यस्ता निर्वाचन क्षेत्रहरु ‘हट केक’को रुपमा देखा परेका छन् । जहाँ ‘हाई प्रोफाइल’ नेताको भविष्य अडिएको छ । देशभरका १२ वटा निर्वाचन क्षेत्रमा २४ जना चर्चित अनुहारहरू चुनाव लड्दैछन् र ति मध्ये हरेक निर्वाचन क्षेत्रबाट एक जना विदा हुनेछन् ।
झापा १
केपी ओलीको जिल्ला झापा क्षेत्र नम्बर एक ‘हट केक’ मध्यको एउटा क्षेत्र हो । मत संख्यालाई विश्लेषण गर्दा झापा पाँचमा उम्मेदवार रहेका ओली सेफ जोनमै छन् । तर उनको जिल्लामा बाम गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका माओवादी नेता राम कार्की चाहिँ ‘डेन्जर जोन’मा छन् ।
झापा एकबाट कांग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्मा कार्कीसँगको प्रतिस्पर्धामा छन् । कार्की पूर्व सञ्चारमन्त्री समेत भइसकेका व्यक्ति हुन् । शर्माले चाहिँ २०७० को चुनाव हारेका थिए । २०७० मा चुनाव हारेका भएपनि जिल्लामै आफ्ना राजनीतिक गतिविधि अघि बढाउने शर्माले कार्कीलाई टक्कर दिने अनुमान गरिएको छ । शर्मालाई कांग्रेस इतरका मतदातलेसमेत राम्रै मान्ने गरेका कारण कार्कीलाई उनले रोक्नसक्ने चर्चा चलेको छ ।
झापा ३
झापा तीनमा चाहिँ कांग्रेसका नेता कृष्ण सिटौला डेन्जर जोनमा छन् । अघिल्लो पटक झिनो मत अन्तरले चुनाव जितेका सिटौलालाई राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले टक्कर दिइरहेका छन् । स्थानीय तहमा बलियो देखिएको राप्रपाले झापा ३ मा कांग्रेस नेता सिटौलालाई टक्कट दिने अनुमान गरिएको छ ।
कांग्रेस र राप्रपाको गठबन्धनबाट चुनाव लड्न ठिक्क परेका लिङदेनलाई अन्तिममा आएर सिटौलाले नछोडेपछि सिटौला र लिङदेनबीच प्रतिस्पर्धा हुन लागेको हो । लिङदेनलाई एमाले माओवादीलेसमेत समर्थन गरेका छन् ।
मोरङ ६
मोरङको क्षेत्र नम्बर ६ दोस्रो चरणको चुनावमा चासोका साथ हेरिने क्षेत्र मध्येको एक हो । जहाँ कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला र एमाले नेता लालबाबु पण्डित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तुलनात्मक रुपमा कांग्रेस बलियो भएपनि सो क्षेत्रमा उठेका एमाले नेता पण्डित व्यक्तिगत रुपमा निकै स्वच्छ छवी भएका नेताका रुपमा चर्चित छन् ।
कर्मचारीको डिभी पीआर खारेजका लागि सामान्य प्रशासन मन्त्री हुँदा महत्वपूर्ण भूमिका खेलेका पण्डितले कोइरालालाई अवश्य पनि टक्कटर दिने छन् । यहाँबाट पनि यी दुई ठूला नेतामा एक जनाले अवश्य हार्ने नै छन् ।
चितवन ३
स्थानीय चुनाव जस्तै दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा पनि चितवनको नतिजामा धेरैको स्वभाविक चासो हुने देखिएको छ । चितवनमा वाम गठवन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड चुनावी मैदानमा छन् । उनको क्षेत्रमा कांग्रेसको साथ पाएका राप्राका नेता विक्रम पाण्डे चुनावी भिडन्तम छन् ।
पाण्डेले सो क्षेत्रबाट यो भन्दा अघि निर्वाचन जितेका थिए । प्रचण्ड चाहिँ पहिलो पटक चितवन गएका हुन् । यो क्षेत्रमा यस भन्दा अघि तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाले चुनाव जितेका थिए । तर यसपाली कांग्रेसले राप्रपाकै उम्मेदवारलाई समर्थन गरेकोले प्रचण्ड आरामदायी अवस्थामा छैनन् ।
काठमाडौं १
वर्षौंदेखि नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले जित्दै आएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकमा यसपाली कसले चुनाव जित्छ भनेर अनुमान गर्न गाह्रो छ । यहाँ सिंहसँगै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा चुनावी मैदानमा छन् ।
यसपाली सिंह आफ्नो विराज खोसिने डरमा छन् । पत्रकारको रुपमा जहिल्यै चर्चामा रहेका मिश्र वीवीसी नेपाली सेवाको जागिर छोडर राजनीतिमा आएका थिए । उनै मिश्र अहिले प्रकाशमानसँग चुनाव भिड्दैछन् । मिश्र मात्रै होइन माओवादी नेता जनार्दन शर्मामा भाई अनिल शर्मा पनि सो निर्वाचन क्षेत्रमै मैदानमा छन् । यहाँ त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।
काठमाडौं ४
काठमाडौं ४ पनि अर्को चर्चित निर्वाचन क्षेत्र हो । यहाँ कांग्रेसका चर्चित नेता गगन थापा मैदानमा छन् भने गठबन्धनबाट एमालेका राजन भट्टराई मैदानमा छन् । परराष्ट्रविद् भट्टराई वाम गठ एमालेको तर्फबाट कांग्रेसँग मैदानमा उत्रिएका छन् । सिन्धुपाल्चोकका भट्टराई एमालेको माथिल्लो तहमा राम्रो नेता रहेपनि मतदाताको तहमा चाहिँ कमजोर पात्र हुन् ।
उक्त क्षेत्रमा यसअघि गगन थापाले प्रतिद्वन्दीभन्दा फरकिलो मत अन्तरका साथ विजयी भएका थिए । तर स्थानीय तहको चुनावमा भने उनको क्षेत्रका एमालेले जित निकालेको थियो ।
काठमाडौं ५
लगातार दुई पटक नेपाली कांग्रेसका नेता नरहरि आचार्यसँग पराजित भएका एमाले महासचिव इश्वर पोखरेल यसपटक ‘कमफर्ट’ अवस्थामा छन् । उनको प्रतिस्पर्धा कांग्रेस नेता डा. प्रकाशशरण महतसँग हुँदैछ । नुवाकोटका महत र ओलखढुंगाका पोखरेलमध्ये एक जना पाँच वर्षका लागि सांसद बन्न पाउने छैनन् ।
अस्वस्थ भएपचि नरहरी आचार्यले प्रत्यक्षतर्फ निर्वाचन नलडेसँगै महतले यहाँबाट ठाउँ पाएका हुन् । तर स्थानीय निर्वाचनको मतका आधारमा पोख्रेल यहाँ सजिलो अवस्थामा छन् । दुई पटकसम्म यहीँबाटै चुनाव हारेका पोख्रेलले यसपाली पनि चुनाव हारे भने ह्याट्रिक गर्नेछन् ।
धनुषा ३
कांग्रेस र राजपा–फोरमबीचको चुनावी तालमेल नमिल्नुको मुख्य कारण धनुषा तीन हो । जहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा छन् । वाम गठवन्धनको समेत चुनौती रहेको यो क्षेत्रमा निधि या महतो मध्ये एक जना ‘रिंग आउट’ हुने निश्चित छ ।
सप्तरी २
सप्तरी २ मा फोरमका उपेन्द्र यादव र बाम गठबन्धनका उमेश यादव मैदानमा छन् । यादवले दुई पटकसम्म सुनसरी र मोरङबाट चुनाव जितेका थिए । गठबन्धनले संसदमा कुर्सी फाल्ने चर्चित नेता यादवलाई उनीसँग भिडाएको छ । यादव विरुद्ध राजपाका नेताले वागी उम्मेदवारी दिएका कारण उनी थप संकटमा परेका छन् ।
नवलपुर १
तत्कालिन नवलपरासीको नवलपुर १ मा कांग्रेसका महामन्त्री शशांक कोइराला र मधेशी नेता हृदेश त्रिपाठी चुनावी मैदानमा छन् । राजपा छोडेर स्वतन्त्र उम्मेदवारको नाममा एमाले छिरेका त्रिपाठी कोइरासँग चुनाव भिड्दैछन् । कोइरालाले यहाँ २०७० मा चुनाव जितेका थिए । दुई मध्ये एक जना यसपटकको संसदमा हुने छैनन् ।
गुल्मी १
गुल्मी एकमा एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी चुनावी मैदानमा छन् । २०७० सालमा चुनाव जितेका भण्डारी फेरि एक पटक ज्ञवालीसँग मैदानमा उत्रिउका छन् । ज्ञवालीले २०६४ को निर्वाचनमा चाहिँ भण्डारीलाई पराजित गरेका थिए । यी दुई नेता यो निर्वाचन क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर भिडिरहेका छन् ।
भक्तपुर २
भक्तपुर २ मा पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व मन्त्री महेश बस्नेत चुनाव लड्दै छन् । ढुंगाना कांग्रेस र बस्नेत एमालेबाट चुनाव लड्दैछन् । ढुंगाना २३ वर्षपछि राजनीतिमा कम ब्याक भएका हुन् । यो क्षेत्रमा नेमकिपा पनि बलियो शक्ति हो ।
दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले यस क्षेत्रमा जित हात पार्दा एमालेका महेश वस्नेत तेस्रो भएका थिए । तर स्थानीय तहको चुनावको मत परिणामले भने वाम गठवन्ध अगाडि रहेको छ । राजनीतिमा सक्रिय वस्नेतले लामो समय निष्क्रिय रहेका ‘हाइ प्रोफाइल’ ढुंगानालाई चुनौती दिनसक्छन् । लोकान्तरले समचार लेखेकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी