
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले-माओवादी मिलेकोमा अरुले रुवाबासी गर्ननहुने भन्दै व्यंग्य गरेका छन् । अाेलीले वाम एकतालाई नराम्रो नजरले हेर्नु ठीक नभएकाे बताउदै आफूहरुको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कसैलाई शंका नगर्न आग्रह गरे ।
मंगलबार वाम गणबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले भने,- ‘कांग्रेस र माओवादी मिल्दा लोकतन्त्रसम्मत हुने र एमाले र माओवादी मिल्दा चाँही लोकतन्त्र खतरामा हुने । यहाँ कोही चिच्याउन आवश्यक छैन ।’
दुनियाँलाई पत्याउन गाह्रो पर्ने काम गरेर आएका हामी दुई पार्टी एक भएको दावी गर्दै ओलीले भन्नका लागि मात्र नभई साच्चै देश बनाउनका लागि मिलेको समेत जिकिर गरे । ‘हाम्रो घोषणापत्र देश सम्बृद्ध बनाउने योजना हो’ उनले भने, ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठामाथि कसैले आशंका नगरे हुन्छ । हामीलाई लोकतन्त्र कसैले ल्याइदिएको होइन । झगडा गर्यो भने लोकतन्त्र बलियो हुने । मिल्यो भने कमजोर हुने यो कस्तो विचार हो ?’
उनले वाम गठबन्धनले सार्वजनिक गरेको चुनावी घोषणापत्र संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यसँग मेल खाने बताए । ‘हाम्रो घोषणापत्र सन् २०३० सम्मको संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यसँग मेल खान्छ । अबको १३ वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको अवस्थामा पुर्याउँछौँ । यो राष्ट्र निर्माणको घोषणापत्र हो । चुनावी घोषणा पत्र मात्र होइन’ उनले भने ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र आर्थिक समृद्धिमा गएको बताएका छन् । वाम गठबन्धनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्दै प्रचण्डले स्थिरता र आर्थिक समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।
‘७० वर्षदेखिको राजनीतिक अस्थिरता अन्त्य गरेर स्थायित्वको मार्गमा अघि बढ्ने कोशिस गरेका छौँ । घोषणा पत्रमा भएका कुरा यत्तिकै लेखिएका होइनन् कार्यान्वयन गर्नका लागि हुन्’ उनले भने, ‘हामी आन्तरिक र बाह्य सम्बन्ध राम्रो बनाउँदै अघि बढ्न चाहन्छौँ ।’ उनले आफूहरु कसैका विरुद्ध नभई देशको हितका लागि एक मार्गमा हिँडेको बताएका छन् । ‘हामीमाथि गालीगलौज भएका छन् तर हामी तल झरेर गालीगलौजमा उत्रिदैनौँ’ उनले भने ।
उनले आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पु¥याउने घोषणापत्रमा उल्लेख भएको बताए ।
प्रचण्डले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत शहरका रुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपशहरमा विकास गरिने समेत बताएका छन् ।
एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्