×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउबाको पक्षमा अध्यादेश जारी हुँदै, ओलीलाई तनाव

PRIME CA

देउबाको पक्षमा अध्यादेश जारी हुँदै, ओलीलाई तनाव

१४ पुष २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – राष्ट्रपति बिद्यादेवी भण्डारीको समक्ष दुई महिनादेखि अड्किएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश अन्ततः पास हुने भएकाे छ । कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीय निर्वाचन प्रणालीद्धारा राष्ट्रियसभा गठनको प्रस्ताव राष्ट्रपति समक्ष पेस गरेको थियो ।
गत मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट पहिलो दल बनेको एमालेले भने बहुमतीय प्रक्रियाबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडान राख्दै आएको थियो । दुई दलको आ–आफ्नै अडानको चपेटामा राष्ट्रपति विद्यादेवी परेकी थिइन् । तर, अब भण्डारीले लामो समय अड्किएको अध्यादेश जारी गर्ने भएकी छिन् ।
अध्यादेशलाई दुई ठूला दल एमाले र कांग्रेसले प्रतिष्ठाको विषय बनाएका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा अध्यादेश जारी गर्ने र एमाले अध्यक्ष ओली अध्यादेश जारी गर्न नदिने पक्षमा थिए । माओवादी अध्यक्ष प्रचण्ड भने कसरी हुन्छ दुई पार्टीबीचको असहमतिको गाँठो फुकाएर देशलाई निकाश दिनुपर्ने लाइनमा उभिएका थिए ।
राष्ट्रपतिले बिहिबार प्रचण्डसँगको भेटपछि अध्यादेश जारी गर्ने निर्णय लिइन् । त्यसले सबैभन्दा ठूलो झड्का एमालेलाई लाग्यो । केही सिटको लोभमा एमालेले एकल संक्रमणीय निर्वाचन प्रणालीलाई ठाडै अस्वीकार गरिरहेको थियो ।
देउवा पनि कांग्रेसको राष्ट्रिय सभामा प्रतिनिधित्व बढ्ने देखेपछि एमालेले भनेजस्तो बहुमतीय प्रणालीको विपक्षमा थिए । तर, तनाब भने ओलीलाई थियो । निर्वाचन सम्पन्न भई परिणामसमेत आइसकेको अवस्थामा अध्यादेश पारित नभएसम्म देउवा सरकार छाड्नेवाला थिएनन् ।
यसैबीच राष्ट्रपति अध्यादेश स्वीकृत गर्ने पक्षमा पुगेको सन्देश बिहीबार एमाले बैठकमा पुग्यो । तर, सहमतिमा आएजस्तो देखाउन उसले हतारहतार अध्यादेशको विषयमा लचकता अपनाउने निर्णय गर्यो । अर्थात, हठ्ठी स्वभावका ओली अन्ततः गले ।
एकल संक्रमणीय प्रणलीलाई समानुपातिककै अर्को रुपमा लिइन्छ । यस प्रणालीमा मतदाताले कति सदस्य निर्वाचित हुनुपर्ने हो, उनीहरुलाई प्राथमिकताको आधारमा मत दिन्छन् । यसो गर्दा सिट संख्या कम भएका पार्टीबाट पनि केही निर्वाचित हुन्छन् । अर्थात बहुमतीय प्रणालीमा मतदाताले सिधै आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन्छन् तर, एकल संक्रमणीयमा प्राथमिकताका आधारमा मत दिन्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: