
रंगेली । मोरङको तराई भेगमा यस समयमा सबैको खेत बारीमा ढकमक तोरीका पहेँलौ फुल फुल्ने समय भएको छ । त्यहि समय पारेर अहिले खेत बारीको आलिहरुमा मौरी भएका घारहरु देख्न सकिन्छ ।
मोरङको रंगेली नगरपालिका ३ स्थित रंञ्जनी का यमनाथ पाठकले यस बेला तोरीको खेत बारीमा मौरीको घार लगेर मौरी चराउने गर्देछन । अरु समयमा उनले जंगलमा लगेर आफ्नो मौरीलाई चराउने गरेता पनि अहिले तोरी फुल्ने समय भएकाले गाउँका साथीभाईहरुले मौरी चराउन ल्याउनुपर्यो भनेर बोलाउने गरेको यमनाथ बताउँछन् । खडान्द खनालले भने आफुहरु चार बिघामा तोरी खेति गरेको र प्रत्येक बर्ष मौरी चराउन ल्यानन आग्रह गर्ने गरेको उनी बताउँछन् । पहिले तोरीमा लाई लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरी तोरी खेतीमा ल्याएको उनी बताउँछन् ।
मौरी ल्याए पछि आफुले तोरीमा बिगत ४ ,५ बर्षदेखी कुनै पनि किटनासक आैषधिको प्रयोग नगरेको र बिघामा २० मन देखि २२ मन सम्म तोरी उव्जनी हुने गरेको समेत बताए । २०६० साल देखि मौरीपालनमा लागेका यमनाथ सुरुका दिनमा ४ घार बाट मौरी पालन सुरु गरेको र यहिले आएर २ सय घार सम्म पाल्न सफल भएका छन । उनले भने १ घार बराबर ५० हजार देखि ६० हजार सम्म मौरी हुने गरेको छ ।
२ सय घार बाट ५ हजार केजि
९ ५० कुईटल ० मह बार्षिक उत्पादन हुन्छ । ३० लाख बराबरको आम्दानी हुने गरेको समेत बताए । मह उत्पादन गरेता पनि बजारी करण गर्ने अप्ठ्यारो परेको हुनाले आफु हरुलाई समस्य परेको र भारत बाट लुकिछिपि केमिकल हालेको मह बजारमा बिक्रीवितरण गर्न नेपाल आउने गरेको हुनाले आफु यहाँका कृषक हरुले उत्पादन गरेको मह ओझेलमा परेको कृषक बताउँछन्। पाथीभरा मौरीपालन उधोग स्थापना गरेर अहिले आफुले उत्पादन गरेको मह प्रति केजि ६ सय रुपैयाँको दरले बिक्रीवितरण गर्ने गरेका छन । उक्त मह बिक्रीवितरणका लागि ताप्लेजुङ ,बिर्तामोड ,धरान,र बिराटनगर लगायत का केही स्थान हरुमा मात्रै बिक्री का लागि पठाउने गरेको पाठक ले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्