
समस्याग्रस्त अवस्थामा रहेका नौवटा बैंक तथा फाइनान्स कम्पनीहरुले अझै सर्वसाधारणको दुुई अर्ब २१ करोड ५३ लाख ९७ हजार रुपैयाँबराबरको निक्षेप फिर्ता गर्न बाँकी रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ती संस्थाहरुले उक्त परिमाणमा निक्षेप फिर्ता गर्न बाँकी रहेको देखिएको हो ।
फिर्ता गर्न बाँकी कुुल निक्षेपमध्ये संस्थागत निक्षेपकर्ताहरुको एक अर्ब १९ करोड २५ लाख ३० हजार रुपैयाँ र व्यक्तिगत निक्षेपकर्ताहरुको ३६ करोड तीन लाख ४३ हजार रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार समस्याग्रस्त संस्था घोषणा हुुनुुअघि भने यी नौवटा संस्थाहरुमा कुुल १३ अर्ब ३४ करोड ६१ लाख ८१ हजार रुपैयाँ कर्जा रहेको थियो भने निक्षेप १० अर्ब ६३ करोड ३६ लाख ५९ हजार रुपैयाँ रहेको थियो । सोमध्ये संस्थागततर्फको निक्षेप चार अर्ब ३७ करोड ६७ लाख ६३ हजार र व्यक्तिगततर्फको निक्षेप छ अर्ब २५ करोड ६८ लाख ९६ हजार रुपैयाँ रहेको थियो । समस्याग्रस्त हुुनुुअघि यी संस्थाहरुमा ९४ हजार छ सय ७७ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा अहिले यस्तो खाताको संख्या घटेर ६४ हजार एक सय ५६ वटामा सीमित रहेको छ ।
समस्याग्रस्त संस्थाहरुमध्ये नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत समेत गरी ४७ करोड चार लाख छ सय ६५ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । फाइनान्समा हाल दुुई अर्ब २३ करोड २५ लाख ९६ हजार रुपैयाँ कर्जा रहेको छ । क्रिष्टल फाइनान्सले पनि चालू आवको असोज मसान्तसम्म सात करोड १३ लाख एक हजार रुपैयाँ फिर्ता गर्न बाँकी देखिएको छ । फाइनान्सको हाल विभिन्न व्यक्ति तथा संस्थाहरुमा उठाउन बाँकी कर्जा ३५ करोड ३६ लाख ३३ हजार रुपैयाँ रहेको छ ।
यसैगरी क्यापिटल मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्समा पनि संस्थागत तथा व्यक्तिगत समेत गरी ८४ करोड ४२ लाख ३३ हजार रुपैयाँ निक्षेप रहेको छ । सो अवधिमा फाइनान्समा एक अर्ब ७० करोड तीन लाख ७५ हजार रुपैयाँ कर्जा रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्म वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १० करोड ७३ लाख ७५ हजार, नारायणी डेभलपमेन्ट बैंकले १७ करोड २८ लाख ५७ हजार, नेपाल फाइनान्सले आठ करोड २६ लाख छ हजार, कर्पोरेट डेभलपमेन्ट बैंकले सात करोड ३२ लाख ३१ हजार र ललितपुर फाइनान्सले १० करोड ९४ लाख २७ हजार रुपैयाँ फिर्ता गर्न बाँकी देखिएको छ । आर्थिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्