×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फ्ल्यास ब्याक २०१७ : यी हुन् नेपाली ‘सो कल्ड भीआइपी’ बैंकरहरुका टप ५ काण्डहरु !

  • अर्थ सरोकार सम्बाददाता  
बर्ष २०१७ साल नेपाली बैंकिङ क्षेत्रमा नाम कहलिएका बैंकरहरुका लागि काण्डे बर्ष नै रह्यो । नेपाली बैंकिङ क्षेत्रका हस्ती मानिएकाहरुले कतिपय ठाउँमा बुद्धी नपुर्याउंदा त कतिपय ठाउँमा बढी जान्ने हुँदा सास्ती बेहोर्नु पर्यो । यो बर्ष सीइओका कारण कति चेलीहरु यौन दुर्व्यवहारमा परे भने कतिपय सीइओले देखाएको दादागिरीको पनि केहि सीप लागेन । संक्षेपमा भन्दा बजारमा देखिएका घटनाहरुलाई मात्र हेर्दा पनि बर्ष २०१७ काण्ड नै काण्डको बर्ष बन्यो । र यी सब घटनाका साक्षी बनेर हामीले पाठकहरुलाई हरेक घटना पस्किरह्यौं । र आज नयाँ बर्ष २०१८को यो बर्षमा हामी तीनै घटनालाई ‘रिक्याप गर्दैछौं’ 

१. अनिल शाह तलव काण्ड
बर्ष २०१७ मा सबैभन्दा पर्दाफास कसैको भयो भने त्यो अनिल शाह नै हुनुपर्छ । बजारमा शाहबारे रहेको भ्रम राम्रैसँग चिरियो । आफुले गरेपछि जे पनि हुन्छ वा अनिल शाहले कानुन नमानेपनि हुन्छ भन्ने शैलीमा काम गर्दा उनी नमज्जासँग पछारिए । मेगा बैंकमा जागिरको कार्यकाल नथपिने पक्का भएपछि हतार हतार उनी सेन्चुरी बैंकमा गैरकानुनी तलव सम्झौता गरेर गए । तर अर्थ सरोकार डटकमले यसबारे समाचार प्रकाशित गरेपछि उनको बार्ह नै बज्यो । पछी सेन्चुरी बैंकलाई धोका दिएर अलिकति पनि नैतिकताको ख्याल नराखी उनी नबिल गए । नबिलमा जाने बित्तिकै राष्ट्र बैंकले ‘कुलीङ पिरियड’को नीति ल्यायो । उनी अहिले बेरोजगार छन् । छोटोमा भन्दा अनिल शाहलाई चिन्ने मौका यसपाली सबैले पाए । उनले कतिको नैतिकताको ख्याल गर्नेरहेछन्, कतिसम्म कानुनको धज्जी उडाउने रहेछन् भन्ने स्पष्ट भयो । 
२.रविना देशराज श्रेष्ठको अर्धनग्न फोटो काण्ड 
रविना देशराज श्रेष्ठ अर्थात मेगा बैंककि उपल्लो तहकी कर्मचारी, डेपुटी सीइओ । उनी त यसपाली यति नमज्जासँग फोटो काण्डमा फसिन् कि झन्डै उनको जागिर नै गएको थियो । उनले सामाजिक सञ्जालमा माथि ब्रा र तल निकै छोटो बस्त्रमात्र लगाएर तस्विर सार्वजनिक गरिन् । बैंकर भएर त्यस्तो तस्विर सार्वजनिक गरेको भन्दै उनको व्यापक बिरोध भयो । सञ्चालक समितिले उनलाई यसबारे स्पष्टीकरण लियो । उनलाई बैंकबाट निकाल्नेसम्मको कुरा भयो । पछि रविनाले आफुलाई यहि कारणले जागिरबाट निकाले आफ्नो करियर बर्बाद हुनेभन्दै सञ्चालकसामु रोइकराई गरेपछि उनको जागिर जोगियो । सायद अव उनले फोटो सार्वजनिक गर्ने त परेको कुरा त्यस्तो फोटो खिच्दासमेत एक पटक २०१७ साललाई याद गर्छिन् होला । 
३. गण्डकी बिकास बैंकका सीइओको मति विग्रिंदा चेलीबेटीहरु यौन दुर्व्यवहारमा परेको काण्ड
गण्डकी बिकास बैंकका सीइओले मति बिगार्दा नेपाली चेलीहरु यौन दुर्व्यवहारमा परे यो बर्ष । जागिर खानका लागि आवेदन दिएका युवा युवतीको फोन नम्बर नै उनले वेव साइटमा सार्वजनिक गरिदिए । जसका कारण जागिरमा आवेदन दिएका केहि युवतीहरुलाई स्थानीय युवाहरुले फोन गर्दै यौन प्रस्तावसमेत राखेको खबर बाहिर आयो । जसका कारण गण्डकी बिकास बैंकका सीइओ निकै विवादमा आए । अर्थ सरोकार डटकमले यसबारे समाचार प्रकाशित गरेपछि उनले आफ्नो गल्ती सच्याए । कतिपय बैंकका सीइओहरुले त, ‘फोन नम्बर त आफुले लिने हो कहाँ अरुलाई दिएर कुरा बिगारेको त ?’ भनेर समेत व्यंग्यात्मक टिप्पणी गरे । अरुको बेइज्जत गर्न खोज्दा उनी आफैं बैज्जतको सिकार भए । 
४. सिभिल बैंकका सीइओ गोविन्द गुरुङका अनेकौं काण्ड !
यो बर्ष सबैभन्दा विवादमा आएका सीइओ भनेका अनिल शाह हुन् । त्यसपछि सबैभन्दा विवादित सीइओ गोविन्द गुरुङ हुन् । यसो त उनी पनि अनिल शाहकै प्रोडक्ट हुन् । मेगा बैंकको जागिर छाड्दा गाडी फिर्ता नगरेको भन्दै पुलिस केसमा समेत परेका उनी यसबर्ष लिंदै नलिएको ऋण तिर्न तागेता गर्दै चिठी पठाएको, बैंकभित्रै नक्कली लालपूर्जाको धन्दामा लागेको, लगायतका कारणहरुले विवादमा रहिरहे । गोविन्द गुरुङका कर्तुतबारेमात्रै सबै समाचार बनाउने हो भने एउटा समाचार होइन एउटा पूरै अनलाइनकै स्पेस पनि निकै बढी खान्छ । यसो त आफ्ना केहि कर्मचारीको कर्तुतका कारणपनि उनी विवादमा रहिरहे ।
५. शोभनदेव पन्तले नक्कली कर्मचारी भगाएको काण्ड 
नेपाली बैंकिङ क्षेत्रमा राम्रा मानिएका थोरै सीइओहरुमध्येका एक हुन् शोभन देव पन्त । तर उनले यसपाली आफ्ना स्टाफहरुलाई जोगाउने बहानामा गलत काम गरे । नक्कली सर्टिफिकेटका आधारमा आफ्नो बैंकमा जागिर खाएकाहरुलाई सीआइबीमा बुझाउनुपर्ने ठाउँमा उनले कर्मचारीलाई जागिर छोड्न लगाएर भगाए । पन्तले निकै सेफल्याण्ड हुनेगरी नक्कली सर्टिफिकेटधारीहरुलाई भगाएपछी उनी विवादमा तानिए । तर राष्ट्र बैंकसँगको उनको कसिलो सम्बन्धका कारण राष्ट्र बैंकले यसबारे उनीसँग थप जानकारी नै मागेन ।
यसबाहेक पनि बर्ष २०१७ मा नेपाली बैंकिङ क्षेत्रमा थुप्रै घोटालाहरु भए । थुप्रै सीइओहरु बदनाम भए । धेरै बैंकरहरुको ‘औकात’ कति रहेछ भन्ने तथ्य पनि सतहमै आयो । र ती एक- एक खबरलाई अर्थ सरोकारले एक एक गरी पस्किरह्यो । र भविष्यमा पस्कने बाचापनि गर्दछौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: