×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कोटेश्वरबासीले यसकारण सिटिजन्स् बैंकमा खाता नखोल्नू’, यस्तो छ झुर सेवा र कवाडी एटीएमले ग्राहकलाई दिएको पीडा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- घटना आइतबार विहान झन्डै ९ बजेतिरको हो । कोटेश्वर प्रहरी चौकी नजिकै रहेको सिटिजन्स बैंकको एटीएममा पुगिको अस्मिता गिरी (उनकै अनुरोधमा नाम परिवर्तन) । कोटेश्वरमै डेरा गरी बस्ने उनी आफ्नी आमा आकस्मिक विरामी भएपछी सिटिजन्सको एटीएममा पुगिन् । तर एटीएम चलेन ।’सर्भिस’ डाउन भएको थियो । पैसा ननिस्किएपछी उनी फसादमा परिन् । बैंक खुल्न अझै केहि समय पर्खनु पर्ने थियो । उनीसँग विकल्प भएन । आफ्नो समस्या एउटै घरमा डेरागरी बस्ने साथीलाई सुनाएपछि उनकी साथीले उनलाई सहयोग गरिन् । धन्न उनकी साथीसँग पैसा रहेछ । त्यसपछि उनले आफ्नी आमालाई सिभिल अस्पताल लगेर आकस्मिक कक्षमा भर्ना गरिन् । र प्रण गरिन्, ‘केहि दिनमै सिटिजन्स बैंकको खाता बन्द गर्छु । र जिन्दगीभर सिटिजन्सको ग्राहक बन्दिन ।’
दमको रोगले च्यापेकी आफ्नी आमालाई डाक्टरले समयमा नै उपचार भएकाले डराउनु नपर्ने बताए । आफ्नी बहिनीलाई कुरुवा राखेर खाना लिन उनी कोटेश्वरस्थित आफ्नो डेरामा फर्कंदै गर्दा अर्थ अरोकारको कार्यालयमा आएर उनले सिटिजन्स बैंकको एटीएममा भएको समस्याको तस्विरसहित आफ्नो पीडा सुनाइन् । बैंकको झुर सेवा र कवाडी एटीएमका बारेमा आफ्नो भोगाई सुनाउन थालिन् उनले ।

‘दुश्मनले पनि खाता नाखोलोस् सिटिजन्स् मा’
उनी दुखका साथ भन्दै थिइन्, ‘यो पहिलोपटक होइन । धेरै समय यस्तै हुन्छ । एटीएमबाट पैसा निकाल्नुअघि भगवानलाई प्रार्थना गर्नुपर्छ । पैसा निस्कियोस् भनेर । हिजो त भगवानको पनि सीप लागेनछ क्यार ।’ उनका अनुसार सिटिजन्स बैंकको कोटेश्वरस्थिति एटीएममा मात्र होइन धेरै ठाउँमा प्राय एटीएमहरुमा समस्या यस्तै छ ।’अहिले त सिटिजन्सको झुर सेवाबारे धेरैलाई थाहा भइसकेको छ । अहिले त म सिटिजन्सको एटीएम बोक्छु भन्दा पनि लाज लाग्छ ।’ उनी अगाडी भन्दै गइन्, ‘एटीएम भनेको अत्यावश्यक चीज हो । खल्तीमा पैसा राखेर हिंड्ने कुरा पनि हुन्न । कुन बेला के पर्छ, पर्छ । एटीएम त्यसका लागि न हो । तर चाहिएको बेला काम नलाग्ने एटीएम किन बोक्ने ?’ उनले थुप्रै बैंकहरुका घोटालाबारे अर्थ सरोकारको समाचार पढेको बताउँदै यसलाई पनि समाचारको विषय बनाएर सबैलाई चेतना फैलाउन आग्रह गरिन् ।

एटीएम कम्प्लेनको फोन उठ्दैन 
उनले आफुले एटीएम कम्प्लेनका लागि भन्दै एटीएम परिसरमा राखिएको नम्बरमा समेत फोन गरेको बताईन् । ‘फोन त एटीएम चलेको बेलामात्र उठ्ने रहेछ । नचलेको बेला कहिलेपनि त्यो फोन उठ्दैन । मैले थुप्रै पटक यस्तो समस्या उक्त फोन नम्बरमा फोन गरेर भनेको छु । तर एटीएम नचलेको बेला फोन उठ्दैन अनि बनीसकेपछी, ‘अँ अघि समस्या थियो’ अहिले ठिक भयो’ भन्ने उत्तर आउँछ । नभन्दै त्यसपछि उनले हामीलाई दिएको तस्विरमा उल्लेख भएको नम्बरमा पनि उत्तर त्यहि आयो, ‘विहान थोरै समस्या थियो, अहिले सबै काम भैसक्यो, एटीएम चलिसक्यो ।’
किन बदनाम बन्दैछ सिटिजन्स् ?
पछिल्ला केहि घटनाहरुलाई हेर्ने हो भने सिटिजन्स बैंक एक पछी अर्को विवादमा मुछिंदै आएको छ । कहिले एटीएम कवाडी भएको, कहिले वेव साइटमा समस्या आएको, कहिले नियम विपरित भ्याकेन्सीको सुचना निकालेको, कहिले भ्याकेन्सी गरिएपनि जागिर आफ्नैलाई मात्र खुवाएको, कहिले बैंकका उच्च तहका कर्मचारीलाई विभिन्न नियामकले कारवाही गरेको लगायतका समाचार निरन्तर रुपमा आइरहेको छ । यसले एकातर्फ बैंकको छवि कमजोर हुँदै गएको छ भने अर्कोतर्फ बैंक भित्र भित्रै बदनाम भइरहेको छ ।
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: