
- सबै भातृ संस्थाका प्रमुखलाई प्रवेस गराउन सफल हुँदासमेत नेबि संघको अध्यक्षको हैसियतले कांग्रेस नछाड्ने विश्वप्रकाश शर्माले १३ औं महाधिवेसनमा पूर्ण साथ र समर्थन दिएपछि देउवाले दुवै नेतालाई भावी नेतृत्वको रूपमा अवसर दिँदै जाने मनस्थिति बनाएका थिए तर शर्माले र भण्डारीले महासमिति बैठक बोलाई पार्टीले निर्वाचनमा पराजित हुनुको कारणको खोजी गरि निर्मम समिक्षा हनुपर्छ भने पछि देउवा तर्सिए
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै गुटका आशलाग्दा युवा नेता विश्वप्रकाश शर्मासहित सात जनाले पार्टीको महासमिति बैठक माग गरेपछि देउवाले आफूलाई राजनीतिक झड्का दिएको महसुस गरेका छन् ।
वाकपटुता र वाककलामा सिद्धहस्त युवा नेता शर्मासहित पार्टीको सबै गुटका युवा नेता एकातिर लागरे निर्वाचनमा पराजय भोग्नुको कारण पत्ता लगाउन महासमिति बैठक बोलाउनु प¥यो भनेर माग गरेपछि देउवा यो घटनाबाट झस्किएका छन् । पार्टीको १३ औं महाधिवेशनमा शर्मासहित युवा नेता चन्द्र भण्डारी लगायतले देउवालाई साथ र समर्थन दिएका थिए । तर आशा र भरोषायोग्य युवा नेताले समय सापेक्ष परिवर्तन हुन नचाहने नेताको बिकल्प समेत खोजिन जिकिर गरेपछि देउवालाई तनाव भएको हो ।
बीपीले २०३३ सालमा भारतप्रबासबाट नेपाल फर्किएको दिन पुस १६ गतेलाई बीपीका अनुयायीहरूले राष्टिय एकता र मेलमिलाप दिवसको रूपमा मनाउने गर्छन् । मेलमिलाप दिवसकै दिन युवा नेताले पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पराजय भोग्नुको कारण खोज्न र छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक र महासमिति बैठक बोलाउन माग गरेपछि देउवा तनावमा परेका हुन् ।
बालुवाटार स्रोतका अनुसार १३ औं महाधिवेसनमा आफूले निर्वाचन जित्नमा भूमिका खेल्ने युवाहरू नैं आफुलाई अप्ठ्यारो पार्न लागेको भन्दै देउवा चिन्तित भएका हुन् । गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा काठमाडौं क्ष्ोत्र नम्वर एकको उपनिर्वाचनमा तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई अन्तरघात गर्न खटाईएका खास पात्र नेविसंघका तत्कालिन महामन्त्री चन्द्र भण्डारी र २०५९ साल असारमा गिरिजाप्रसाद कोइराला नेतृृत्वको नेपाली कांग्रेसलाई फुटाएर आफूले खोलेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा पार्टीका सबै भातृ संस्थाका प्रमुखलाई प्रवेस गराउन सफल हुँदासमेत नेबि संघको अध्यक्षको हैसियतले कांग्रेस नछाड्ने विश्वप्रकाश शर्माले १३ औं महाधिवेसनमा पूर्ण साथ र समर्थन दिएपछि देउवाले दुवै नेतालाई भावी नेतृत्वको रूपमा अवसर दिँदै जाने मनस्थिति बनाएका थिए तर शर्माले र भण्डारीले महासमिति बैठक बोलाई पार्टीले निर्वाचनमा पराजित हुनुको कारणको खोजी गरी निर्मम समिक्षा हनु पर्छ भने पछि देउवा तर्सिएका हुन् ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको परिणाम आएको तीन साता वितिसक्दा समेत देउवाले न पदाधिकारी बैठक बोलाएका छन न त केन्द्रीय कार्य समिति बैठक नैं । देउवाले पार्टीले निर्वाचनमा भोग्नु परेको पराजयको दोष आफूमाथि आइलाग्ने भएपछि समानुपातिक निर्वाचन प्रणाली अन्तरगत प्रदेश सभा सदस्यको बन्दसूचीमा रहेकाको नाम छनौट गर्न समेत संसदीय समितिको बैठक बोलाएका छैनन । पार्टीको बिधिबिधान बिपरित केन्द्रीय कार्य सम्पादन समिति बैठकमार्फत समानुपातिकतर्फका उम्मेदवारको नाम छनोट गरेपछि युवा नेताहरूको देउवाप्रति मोह भंग भएको हो ।
पाँच नम्वर प्रदेशका पहाडि जिल्लालाई अन्य प्रदेशमा मिलाउन तयार भएका देउवाको कदमप्रति भण्डारीले असन्तुष्टी प्रकट गर्दै अखण्ड लुम्विनीको माग गर्दै आन्दोलनको नेतृत्व गरेका थिए । सोही कारण देखाउँदै देउवाले भण्डारीलाई कुनैं पनि सरकारमा सहभागी गराएनन् । अर्का नेता शर्मालाई राजनीतिक सल्लाहकार बनाउँछु भन्दै मिडियावाजी गरेपछि शर्मा पनि देउवाप्रति सशंकित भएका छन् । तिनै नेताद्धय शर्मा र भण्डारीले देउवाको साथ छोडेर युवाहरूको नयाँ मोर्चा बनाएका छन् । शर्मा र भण्डारीको यो मोर्चा वा दबाब समूहलाई पार्टीका अन्य गुटका यवा नेताले समेत साथ र समर्थन गरेका छन् । आफ्नो बिरोधमा रामचन्द्र पौडेल गुट मात्र लाग्ला न्ने सम्झिएका देउवाले जव भण्डारी र शर्मा नैं त्यो अभियनमा लागेको थाहा पाए, तव निकै झस्किएका छन् ।
शर्मा र भण्डारीको युवा अभियानलाई रामचन्द्र पौडेल गुटका प्रखर वक्ता धनराज गुरूङ, गुरूराज घिमिरे र बद्री पाण्डेले समेत साथ दिएका छन् । पार्टीको तेश्रो धारको रूपमा तीन दुुई बर्षअघि जन्मिएको कृष्णप्रसाद सिटौला गुटका गगन थापा र प्रदीप पौडेलले पनि बैठक बोलाउन माग गरेका छन् ।
सात केन्द्रीय सदस्यहरूले संयुक्तरूपमा जारी गरिएको बिज्ञप्तीमा पार्टी हार्दैछ भन्ने पूर्वआभष हुँदाहुँदैकिन निर्वाचनमा रणनीति अख्तियार गरिएन भनेर शीर्ष नेतासमक्ष प्रश्न तेस्र्याइएको छ । उनीहरूले विपक्षी दल विशेष गरी एमालेले निर्वाचनताका लगाएको आरोप र लाञ्छनाको तत्काल प्रतिबाद किन गरिएन भनेर प्रश्न गरिएको छ ।
यसरी युवा नेताहरूले निर्वाचनको मत परिणाम सार्बजनिक हुने बित्तिकै युवा नेताहरूले गुटभन्दा माथि उठेर निर्वाचनमा पराजित हनुको कारण र समिक्षा गर्न केन्द्रीय कार्य समिति बैठक बोलाउन माग गरेका थिए । तर देउवाले निर्वाचन परिणाम सबै आईनसकेको भन्दै पार्टीले निर्वाचनमा पराजित नभएको दाबी गर्दै आएका थिए । उनले समानुपातिकतर्फको मत एमालेको भन्दा केही कम मात्र आएको भन्दै पार्टी पराजित भएको भन्दै नेतृत्वको बिरोध गर्नेहरूलाई काउण्टर दिन भातृ संस्थाका अध्यक्षहरूलाई खटाएका थिए ।
भातृ संस्थाका प्रमुखहरूलाई मोटो रकम उपलब्ध गराउँदै देउवाले काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रेणी फुुडल्याण्डमा भेला गराई निर्वाचनमा पार्टी पराजित भएको शब्द उच्चारण समेत नगरी सभापति तथा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका थिए । भातृ संस्थाको औपचारिक बैठक गर्दा बिरोध हुने भन्दै नेबि संघ, महिला संघ र शिक्षक संघका अध्यक्षलाई होटल र रेष्टुरेण्टमा बैठक गरी मिडियामा प्रचार गराएका थिए । देउवा गुटका समर्थकहरूले निर्वाचन परिणामलाई लिएर बिरोध गर्नेहरूले पार्टीको हित नगर्ने भन्दै बिरोध गर्न लगाइएको थियो ।
केन्द्रीय कार्य समिति र महासमिति बैठक बोलाउन माग गरेका युवा नेताहरू आफूहरू गुटमाथि रहेको वताई सकेका छन् । रामचन्द्र पौडेल गुटका युवा तथा चर्चित नेताहरू धनराज, गुरूराज र बद्री पाण्डेले आफूहरू कुनैं गुटमा नभएको र गुटको व्यक्ति भएको भए टिकट पाइहालिन्थ्यो नि भनेर सार्वजानिक टिप्पणी गरेका छन् । युवा नेताहरूलाई नेता कृष्णप्रसाद सिटौलाले साथ र समर्थन गरिरहेको एक नेताले बताए ।
देउवाको निकट रहेको दाबी गर्ने केन्द्रीय सदस्यहरू डा. प्रकाशशरण महत, मिन विश्वकर्मा, बालकृष्ण खाँड लगायतले भने निर्वाचनमा पार्टी पराजित नभएको तर्क गरिरहेका छन् । उनीहरूले समानुपातिक तर्फको मत परिणामलाई हेर्दा नहारेको र बाम गठबन्धनले गर्दा मात्र प्रत्यक्षमा नजितेको तर्क गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्