×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टिप्स : सहकारीबाट ऋण लिंदै हुनुहुन्छ ? यी ५ कुरामा सचेत हुनुहोस् है !

  • अर्थ सरोकार टिप्स 
महँगो ब्याजदर हुने भएपनि सजिलोसँगै ऋण पाइने र प्रक्रिया पनि खास झन्झटिलो नहुने हुनाले सहकारीतर्फ धेरैको आकर्षण बढेको छ । पछिल्लो समय विभिन्न सहकारी संस्थाका प्रतिवेदनहरुले पनि सहकारीतर्फ धेरैको ‘क्रेज’ बढेको देखिन्छ । यद्यपी सहकारीबाट ऋण लिंदा केहि कुराहरुमा सचेत हुनुपर्छ । आजको अंकमा हामी तीनै टिप्सहरु तपाईंलाई दिने प्रयासमा छौं ।
१. ‘आफ्नै सहकारी हो, जसरी गरे पनि हुन्छ’ भन्ने तर्फ फिटिक्कै नलाग्नुहोस् । सहकारीबाट ऋण लिंदा संस्थाको सम्पूर्ण नियमहरु सदस्य र संस्था दुबै पक्षबीच भएको लिखित शर्तको आधारमा मात्र लिनुहोस् । यसमा ‘पछी मिलाउँला’ भन्नेतर्फ नलाग्नुहोस् । जति नै आफ्नो भनेपनि ऋण भनेको ऋण नै हो । यो कुरामा सचेत रहनुहोस् ।
२. हतार गरेर जहाँ भन्यो त्यहि कुरै नबुझी सहि गर्नेहरु पढेलेखेकै मध्ये पनि धेरै छन् । तमसुकमा उल्लेख गरिएका विषयहरुमा सचेत हुनुहोस् । सकेसम्म मुख्य बुँदाहरु पढ्नुहोस् ।
३. यदी तपाईंले धीतो राखेर ऋण लिंदै हुनुहुन्छ भने धितोको रुपमा राखिएको घर, जग्गा संस्थाको नाममा मात्र दृष्टिबन्धक गराउनुहोस् । यो धेरैले गल्ती गर्ने तर गल्ती गर्ने नहुने ठाउँ हो । अन्य कुनै पनि व्यक्तिको नाममा दृष्टिबन्धक वा नामसारी गराई ऋण लिने काम नगर्नुहोस् । यसरी धोका खाएकाहरु धेरै छन् ।
४. पूर्व ऋणीसंग पनि संस्थाको ऋण सेवाको बारेमा बुझेर ऋण लिने गर्नुहोस् । यसले सहकारीका बारेमा आफुले नबुझेको पाटोसमेत बुझ्न मद्धत गर्छ ।
५. कुनै पनि सहकारीबाट ऋण लिंदा संस्थासंग सबै लिखित आधिकारिक शर्त अनुसार मात्र लिनुहोस् । कुनै अन्य व्यक्तिको नाममा ऋणको साँवा तथा व्याज भुक्तानी गर्ने नगर्नुहोस् । संस्थाबाट ऋण लिएपछि संस्थागत रुपमै कारोबार गर्ने बानी बसाल्नुहोस् ।
तपाईंसँग अरु कुनै टिप्स छन् भने तल कमेन्ट बक्समा लेख्नुहोला 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: