
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ‘कर्पोरेट गभर्नेन्स’को पाटोमा नियामक भनिएकाहरु कसरी अरुको स्वार्थमा निहित हुन्छन् र लगानीकर्तालाई धोका दिएर कसरी करोडौंको खेल हुन्छ भन्ने चर्चा-परिचर्चा भइरहेका बेला सेबोनको कदम शंकाको दृष्टिकोणले हेर्न थालिएको छ । नेपाल धितोपत्र बोर्डले सेयर दलालहरुलाई सुधारिएको ब्रोकर ब्याक अफिसको प्रयोग गरेर अनलाइन कारोबारको अभ्यास गराउन निर्देशनात्मक आग्रह गरिरहँदा सेबोनले निजी कम्पनीको प्रमोसनलाई अगाडी बढाएपछि लगानीकर्ताको आँखामा छारो हालेर सेबोनका उच्च पदस्थ अधिकारीले आफ्नो स्वार्थ त पुरा गर्दै छैनन् ? भन्ने प्रश्न उठेको छ ।
भएछ के ? किन गरियो यस्तो ?
सेबोनले सेयर ब्रोकर लगानीकर्ता संघका अधिकारीहरु लगायतलाई बोलाएर एक निजी कम्पनीले बनाएको ब्रोकर ब्याक अफिसबारे ‘विज्ञापन’ शैलीमा जानकारी गराएपछी लगानीकर्ताले सेबोनको नियतमाथि नै प्रश्न उठाएका छन् । नेप्सेले वाईको मार्फत निर्माण गराएको प्रणालीको प्रवर्द्धन तथा परिक्षण गर्नुकोसट्टा सेबोनले सोर्स कोर्ड नामक कुनै एक नीजी कम्पनीले निर्माण गरेको ब्रोकर ब्याक अफिसको प्रयोग गर्न गराउन लागि परेपछि यस्तो शंका भएको हो । अनलाइन वाईको नामक कम्पनीले बनाइरहेको छ । लगानीकर्ताले चलाउने चीज पनि वाईकोको उत्पादन हुनेछ । तर यहि बीचमा सोहि अनलाइन प्रणालीलाई कसरी चलाउने भन्ने कुरामा ध्यान दिनुको सट्टा त्यसलाई अभ्यस्त गराउने नाममा स्रोत कोड नामक कम्पनीले बनाएको ‘प्रोडक्ट’माथि बिज्ञापन शैलीमा प्रचारात्मक काम सुरु गर्नुले सेबोन लगानीकर्ताको अनलाइन चलाउने चाहनामा भन्दा कुनै एक निजी कम्पनीले बनाएको कामलाई जनतामाझ ल्याएर आफ्नो स्वार्थ पूरा गराउने खेलमा उद्धत भएको शंका जन्मिएको छ । नेप्सेले तयार गरेको ब्रोकर ब्याक अफिसलाई धितोपत्र बोर्डले ‘माइनस’ गर्नु र सोहि बेला कुनै एक निजी कम्पनीको कामलाई बोर्डले नै बिज्ञापन गर्नुका पछाडी आर्थिक चलेखेलको समेत आशंका हुन थालेको छ ।
बोर्ड र नेप्सेको बीचको टकरावमा लगानीकर्ता, स्रोत कोड विरुद्ध अख्तियार गुहार्दै नेप्सेका कर्मचारी !
नेप्सेले ल्याउन लागेको पूर्ण अनलाइन कारोबार प्रणालीको एउटा उप प्रणाली (ब्रोकरब्याक अफिस) लाई बाइपास गरेर बोर्डले कुनै कम्पनीले निर्माण गरेको प्रणालीको प्रयोग गर्न निर्देशानात्मक आग्रह दिनुले सेबोन र नेप्सेबीच ‘टकराव’ जारी छ भन्ने त देखाएको छ नै, स्रोत कोड र सेबोनका उच्च अधिकारीबीच साँठगांठ त छैन ? भन्ने शंका पनि उत्पन्न भएको छ । यसो त यो कुरामा नेप्सेका कर्मचारीपनि रुष्ट बनेका छन् । ‘यो सरकारी निकायमा यस्तो काम हुने गर्छ । यहाँ ठुलो खेल छ । हामी अख्तियार गुहार्दैछौं । त्यसपछि किन यस्तो भयो भन्ने तथ्य बाहिर आउँछ ।’ नेप्सेका एक उच्च तहका कर्मचारीले अर्थ सरोकारसंग भने । यसो त सेयर दलालहरुले पनि सोर्स कोडले बनाएको ब्रोकर ब्याक अफिस खासै काम नलाग्ने भएको पाएको बताएका छन् । बोर्डले उक्त प्रोडक्टबारे जानकारी गराउने कार्यक्रमबाट फर्केका सेयर दलालहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सेमी अनलाइनका नाममा अनलाइन ढिलो ल्याउने खेल ! करोडौं रुपैयाँको चलखेलको आशंका !
यसो त यहि प्रोडक्टलाई सेमी अनलाइनको नाम समेत दिइएको छ । जवकी यो प्रोडक्ट बनाउने र अनलाइन प्रणाली बनाउने कम्पनी नै फरक हुन् भने तीनीहरुले प्रयोगमा ल्याउने अनलाइनको प्लेटफर्म नै फरक छ । यहि भएर पनि होला धेरै सेयर दलालहरुले यसलाई सेमी अनलाइन भनेकोमा आपत्ति जनाएका छन् । कतिपय सेयर दलालहरुले यसलाई अनलाइन ल्याउन ढिलो गर्ने काम भएको आरोप समेत लगाएका छन् । अहिले संचालनमा रहेको ब्रोकर ब्याक अफिसबाट पनि कारोबारको आदेश दिंदा इमेल र मेसेज मार्फत दिन सकिने अवस्था छ । यस्ता सामान्य प्रयोगलाई थोरैमात्र सुधार गरेर ल्याइएको प्रणालीलाई ‘सेमी अनलाइन’ को नाम दिनै नहुने सेयर दलालहरुको भनाइ छ ।
विना मापदण्ड काम, लगानीकर्ताको आँखामा हालिंदैछ छारो !
अझ अचम्मको कुरा त के छ भने ब्रोकर ब्याक अफिस कस्तो हुनुपर्छ भनेर नेप्सेले मापदण्ड नै तयार गरिसकेको छ। त्यसको लागि अनलाइन ट्रेडिङ प्रणालीको निर्माणको जिम्मा पाएको वाईकोले आफ्नो सिष्टम तयार गरिसकेको छ भने त्यसलाई परिस्कृत बनाउने कामपनि गरिरहेको छ । नेप्सेसंग वाईकोको करार हेर्ने हो भने वाईकोले उक्त प्रणाली नेप्सेलाई उपलब्ध गराउनेछ र भविष्यमा सेयर दलालहरुले त्यहि ब्रोकर ब्याक अफिस राखेर इन्टरनेट प्रयोग गरि अनलाइन कारोबार गरानुपर्नेछ । यसरी सरसर्ती हेर्दा वाईकोले बनाएको सिष्टममा सबैलाई अभ्यस्त गराउनुपर्ने थियो । तर नेप्सेको ब्रोकर ब्याक अफिसलाई ‘बाइपास’ गर्दै सोर्स कोडलाई प्रचार गर्ने शैली अनलाइन कारोबार ढिलो ल्याउने र सोर्स कोडसंग मिलेर पैसा कमाउने चाल भएको अधिकांसको आरोप छ । नेप्सेका कर्मचारीहरुले अख्तियार गुहार्ने तयारी गरिसकेकाले अव यसको छानविन हुने कुरामा लगानीकर्ताहरु आशावादी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्