
- अर्थ सरोकार समाचार टिपणी
काठमाडौँ- नेपालमा पहिलो पटक कमर्सियल बैंकमा महिला नेतृत्व आएको छ । केहि दिनअघि बसेको बैंकको संचालक समितिको बैठकले बैंककै डेपुटी सीइओ रहेकी अनुपमा खुन्जेलीलाई बैंकको प्रमुख कार्यकारी अधिकृत बनाएको हो । नेपालमा रहेका केहि विकास बैंक र फाइनान्स कम्पनीमा महिला प्रमुख कार्यकारी अधिकृत भएको भएपनि वाणिज्य बैंकमा महिलाले त्यो अवसर पाएका थिएनन् । तर मेगा बैंक स्थापना देखि कार्यरत खुन्जेलीलाई बैंकले सीइओ बनाएपछि अनुपमा खुन्जेलीका सम्भावना र चुनौतीबारे पनि बजारमा चर्को बहस हुन थालेको छ ।
थुप्रै छन् सम्भावनाका रेखाहरु, तर सजिलो छैन बाटो
यसो त अनुपमा खुन्जेली मेगा बैंकको सीइओ बनेपछि उनीसँगै थुप्रै सम्भावनाका रेखाहरु कोरिएका छन् । महिला बिकास वा नेपाली बैंकिङ क्षेत्रमा महिलाको सहभागीता सकारात्मक रुपमा अगाडी बढ्ने देखिन्छ । उनले पाएको ऐतिहासिक जिम्मेवारीले कोहि भन्दा कोहि कम छैनन् भन्ने देखाउने अवसर पनि मिलेको छ अनुपमा खुन्जेलीलाई । दुइ दशकभन्दा बढीको बैंकिङ अनुभव भएकी अनुपमाले मेगालाई अहिलेको ठाउँमा ल्याउन ठुलो योगदान दिएको चर्चा चलिरहँदा त्यो चर्चामात्र नभएर सत्य नै हो भन्ने देखाउने अवसरको रुपमा पनि यो नियुक्तिलाई लिन सकिन्छ ।
तर अनुपमाको बाटो सजिलो भने छैन । ‘किच्चक’ संचालक समिति र समितिको आइरहने प्रेसर उनका लागि ठुलो चुनौतीको विषय हो । मर्जरपछी टुरिजम डेभलोपमेन्ट बैंकका कर्मचारीको ‘सेटलमेन्ट’ उनका लागि अर्को चुनौतीको विषय हो । बेला-बेलामा बैंकमा घटेका विभिन्न स्क्यान्डल, र घोटाला प्रकरणले सेफ ल्याण्ड लिइनसकेका बेला त्यसलाई ब्यालेन्स गरेर अगाडी बढ्नु उनको अर्को चुनौती हो । सुन्दा तीतो लागेपनि उनी सीइओमा नियुक्त भएकै दिनदेखि उनकै बैंकमा रहेका केहिले उनीविरुद्ध अनग्रल प्रचार सुरु गरिसकेका छन् । यसलाई मिलाएर सन्तुलित भएर अगाडी बढ्नु उनका लागि अर्को चुनौती हो । उनको कार्यकाल असफल बनाउन केहि प्रतिष्पर्धीले राष्ट्र बैंकका केहि ठुला भनौदाहरुलाई हारगुहार गरेको तथ्य उनलाई पनि थाहा नै होला । यसलाई पनि डटेर सामना गर्नु उनका लागि अर्को चुनौतीको विषय हो । पछिल्लो घटना जेजस्तो विकसित भएपनि बजारमा प्रख्यात भनेर चिनिएका अनिल शाहको बिंडो थाम्नु उनका लागि अर्को चुनौती हो ।
अनुपमाले बुझने पर्ने कुरा
यसो त अनुपमा खुन्जेली बुझनै पर्ने केहि कुराहरु छन्, जसलाई उनले वेवास्ता गरे उनको कार्यकाल फ्लप खाने कुरामा कुनै शंका छैन । उनका दुश्मन उनकै बैंकभित्र छन् भन्ने तथ्य उनले बुझ्नुपर्छ । तर यसलाई सकारात्मक रुपमा सेफल्याण्ड गरिएन भने परिस्थित केहि फरक पनि हुनसक्छ । उनीविरुद्ध बजारमा एउटा तप्का नै लागेर उनको कार्यकाल असफल बनाउने प्रयास गरिरहेको छ । यस विषयमा उनी सजक हुन आवश्यक छ । आफ्नै बैंकका केहि संचालक उनीप्रति कतिसम्म रुष्ट छन् भन्ने तथ्य बुझेर उनी अगाडी बढ्नुको विकल्प छैन । आफ्नै बैंकभित्र ठुलो अहोदामै रहेका आफ्ना केहि कट्टर दुश्मन आफ्नो प्रगतिको बाधक भन्न सक्छन् भन्ने तथ्य पनि अनुपमाले बुझ्नुपर्छ । उनलाई कुनै पनि हालतमा कार्यकाल पूरा गर्न नदिनका लागि ठुलै षडयन्त्र भएको तःया उनले बुझ्न आवश्यक छ । राष्ट्र बैंकमा उनको ठुलो दुश्मनहरु रहेको तथ्य नौलो होइन । यसका लागि केहि मिडियाहरु प्रयोग हुन लागेको तथ्य पनि उनले बुझ्नुपर्छ । यसै पनि आवश्यकता भन्दा बढी एग्रेसिभ बिचारकि भनेर चिनिएकी उनले बुझ्नुपर्छ, ‘यो अनुपमाको मात्रै करियरको सवाल होइन, उनी असफल भए फेरि बैंकको सीइओमा महिला आउन निकै कठिन छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्