×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण पनि अब बैंकलाई सेयर ब्रोकर लाईसेन्स दिलाउन ब्रोकर एसोसिएसनबाटै पहल कदमी थाल्ने कि !

PRIME CA

यसकारण पनि अब बैंकलाई सेयर ब्रोकर लाईसेन्स दिलाउन ब्रोकर एसोसिएसनबाटै पहल कदमी थाल्ने कि !

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • रोहण शर्मा 
१. सेयर बजारमा नत लगानिकर्ताले सँधै कमाउँछन्, नत ब्रोकरलेनै सँधै कमाउँछन्। लगानीकर्ता र ब्रोकर दुबैले मनग्य कमाउने भनेको कारोबार सँख्या र रकम बढ्दाखेरी नै हो ।
२ . कारोबार रकम सँधै बढीरहने भन्ने हुँदैन । बिगतको तथ्यांकलाई हेर्ने हो भने पनि ब्रोकर सँस्था एउटा सिजनमा कमाएको पैसाले लामो समय पालिनु पर्ने अवस्था रहेको छ ।
३. अहिले हुने गरेको दैनिक कारोबार रकमबाट आधा भन्दा बढी ब्रोकरलाई BEP- BREAK EVEN POINT मा कम्पनी सँचालन गर्न गाह्रो भैसकेको छ ।
४. राजधानी भित्रै कारोबार सुस्ताएको अहिलेको अवस्थामा राजधानी बाहिर अझ दुर्गम ठाउँमा गएर शाखा बिस्तार गरेर सेवा दिनु भनेको अहिले कायम ब्रोकरलाई फलामको च्युरा चपाए सरहनै रहेको छ । निमायकबाट दिन प्रतिदिन बाध्यकारी निती आईरहेकै छ, जसबाट पछि हट्न सक्ने अवस्था र सँभावना दुबै छैन, बढ्दो लागत र घट्दो नाफाका कारण उपत्यका बाहिरको RWS सँचालन रहर नभई बाध्यता बनेको छ ।
५. अझै पनि नेपालको ब्रोकर कमिसन अन्य मुलुकको तुलनामा निकैनै धेरै छ। ब्रोकर कमिसन ढिलो चाँढो घट्नुको बिकल्प छैन । यदि बजार बिस्तार नहुने र अहिलेकै अवस्था रहने हो भने भोलीको दिन अझै असहज हुनसक्छ ।
६. बढीमा १० ब्रोकरहरु होलान् जसले बजारको ठुलो हिस्सा ओगटेका छन् उनिहरु लाई भने घाम पानी दुबै अवस्था सहजनै भैरहेको होला ।
७. अनलाईन ट्रेडिङ मुखैमा आईसक्यो भनिएको छ । तर आम लगानिकर्ताले त्यसको पुर्व तयारीको अनुभुतीसम्म गर्न सकेका छैनन् । यसलाई कार्यान्वयनमा ल्याउन पनि तत्काल देशभर ब्रोकर बिस्तार गर्नु जरुरी छ । भोली अनलाईन आएपछी पनि अहिले झैं काठमाण्डौ र केहि सिमित शहरबासीले मात्र कारोबार गर्न पाउने हो भने त्यसको कुनै औचित्य हुनेछैन ।
अब बजारलाई द्रुत मार्ग (FAST TRACK) बाट देशभर बिस्तार गर्नको लागी बैंकलाई ब्रोकर लाईसेन्स दिलाउन ब्रोकर आफै तात्नुपर्ने अवस्था आईसकेको छ । सेयर कारोबार हुने मुख्य थलो भनेको काठमाण्डौ उपत्यकानै हो । ५० ब्रोकर पनि उपत्यका केन्द्रीतनै छन् । बाहिर खुलेका केहि साखा (RWS) पनि नारायणघाट , पोखरा , बुटवल, बिराटनगर,धरान लगायत मुख्य शहर मात्र केन्द्रीत छन् ।
छातीमा हात राखेर सोचौं, 
बिकासको लागी सबै भन्दा ठुलो कुरा भनेको बाटोघाटो को निर्माण लाई लिईन्छ । आधुनिक बाटो बनाउन कुटो कोदालोले मात्र सँभव छैन । यसको लागी त अत्याधुनिक एक्जाभेटर ,डोजर, रोलर लगायतका सामग्रीको साथै दक्ष जनशक्तीको जरुरत पर्दछ। कुटो कोदालोले त हातेमालो गर्ने मात्र हो ।
बैंकसँग पर्याप्त श्रोत, साधन र पहुँच रहेको हुँदा दुर्गम ठाउँमा पुँजी बजारको बाटो बिस्तार गर्नको लागी ब्रोकर लाईसेन्स दिलाएर मार्ग प्रशस्त गरौं। आखिर बाटो बनेपछी त्यो बाटो उपभोग गर्ने हामी सबैलेनै हो ।
खुल्ला बजारलाई खुल्ला किसिमले स्विकार गरौं । खुल्ला बजारमा खुल्ला प्रतिस्पर्धा हुन्छ। जहाँ प्रतिस्पर्धा हुन्छ त्यसको प्रत्यक्ष फाईदा उपभोक्तालाई हुन्छ । भोली ब्रोकर लाईसेन्स प्राप्त गरिसके पश्चात बैंकले लगानिकर्तालाई सहज रुपमा ब्रोकिङ सेवा प्रदान गर्न सकेनन् भने लगानिकर्ता जहाँ सहज हुन्छ त्यहिं जान्छन् । तसर्थ पुँजीबजारको बिकास र बिस्तारको लागी धेरै भन्दा धेरै बिकल्पको सृजनानै अहिलेको प्रमुख आवश्यकता हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: