×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरामा ‘यामाहा’का बाइकका पाठपूर्जामा ‘लुट’, एमआरपीलाई मार्करले मेटेर खुलेआम ‘कालोबजारी’ ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा- विष्णु अग्रवाल अर्थात अर्का भीआइपी ‘ठग’, जसले यामाहाका बाइक बेच्दा जनतालाई लुट्नुसम्म लुट्छन् भन्ने तथ्य त यसअघि नै अर्थ सरोकार डटकमले प्रकाशित गरिसकेको छ । प्रचलित कानुन विपरित २० प्रतिशतभन्दा बढी नाफा खाएर लुट मच्चाएको यामाहाको बाइक बेच्ने नेपालको कम्पनीका मालिक अहिले उक्त धन्दा छताछुल्ल भएपछी एमआरपीनै मेटेर लुटधन्दामा लागेको खुलासा भएको छ । उनको कम्पनी मोरङ अटो वर्क्स इन्टरप्राइजेज (जो यामाहाको अधिकारिक विक्रेता हो) सँग मिलेर लेखनाथ–९ नयाँबजारमा रहेको विश्वकर्मा अटो वर्कसले एमआरपी नै मेटेर जनतालाई कालोबजारी गरेको पाईएपछि यस्तो रहस्य खुलेको हो ।
भेटियो यस्तो ठगीको प्रमाण !
जिल्ला अनुगमन समितिलाई गरिएको पत्राचारलाई आधार मानेर अनुगमन टोली उक्त स्थानमा पुग्दा ठगी गरेको प्रमाणित नै भयो । समितिले ठगीका प्रमाण कास्की प्रहरीलाई बुझाएको छ । अनुगमनका क्रममा पार्ट्सको मूल्य १ हजार ८ सय ३४ आइसी रहेकोमा त्यसलाई ५ हजार ५ सय नेपाली रुपैयाँसम्म लिइएको प्रमाण फेला परेको छ । जवकी भारतीय १ हजार ८ सय ३४ रुपैयाँ पर्ने उक्त पार्ट्सको मूल्य १३ प्रतिशत भ्याट जोड्दा ३ हजार ३ सय १५ हुन आउँछ । भ्याटसहितको मूल्यमा २० प्रतिशत नाफा राख्दा पनि ३ हजार ९ सय ७८ आउँछ । तर कम्पनीले ५ हजार ५ सय रुपैयाँ लिएको प्रमाण फेला परेपछि एउटा पार्ट्समा १ हजार ५ सय रुपैयाँ ठगि गरेको भन्दै अनुगमन समितिले उक्त बिलसहित कास्की प्रहरीमा उजुरी गरेको छ । यो मात्रै होइन अन्य ग्राहकहरुले पनि यसरी नै आफु ठगिएको प्रमाण पेश गरेका छन् । कानुन अनुसार एमआरपी मेटेर वा छोपेर पनि बेच्न नपाइने व्यवस्था छ । तर उक्त कम्पनीले यसखाले गैरकानुनी धन्दा पनि चलाएको छ । 
सीडीओदेखि उपभोक्ता मन्चका अध्यक्षसम्म भन्छन्, ‘यामाहाले सरासर कालोबजारी गर्यो’
यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एवं एसपी ओमबहादुर रानाले सामान सहित कर्मचारीलाई ल्याएको र कारवाहीका लागि मुचुल्का सहित सबै कागजात जिल्ला प्रशासन कार्यालयमा पेस गरेका बताएका छन् । यता अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै कास्कीका सीडीओ तारानाथ अधिकारीले पनि तोकिएको मूल्य भन्दा धेरै रकम लिएको पाइएपछि कारवाहीको प्रक्रिया अघि बढाइएको बताए भने उपभोक्ता मंच कास्कीका अध्यक्षले पनि यामाहाले लुट गरेको नै हो भनी आरोप लगाएका छन् । ‘यो त सरासर कालोबजारी हो । कानुनत: यो कालोबजारी नै हो । प्रिन्ट मूल्य केर्नु अर्को अपराध हो । हामीले ठगी गरेको प्रामाणसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छौं ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।  
सञ्चालकको कुतर्क, ‘त्यो मूल्य त भारतका लागि मात्र हो’
यता विश्वकर्मा अटो वक्सका सञ्चालक सरोज श्रेष्ठले भने उक्त मूल्य भारतका लागिमात्र भएको कुतर्क गरेका छन् । ‘हामीलाई उजुरी परेको रहेछ । उजुरी गर्ने व्यक्ति भएर हेर्दा त्यो ठिकै हो । तर हामी त व्यापारी हो नि ! त्यसमाथि त्यो मूल्य त भारतका लागि मात्र हो । कहाँ २० प्रतिशत नाफा खाएर मात्र व्यापार गर्न सकिन्छ र ? मैले सबै कुरा जिल्ला प्रशासन कार्यालयमा राखीसकेको छु । मेरो गल्ती छ भने, म नियम अनुसार कारवाही भोग्न तयार छु ।’ यसअघि अर्थ सरोकार डटकमले यामाहाका बाइक किन्दा ग्राहक कसरीसम्म ठगिन्छन् भन्ने तथ्य प्रकाशन गरेको थियो । अर्थ सरोकार डटकमले ब्रेक गरेको यो खबर त्यसपछि देशका विभिन्न ब्रोडशीटहरुमा समेत प्रकाशित भएको थियो ।  
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: