×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Brand ‘बहस’ : महालक्ष्मीको यो कस्तो ‘स्किम’ ? घर-घडेरीको चाहना ‘जुठो’ बनाउन किन जाने महालक्ष्मी बिकास बैंक ?

PRIME CA

Brand ‘बहस’ : महालक्ष्मीको यो कस्तो ‘स्किम’ ? घर-घडेरीको चाहना ‘जुठो’ बनाउन किन जाने महालक्ष्मी बिकास बैंक ?

अर्थ सरोकार

३१ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

‘घर-घडेरीको चाहाना
पुरा हुन्छ महालक्ष्मीमा’
महालक्ष्मी बिकास बैंकको यो बिज्ञापन हेर्दा तपाईंलाई सामान्य नै लाग्न सक्छ । तर यो बिज्ञापन जव भाषाविज्ञ अर्जुन कुमार पौडेलले हेरे, उनी छक्क मात्र परेनन्, एक पटक मज्जाले हाँसे । अनि फोन लगाए अर्थ सरोकार डटकमको कार्यालयमा । नभन्दै त्यसको शावादिक अर्थ हेर्ने नै हो र भाषा नै केलाउने हो भने त त्यसको अर्थ त उल्टो पर्दो रहेछ । नेपाली वृहद शब्दकोष अनुसार रश्व ‘पुरा’को अर्थ जुठो भन्ने लाग्दो रहेछ भने दीर्घ ‘पूरा’को अर्थ पूर्ण भन्ने लाग्दो रहेछ ।
अर्थात भाषालाई केलाएर महालक्ष्मी बिकास बैंकको बिज्ञापनलाई बुझ्ने हो भने अर्थ जाँदो रहेछ
‘घर घडेरीको चाहाना 
जुठो हुन्छ महालक्ष्मीमा’
यसलाई पनि अर्थ लगाउने हो भने त तपाईंको घर घडेरीको चाहाना नै महालक्ष्मी बिकास बैंकमा जुठो हुने रहेछ । अव यसलाई थप प्रस्ट्याउने हो भने त लेख्न र भन्न पनि लाज हुने खालको समेत अर्थ जाँदो रहेछ । झट्ट सुन्दा रमाइलो लाग्ने भएपनि यो गम्भीर विषय भएको भाषाविद्हरुको भनाइ छ । नेपालमा आफुलाई राम्रो बैंक भन्न रुचाउने केहिले यस्तो गलत कामलाई प्रसय दिंदा नेपाली भाषामाथि नै प्रहार भएको उनीहरुको बुझाइ छ । ‘लेख्न नजाने नलेखे भइहाल्यो । तर यस्तो मनपरी कसैले गर्नुहुन्न । अव चाहाना नै जुठो हुने गरी किन महालक्ष्मी जाने र ?’ भाषाविद्  कुमार पौडेलले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार पुराको अर्थ जुठो भन्ने धेरैलाई थाहा छ । ‘भाग खानेलाई भन्दा पुरा खानेलाई हतार’ भन्ने त उखान नै छ नि ! पूर्णको अर्थ लाग्ने पूरा दीर्घ नै हुन्छ ।     
‘सभ्यता हो भाषा, यसलाई नबिगारौं’
यता विभिन्न बैंकहरुले भाषा बिगारेको भन्दै भाषाविद्हरुले गुनासो पोखेका छन् । यसरी भाषा बिग्रिने विभिन्न कारणहरु छन् । एक त बैंकसँग भाषाका बारेमा जान्ने स्रोत नै छैन । अर्कोतर्फ यस्तो गल्ती बैंकभन्दा पनि तीनका एजेन्सीहरुले गर्ने गरेका छन् । कुन शब्द कसरि लेखिन्छ भन्ने ज्ञान नै नभएका एजेन्सीहरुलाई काम दिएका कारण बैंकलाई भाषा बिगारेको आरोप लागेको हो । तर पटक पटक यसबारे विभिन्न व्यक्तिले सुझाव दिएको भए पनि बैंकको ‘मै जान्ने हुँ’ भन्ने शैलीले बैंकले गरिरहेको यस्तो गलत काम रोकिएको छैन । नेपाली भाषामा स्नातकोत्तर गरेका सौरभ पौडेल यस्तो गल्ती बैंकको लापरवाहीले हुने गरेको बताउँछन् । ‘एउटा विज्ञापन बनाउँदा लाखौँ खर्च गर्न सक्ने बैंकले भाषाका लागि लगानी गरेको देखिंदैन । लगानी त परको कुरा भयो, सोध्ने काम पनि हुँदैन । मैले गरेको ठिक भन्ने शैलीले यस्तो स्थिति निम्त्याएको हो ।’
यसो त भाषाको कुरै छाडौं, बैंकको ग्राहकसँगको सञ्चारको स्थितिपनि बेहाल नै रहेछ । यस विषयमा बुझ्न हामीले बैंकको प्रधान कार्यालयमा फोन गरेका थियौं । तर १०:२३, १०:२८, र १०: ३८ मा हामीले निरन्तर फोन गर्दा पनि त्यहाँको फोन उठेन ।   
यो पनि पढ्नुहोस् 

बैंकहरुले बिगारेको ‘भाषा-सभ्यता’ : बैंकहरुका बिज्ञापन, र ब्यानरदेखि ‘ब्रोसर’सम्म गल्ती नै गल्ती ! (प्रमाणसहित)  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: