×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्टको आईपीओलाई हेटौंडाबासीको मौन बहिष्कार, २३ % मात्र सेयर बिक्दा कम्पनीको ‘अन्तराष्ट्रिय’ बेइज्जत !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बजारमा ‘ठग’ सिमेन्टको रुपमा बदनामी कमाएको शिवम् सिमेन्टको सेयरलाईसमेत जनताले बहिस्कार गरेका छन् । शिवम् सिमेन्ट उद्योगले प्रभावित मकवानपुरबासीका लागि बिक्रीमा ल्याएको ८ लाख ८० हजार कित्ता प्राथमिक शेयर बिक्रीमा  ल्याएपनि कुल सेयरको २३ प्रतिशत मात्र बिकेसँगै मकवानपुरबासीले कम्पनीको सेयरलाई ‘लात’ हानेको रहस्य बाहिर आएको हो ।
सोमबारु अन्तिम दिनसम्म खुलेको आईपीओको आवेदनमा ८ लाख ८० हजार कित्ता मध्ये जम्मा दुई लाख कित्ता हाराहारी मात्र बिक्री भएको । महँगोमा सेयर बेच्न खोजेको कम्पनीले यो प्रकरणसँगै थप बदनामी कमाएको छ भने स्थानीयबासीहरुमा उद्योगप्रतिको स्वामित्वबोध गराउने चाहानामा शतप्रतिशत फेल भएको छ । यसरी मकवानपुरबासीले मौन बहिष्कार गरेको सेयरलाई सर्बसाधारणमा प्रतिकित्ता ४०० रुपैयाँ बिक्री गर्ने गरी तयारी कम्पनीको छ । तर यसरी जारी हुने सेयरमा पनि धेरैले रुची नराख्ने पक्कापक्की भएको जानकारहरु बताउँछन् । 
यो छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: