
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – थुप्रै नेपाली चेलीहरुको सपना हुन्छ- नर्श बन्ने । अझ पछिल्लो समय त नर्स बन्ने लहड नै चलेको छ । तर लाखौँ खर्च गरेर पढेपछि गरिने यो पेशाको भित्री पीडा भने बेग्लै छ । नेपालमा नर्सहरूको अत्याधिक उत्पादन हुने गरेको र सोहि अनुसारको माग नभएपछी बर्षौंदेखि यसरी नर्सहरु श्रम शोषणको पीडामा परेका छन् । ५ देखि ८ लाख गरेर नर्सिङ पढ्नेहरु हुन् वा र १५ लाख रुपैयाँसम्म खर्च गरेर बिएस्सी नर्सिङ पढ्नेहरुको पीडा उस्तै छ ।
४ वर्षअघि नर्सिङ सकेकी काभ्रेकि फूलमाया तामाङले एक स्वास्थ्य संस्थामा काम गरेको ३ वर्ष भयो । तर उनोक तलव सुन्दा तपाईं अचम्ममा पर्नुहुनेछ । अहिले पनि यो महंगीमा उनको मासिक तलब अहिले ५ हजार रुपैयाँ छ । उनले सुरुमा ८ महिनामा त भोलेन्टियर्स गरिन् जसको कुनै पनि तलव उनलाई दिइएन । उनका अनुसार यसरी काम गर्नेहरु धेरै छन् नेपालमा । यो बाध्यता धेरैसंग छ । यस्तै ६ बर्ष अघि बिएससी नर्सिङ सकेकी इलामकि रमिला सुवेदीको मासिक तलव ८ हजार रुपैयाँ छ । नेपालको यस्तै भयाबह स्थितिका कारण अधिकांस नर्सहरु विदेशीने गरेको उनको भनाइ छ । अझ उनका अनुसार केहि महिना भोलेन्टियर्सको रुपमा काम गरेपछि अस्पतालले निकालिदिने र अर्को अस्पतालमा फेरी भोलेन्टियर्स नै भएर काम गर्नुपर्ने बाध्यताका कारण बर्षौंसम्म बिना पैसा काम गर्नेहरुको संख्या पनि ठूलो छ काठमाडौँमा । यस्तै काठमाडौँ कोटेश्वर बस्ने सृजना महर्जनले एक अस्पतालमा ९ हजारमा काम गरिरहेकी छिन् । उनका अनुसार करिव १५ लाख खर्च गरेर पढाइ सकेकी उनले ४५०० बाट काम सुरु गरेकी थिइन् । २ बर्ष भयो उनले यसरी काम गरेको । यसरी नेपालमा बस्न नसकिने भएपछी उनी विदेश जाने तयारीमा छिन् ।
वर्षमा ८ हजार नर्स उत्पादन, अधिकांस यसकारण जान्छन् विदेश
नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ७१ हजार ५ सय ५७ नर्सहरु दर्ता भएका छन् । काउन्सिलका अनुसार करिब ३ सय नर्सिङ कलेजबाट वार्षिक ८ हजारको संख्यामा नर्सहरू उत्पादन हुन्छन् । नेपालमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बिपिकेएच धरानबाट विद्यार्थी उत्पादन हुन्छन् । एएनएममा ५०, स्टाफ नर्स १ सय १९, बिएस्सी नर्सिङमा ४५, ब्याचलर अफ नर्सिङ, मास्टर्स अफ नर्सिङ गरेर ३ सय नर्सिङ कलेजबाट विद्यार्थी उत्पादन भइरहेका छन् । यी मध्ये अधिकांसको उदेश्य नै विदेश जाने हुन्छ ।विदेशमा नर्सहरूको डिमान्ड धेरै हुने हुनाले र नेपालमा भविष्य नभएका कारण धेरैको गन्तव्य विदेश नै हुने गरेको छ । विशेष गरी अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतलगायतका देश नर्सको प्रमुख गन्तव्य बन्ने गरेको छ । यसो त विदेशमा नर्सिङ गरेकाले सजिलै काम पाउने भएकाले विदेशमा बस्ने युवाले नेपाली नर्स विवाह गर्ने गरेका छन् । विदेशमा नेपाली नर्सले कम्तीमा मासिक २ देखि ५–७ लाख रुपैयाँसम्म कमाउने गर्छन् ।
राजधानीका चर्चित अस्पतालले नर्सलाई दिँदै आएको पारिश्रमिक
अर्थ सरोकार डटकमले प्राप्त गरेको जानकारी अनुसार वीर अस्पतालले अनमीलाई मासिक २२ हजार १, पाँचौँ तहका स्टाफ नर्सलाई २३ हजार ५००, छैटौँ तहका स्टाफ नर्सलाई ३०,५००, नर्सिङ अधिकृत वा नर्सिङमा ब्याचलर गरेकोलाई ४० हजार १५०, नर्सिङ प्रशासन नवौँ तह ४०,१५० र नर्सिङ प्रमुखलाई ४२,८,८० तलब दिने गरेको छ ।
काठमाडौं मोडल कलेज अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १३ हजार, नर्सिङ अधिकृत सातौँ तहलाई १७ हजार, नर्सिङ प्रशासन नवौँ तहलाई २० हजार ५०० र नर्सिङ प्रमुखलाई ३० हजार रुपैयाँ दिँदै आएको छ । बी एन्ड बी अस्पतालले नर्सिङ पाँचौँ तहलाई १३ हजार १ सय, स्टाफ नर्स छैटौँ तहलाई १५ हजार ६ सय, अधिकृत सातौँ तहलाई २३ हजार, नर्सिङ प्रशासनिक नवौँ तहलाई ३० हजार र नर्सिङ प्रमुखलाई ५१ हजार दिँदै आएको छ । नर्भिक अस्पतालले अनमीलाई १० हजार ६ सय ५०, नर्सिङ पाँचौँ तहलाई १० हजार ६ सय ५० र स्टाफ नर्स छैटौँ तहलाई ११ हजार ८५, नर्सिङ अधिकृत सातौँ तहलाई २३ हजार, नर्सिङ प्रमुखलाई १ लाख रुपैयाँ दिँदै आएको छ ।
त्यस्तै ग्रान्डी इन्टरनेसनल अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १६ हजार, नर्सिङ अधिकृत सातौँ तहलाई ४० हजार, नर्सिङ प्रशासक नवौँ तहलाई ७५ हजार, नर्सिङ प्रमुखलाई १ लाख ५१ हजार रुपैयाँ दिँदै आएको छ । यता पाटन विज्ञान प्रतिष्ठान पाटन अस्पतालले पाँचौँ तहका स्टाफ नर्सलाई २५,९६९, नर्सिङ अधिकृतलाई ३३ हजार २ सय ७, नर्सिङ प्रशासकलाई ४३ हजार ६ सय ५५ रुपैयाँ दिँदै आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनमीलाई १६ हजार ८ सय, स्टाफ नर्स पाँचौँ तह २२ हजार ९००, स्टाफ नर्स छैटौँ तह २६ हजार ४००, नर्सिङ अधिकृत २८ हजार ८००, नर्सिङ प्रशासन पाँचौँ तह ३२ हजार ३०० र नर्सिङ प्रमुखलाई ५५ हजार ६०० रुपैयाँ दिँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्