×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको साधारण सभा मंसिर २७ मा, १४% नगद लाभांश प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंकको साधारण सभा मंसिर २७ मा, १४% नगद लाभांश प्रस्ताव पेस गरिने

५ मंसिर २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सानिमा बैंकले १४% नगद लाभांशको प्रस्ताव पेस गर्न मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट १४% नगद लाभांश दिन लागेको हो । साधारण सभाका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने जानकारी प्रदान गरेको छ । यस अनुसार मङ्सिर १३ गते सम्म कायम सेयर धनीले मात्र नगद लाभांश पौने छन् ।
बैंकले १ अर्ब १२ करोड १ लाख ७५ हजार ७६२ रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ । हाल यसको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । सानिमाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी