×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुगड ग्रुपको ‘आक्वा हन्ड्रेड’ पिउने पानी प्रदूषित भएको प्रमाणित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दुगड ग्रुपको ‘आक्वा हन्ड्रेड’ पिउने पानी प्रदूषित भएको प्रमाणित

१८ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं – दुगड ग्रुपद्वारा उत्पादन हुँदै आएको ‘आक्वा हन्ड्रेड’ ब्राण्डको मिनरलवाटर पानी खान अयोग्य भएको प्रमाणित भएको छ । सो कम्पनीले उत्पादन गरेको पानीमध्ये केही सिलप्याक मिनरलवाटरको परीक्षण गर्दा सो कुरा पत्ता लागेको हो । दुगडले उत्पादन गरेको पानीलाई खुद्रा पसलमा खरिद गर्दा सिलप्याक बोटलभित्र अखाद्य वस्तु (किरा) भेटिएपछि त्यसबारे छानबिन गरी कारबाहीको मागसहित सरकारी निकायमा उजुरी परेपछि भएको ल्यापटेस्टबाट गुणस्तरहीन भएको प्रमाणित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले गरेको छ । गुणस्तरहीन भएको पानी बजारमा बिक्रीवितरण भएपछि विभागले आक्वा मिनीरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपका मुख्य व्यक्ति सञ्जय दुगडलाई सात दिनभित्र उपस्थित हुन काटिएको पत्रको समेत बेवास्ता गरी बसेका छन् । सो ग्रुपका सञ्जयलाई विभागले २ वटा पत्र पठाई सात दिनभित्र विभागको कार्यालय बबरमहल उपस्थित हुन दिएको निर्देशनलाई अटेर गरेको र कम्पनीबाट सञ्जय दुगड नेपालबाहिर भएको भन्ने उत्तर दिएको विभागले जनाएको छ । विभागले पठाएको पत्रमा भनिएको छ, ‘कुनै पनि कम्पनीबाट उत्पादन भएका वस्तुहरुको सम्बन्धमा परेको उजुरीका सम्बन्धमा त्यस कम्पनीको कर्मचारीबाट भन्दा पनि कम्पनीको मुख्य व्यक्ति वा मुख्य जिम्मेवारी अथवा कम्पनी रजिष्ट्रार कार्यलयमा उल्लेख गरेको व्यक्ति नै उपस्थित भई प्रमाण पेस गर्नु–गराउनु भन्दै सञ्जय दुगड नै उपस्थित निर्देश गर्दछ ।’
यसरी विभागले पत्र पठाएपछि कम्पनीको नाम गर्दै रवीन्द्र श्रेष्ठले सो ब्राण्डका पानी गुणस्तरीय भएको भन्दै निजी ल्यापमा लगी ल्याबटेस्ट गरेको नक्कली रिपोर्ट समेत बुझाएको बुझिएको छ । तर श्रेष्ठले सो रिपोर्ट दिएपछि आक्वा हन्ड्रेडको बोटलभित्र भएको किरा (साङ्ला)का बारेमा भने केही भन्न चाहेनन् । सरकारी निकायबाट अनुसन्धानकै क्रममा रहेको सो कम्पनीको पानी भने विना रोकावट अहिले पनि सिंहदरबारदेखि उच्चपदस्थ कर्मचारीको घर अफिसमा वितरण भइरहेको छ । आक्वा हन्ड्रेड नामको पिउनेपानीको सिलप्याक बोटलभित्र किरा भेटिएपछि कारबाहीका लागि सरकारी निकायमा उजुरी परेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल र उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परेसँगै सो समूहलाई पत्र नै पठाएर सात दिनभित्र बजारमा बिक्रीवितरणका लागि पठाएका सबै पानी फिर्ता ल्याई सत्यतथ्य विवरणसहित उपस्थित हुन पत्राचार गरे पनि सो पत्रलाई बेवास्ता गरी गुणस्तरहीन पानी बिक्रीवितरण गर्दै आएको छ । ग्रुपले जमिनमुनिको पानीलाई तानेर बोटलमा सिलबन्दी गरी अत्यधिक महंगोमा बिक्री गर्र्दै आएको छ ।
सोही क्रममा ठूला घरानीया कम्पनीको नाममा नेपाली बजारमा बिक्री हुँदै आएको ‘आक्वा हन्ड्रेड’ नामको पानी गुणस्तरहीन र बन्द बोटलभित्र साङ्ला भेटिए पनि सो बारे दुगड ग्रुपले कुनै चासो देखाएको छैन । एचसी दुगड ग्रुपद्वारा उत्पादन गरेको ‘के ०१८ ब्याच’ नम्बर रहेको पानीमा खुला आँखाले देखिने गरी किरा (साङला) भिटिएको हो । ‘१४–११–२०१८ मा १४ बजेर ४१ मिनेट’मा प्याक गरिएको बोटलमा साङला भेटिएपछि दुवै विभागबाट कारबाहीका लागि अनुसन्धान जारी रहेको जनाउँदै आएको छ । सो समूहले ‘नेपालको आफ्नो, नेपालमा बनेको’ भन्दै आम उपभोक्ताहरुलाई झूटको व्यापार गर्दै आएको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणले समेत प्रयोग गर्दैै आएको सो पानी पछिल्लो पटक गुणस्तरहीन भेटिए पनि सरकारले सुस्तगतिमा छानबिन गरेको आरोप समेत लागेको छ । सो समूहका कर्मचारी चन्द्रमणि घिमिरे भने गैरकानुनी जवाफ दिँदै आएका छन् ।
उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार कुनै पनि कम्पनीले उत्पादन गरेका र प्रत्यक्ष जनस्वास्थ्यसँग सरोकार राख्ने वस्तुमा कैफियत भेटिएमा, गुणस्तरहीन भएमा र नाङ्गो आँखाले हेर्दा अखाद्य वस्तु भेटिएमा त्यस्ता कम्पनीको उत्पादनमा रोक लगाई थप अनुसन्धान गरी प्रमाणित भएमा कारबाही हुने व्यवस्था भए पनि सो अनुसार अहिलेसम्म आक्वा हन्ड्रेड नामको पानी कम्पनीमा भने लागू गर्नसकेको छैन । खाद्य ऐन २०७५ को दफा १८ ‘ग’ मा उल्लिखित उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवा उत्पादन वा बिक्री गर्नेको कसुर दफा १८ विपरीत हुने गरी काम गरे वा गराएमा कारबाही हुने कानुनमा उल्लेख छ । राजधानीमा भएको चरम खानेपानीको अभावको मौका छोप्दै गुणस्तरहीन पानीको नाममा एचसी दुगड ग्रुपले मन्दविष नै बेच्दै आएको पछिल्लोपटकको गतिविधिबाट प्रष्ट भएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र सो ग्रुपको फ्याक्ट्री स्थापना गरेर दैनिक हजारौँ बोतल तथा जारहरू उत्पादन गर्दैै आएको छ ।
प्रशोधित पानीमा किरा भेटिने गरेपछि उपभोक्ताको ज्यानसँग खेलबाड गर्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने उपभोक्तावादीहरुको माग रहेको छ । सरकारी निकायबाट अधिकांश पानीका उद्योगले खानेपानी उत्पादनमा न्यूनतम मापदण्ड समेत पूरा नगरेको भन्दै गत वर्ष पनि सो कम्पनीमाथि कारबाही गरेको विभागको रेकर्डमा उल्लेख छ । मिनरलवाटरको नाममा गुणस्तरहीन पानीलाई बोटलमा प्याक गरी बिक्रीवितरण हुँदै आएको आक्वा हन्ड्रेड नामक पिउन नै नहुने गरी फोहोर पानी र किरासहितको भेटिए पनि सो कम्पनीका मुख्य व्यक्ति अहिले सम्पर्कविहीन भएर बसेका छन् । आफूलाई उच्च घरानीया व्यवसायीको परिचय दिँदै नेपाली भूमिमा व्यवसाय गर्दै आएको ‘नेपालको आफ्नो, नेपालका बनेको’ भन्ने नारा दिँदै किरासहितको पानी बिक्री गर्दै आएको सो आक्वा हन्ड्रेड नामक पानीको मुख्य व्यक्ति सञ्जय दुगड एकाएक नेपालमा नबसी भारतमा बस्दै आएको उच्च स्रोतको दाबी रहेको छ । उनी केएल दुगड ग्रुपमा समेत मुख्य पदीय दायित्व बोकेका व्यक्तिका रुपमा रहेका छन् ।
उनलाई गत २०७२ सालमा कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा पनि उनी रातारात भारत गई फरार भएका व्यक्ती हुन । प्राप्त पछिल्लो विवरण अनुुसार संजय दुगड दरबार हत्याकाण्डपछि धेरैजसो समय भारतको ब्यांगलोरमा बस्दै आएको उच्च स्रोतको दाबी रहेको छ । राजधानीमा सर्वसाधारण जनतादेखि पाँचतारे होटल चलाउनेहरूसम्म खानेपानीको अभावले गर्दा ट्यांकरबाट पानीको परिपूर्ति गरिरहेका छन् । त्यस्तै सर्वसाधारण जनताहरूलगायत अत्यधिक विदेशीहरूको चाप रहने राजधानीमा अहिले खानेपानीको अभावलाई पूर्ति गर्नको लागि बोतलबन्द पानी प्रयोगमा पनि उच्च माग हुँदै आएको छ । जसका कारण पानीको व्यापार निकै फस्टाएको छ । पानीको लागि धनी देश भए पनि महंगो मूल्य तिरेर पानी खरिद गरे पनि किरासहितको पानी बिक्री गर्ने सो समूहमाथि भने खासै सरकारले ध्यान नदिएको भने प्रष्ट हुन आएको उपभोक्तावादीहरुको भनाइ छ । आफ्नो कम्पनीको पानीलाई बढी शुद्ध बताउने मिनरलवाटर कम्पनीहरूले बनाइएको बोलतबन्द पानीमा कति मिनरल छ कति गुणस्तरयुक्त छ त्यसको जवाफ आम सर्वसाधारणलाई दिन कुनै पनि कम्पनीहरुले सकेका छैनन् । अहिले उपत्यकामा ४० वटाभन्दा बढी विभिन्न मिनरलवाटर कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
तर ती सबै उद्योगहरू कानुनी रूपमा दर्ता भएर सञ्चालन पनि आएका छैनन् भने दर्ता भएर सञ्चालनमा आएका उद्योगबाट समेत गुणस्तर पानी उत्पादन गरिएको पाइएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बोतलबन्द पानीमा खराबी भेटिएको प्रमाणसहित तीनवटा बोतलबन्द पानी उत्पादन गर्ने कम्पनीविरूद्ध दायर गरी टोटल मेसोफोलिक ब्याक्टेरिया गणना प्रतिलिटर पानीमा २५ मिलिग्रामभन्दा बढी नहुनुपर्नेमा विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा आक्वा हन्ड्रेडको बोतलबन्द पानीमा नै हजार पाँच सय ५० पाइएको भन्दै तत्कालीन समयमा कारबाही समेत गरेको थियो । ती बोतल बन्द पानीमा मापदण्डभन्दा बढी मेसोफोलिक पाइएको तथा सो कुरा सम्बन्धित उत्पादनकर्ताहरूले स्वीकार गरेको र तोकिएको समयभित्र सुधार गरेकाले पहिलो चरणमा जरिवानामात्र गरेर कारबाही गरेको विभागको रेकर्डमा उल्लेख छ । यसरी पटक–पटक कारबाहीमा परेको सो उद्योगमाथि अहिले भने गम्भीर प्रकारको गल्ती फेला परेको हो । – आर्थिक दैनिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: