काठमाडौँ – अरुण काबेली पावर लिमिटेडको सातौं तथा आठौं संयुक्त वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा पौष ३० गते, ईन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो ।
यस साधारण सभाले आर्थिक वर्ष २०७३/७४ तथा आ.व. २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ ।
यस कम्पनीका संस्थापक शेयरधनीको प्रतिनित्व गर्ने सञ्चालक पद गुरु प्रसाद न्यौपाने, जिवनराज शाक्य,बच्छराज तातेड तथा भेजप्रसाद तिमिल्सीना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक मिलन खड्का तथा नोलकुमारी आचार्यलाई महिलाको प्रतिनिधित्व गर्ने गरी र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाइ निर्वाचनमा सर्वसम्वत् सञ्चालक समितिमा चयन गरेका छन् ।
यस कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।
यस परियोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक-काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्ला साविकको अमरपुर गा.वि.स. स्थित अमरपुर सबस्टेसनमा जडान गरी विद्युत आपूर्ति गर्ने गरी संझौता सम्पन्न भएको छ ।
यस परियोजनामा निर्माण गर्नुपर्ने हाईड्रोमेकानिकलको कार्य अन्र्तगत पेनस्टक पाईप, गेट निर्माण तथा जडान, ईलोक्टोमेकानिकल तथा स्विचिङ्ग सवस्टेशनमा लाग्ने मेशिनहरु जडान कार्य सम्पन्न भएको छ ।
यस कम्पनीले निर्माण गर्नुपर्ने काबेली देखि अमरपुर सवस्टेशन सम्मको ४.५ किलोमिटर लामो १३२ के.भी प्रसारण लाईन निर्माण गर्ने कार्य सम्पन्न भई लाईन चार्ज समेत भईसकेको छ ।
यस परियोजनाबाट बार्षिक १४,१७,४६,४७० किलोवाट घण्टा विद्युतशक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । विद्युत बिक्रीको मूल्य वर्षात्का ८ महिनाको लागि रु ४.८० प्रति किलोवाट घण्टा तथा हिउँदका ४ महिनाको लागि रु ८.४० प्रति किलोवाटघण्टा कायम गरिएको छ । यस आधारमा यो परियोजना निर्माण सम्पन्न भई सुसञ्चालन भएको पहिलो वर्ष रु ७६.० करोड आम्दानी प्राप्त हुनेछ । यो आयमा पाँच वर्ष सम्म बार्षिक ३ प्रतिशतका दरले मूल्य वृद्धि हुनेछ ।
यस परियोजनाको प्रस्तावित नयाँ व्यापारिक उत्पादन सरु हुने मिति २०७५ साल असोज २४ गते तय गरी विद्युत खरीद संमmौतामा तेश्रो पटक संशोधन गरिएको छ । यो अवधिमा पनि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने ट्रान्समिशन लाईन निर्माण पुरा गरी नसकको हुँदा यसमा अर्को संशोधन गरी विक्रम सम्वत् २०७५ साल माघ महिना भित्र यस आयोजनाको निर्माण सम्पन्न भई चालु हुने अनुमान रहेको छ ।
२५ मेगावाट क्षमताको काबेली बि –१ जलविद्युत परियोजना निर्माण पूरा गर्न कूल रु. ४६३ करोड लागत लाग्ने अनुमान छ । यो प्रतिवेदन तैयार गर्दा सम्म परियोजना निर्माणमा रु ४५४ करोड लगानी भईसकेको छ । यो परियोजना निर्माणका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट परियोजना कर्जा वापत रु २९४ करोड प्राप्त भएको छ । शेयरधनीहरुका तर्फबाट रु १५० करोडको लगानी भईसकेको छ । बैंकबाट लिएको कर्जा १२ वर्ष भित्र चुक्ता गर्ने योजना रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा वाँडफाँड कार्य २०७३/९/५ मा सम्पन्न भएको छ । अरुण काबेली पावर लिमिटेडको शेयर मिति २०७४/१/३ का दिनदेखि धितोपत्र वजारमा कारोवार भईरहेको छ । यस कम्पनीको आयोजना प्रभावितह?लाई निष्काशन भएको स्थानीय सर्वसाधारणको मिति २०७६।०३।२४ तथा संस्थापक शेयरधनीहरुको साधारण शेयर मिति २०७६/९/४ देखि लकईन खुल्ला भई स्वतन्त्र रुपमा शेयर किनबेच गर्न सकिनेछ ।
कम्पनीले परियोजनाको निर्माण कार्य पूरा गरी विद्युत उत्पादन सरु गरेको आ.व. २०७६/७ देखि शेयरधनीहरुले लाभांश प्राप्त गनर्’ गर्नुहुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्