×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूमा ‘गैरकानुनी’ कर्जाको काम, नियम मिचेर पूर्वमन्त्रीले गरे ‘बाफिया’ कै बदनाम !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूमा ‘गैरकानुनी’ कर्जाको काम, नियम मिचेर पूर्वमन्त्रीले गरे ‘बाफिया’ कै बदनाम !

Artha Sarokar

५ फाल्गुन २०७५, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बैंक अफ काठमाण्डूमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) विपरित काम भएको खुलासा भएको छ । सञ्चालक र संस्थापक सेयरधनीले आफू संलग्न वित्तीय संस्थाबाट ऋण तथा अन्य सुविधा लिन नपाउने व्यवस्था विपरित बैंकमा संस्थापक सेयरधनी डम्बरबहादुर मल्लले आफू संलग्न तत्कालीन कम्पनी ‘ग्रिनलाइन इन्टरनेसनल प्रालि’ का नाममा बैंक अफ काठमाण्डूबाट ऋण लिएको नेपाल राष्ट्र बैंकको इन्सपेक्सनका क्रममा भेटिएपछि यस्तो रहस्य बाहिरिएको हो । मल्ल पूर्वमन्त्रीसमेत रहेका मल्लले आफ्नो र आफ्नी श्रीमतीका नाममा बैंकमा ठूलो संख्यामा संस्थापक सेयर हुँदा हुँदै पनि ऋण लिएर बाफिया मिचेका हुन् । हाल बैंकका सञ्चालक रहेका हेमराज सुवेदीको पनि ग्रिनलाइन इन्टरनेसनलसँग संलग्नता रहेको राष्ट्र बैंकको इन्सपेक्सनका क्रममा भेटिएको हो । 
बाफियामा के छ व्यवस्था ?
बाफियाको दफा ५० मा बैंक तथा वित्तीय संस्थाले गर्न नहुने कामबारे उल्लेख छ । ‘सञ्चालक, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनीत गर्ने अधिकार पाएको व्यक्ति, फार्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फार्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न ।’ नपाइने व्यवस्था उक्त दफाको ‘ग’ मा  गरिएको छ । यस्तो गलत काम गरेको भेटिएपछि बैंकका सञ्चालक सुवेदीलाई नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको बैठकमा उपस्थित नहुन पत्र काटिसकेको छ ।  यसो त बैंकमा भेटिएको थुप्रै अन्य कैफियतबारे पनि नेपाल राष्ट्र बैंकले बैंकलाई सचेत गराईसकेको छ । सचेत गराउँदा पनि सुशासनलाई नसुधारे सीआइबीकहाँ केस लिएर जाने चेतावनीसमेत राष्ट्र बैंकले बिओकेलाई दिइसकेको छ ।  
इन्सपेक्सनका क्रममा के के भेटियो ?
इन्सपेक्सनपछी तयार भएको रम्भिक प्रतिवेदनमा ग्रिनलाइन इन्टरनेसलको सम्पूर्ण ऋण असुली प्रक्रिया बोर्ड सञ्चालकबाट प्रभावित भएको देखिएको उल्लेख छ । बैंकका संस्थापक सेयरधनीबाट ऋणी कम्पनी ग्रिनलाइन इन्टरनेसनलको बैंक खाता सञ्चालन भएको समेत प्रतिवेदनमा उल्लेख छ । सेयर होल्डरको ग्यारेन्टी नलिई ऋण दिइएको भटिएकोसमेत प्रतिवेदनमा उल्लेख छ। ‘बैंकले ०६७/६८ तिर बैंकले ग्रिनलाइनलाई करिब ९ करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिन्छ । डम्बरबहादुर मल्ल पनि सल्लाहकारका रूपमा उक्त कम्पनीमा रहेको देखिए पनि कम्पनीको बीओकेसँगको वित्तीय कारोबारमा उनको हस्ताक्षर छ । करिब एक दर्जन कारोबारमा मल्लकै ग्यारेन्टी देखिन्छ ।’ स्रोतले भन्यो । अझ बाफिया मिचिएको यो काण्डमा उनकी श्रीमती पनि मुछिएकी छिन् । ग्रिनलाइनमा ऋण प्रवाह हुँदा डम्बरबहादुर मल्लकी श्रीमती रीता मल्ल बैंकमा सञ्चालक थिइन् । आफू संस्थापक सेयरधनी र श्रीमती सञ्चालक रहेको बैंकको ऋणी कम्पनीको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न भएको अनुसन्धानले औंल्याएको छ ।
के भन्छन् बैंकका अध्यक्ष ?
यता बैंकका अध्यक्ष प्रकाश श्रेष्ठ भने राष्ट्र बैंकले एउटा ऋणमा मात्र कैफियत देखाएको दावी गर्छन् । राष्ट्र बैंकको निर्देशनपछि बाफियाको प्रावधानअनुसार काम अघि बढाइएको उनको भनाइ छ  । यद्यपी नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले भने यो घटना सामसुम पार्ने राष्ट्र बैंककै उच्च अधिकारीहरुसमेत लागेको आरोप लगाईरहेका छन् । ‘यो केसलाई लिएर पोलिटिकल प्रेसर बढेको छ । राष्ट्र बैंककै उच्च अधिकारीहरु यो केस मिलाउन लागेका छन् ।’ नेपाल राष्ट्र बैंकका एक डेपुटी गभर्नरले भने ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी