काठमाडौं – अनलाइन अर्डर मार्फत् पाठकको घर–दैलोमा किताब पु¥याउँदै आएको ‘किताब यात्रा’ले शुक्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । ‘नेपालमा पठन संस्कृतिः हिजो, आज र भोली’ शीर्षकको सो गोष्ठीको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए ।
गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालमा पठन संस्कृति समृद्ध हुँदै गए तापनि कस्तो पाठक हुर्काउने भन्नेबारे सचेत हुनपर्ने बताए । ‘नाफा केन्द्रीत पठन संस्कृति भयो भने पाठक दिग्भ्रमित हुन्छन्’, ज्ञवालीले भने, ‘पठन संस्कृति निर्माण गर्ने भनेको आलोचनात्मक चेत भएका पाठक निर्माण गर्ने हो ।’
कार्यक्रममा प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनाल, प्राध्यापक डा. अभि सुवेदी, उपन्यासकार बुद्धिसागर र अभिनेतृ ऋचा शर्मासँग रुपेश श्रेष्ठले नेपालमा पठन संस्कृतिबारे संवाद गरेका थिए । सो संवादमा वक्ताहरुले पुस्तकको सहज पहुँच र चेतना विस्तार सँगै पाठकहरुको संख्या बढ्दै गइरहेको धारणा राखे । पाठकको रुचीमा विविधता थपिएसँगै नेपाली साहित्य पनि समृद्ध हुँदै गएकोमा वक्ताहरु एकमत थिए । विगतको तुलनामा पठन संस्कृति बढिरहेको भए पनि अपेक्षित रुपमा भने निर्माण नभइसकेको प्रति वक्ताहरुको गुनासो थियो ।
‘पढेकालाई सम्मान गर्ने प्रचलन निर्माण गरियो भने मात्र पठन संस्कृति विकास हुनसक्छ’ प्रहरी प्रमुख खनालले भने । महानिरीक्षक खनालले प्रहरी कार्यालयहरुमा लाइब्रैरी खोलिएको र संगठनमा उच्च तहका हाकिमदेखि जवानहरुले समेत पढ्ने संस्कृतिको विकास भइरहेको बताए। खनालले आफूलाई सुरुवाती दिनमा प्रहरीमा जागिर गर्दा प्रहरी भनेको दुनियासँग लड्ने, भिड्ने पेशा होला भन्ने लागेको तर, पछि बुझ्दै जाँदा दुनिया बुझ्न यहाँ त धेरै पढ्नुपर्ने रहेछ भन्ने लागेको अनुभव सुनाए।
साहित्यकार बुद्धिसागरले कर्णालीको दुर्गमा भेगमा आफूले पढ्नका लागि गरेको संघर्ष सुनाए। त्यतिबेला र अहिलेको अवस्था फरक रहेको बताउँदै उनले भने, ‘आजभोलि त साथीभाइ बीच क्याफे वा कफी शपमा जिम्मा हुँदा पनि बजारमा आएको नयाँ पुस्तकबारे छलफल हुन्छ। यो सकारात्मक पाटो हो।’ आफ्नो रुचीअनुसारका पुस्तक बजारमा आएकाले पाठक बढ्दै गएको उनले बताए। तर, पाठकहरु पढ्दै गएका पनि पठन संस्कृतिको विकासमा भने केही समय लाग्ने उनको बुझाई थियो।
नायिका शर्माले हिजो छोरीहरुले कोर्ष बाहेकका पुस्तक पढ्यो भने पोइल जान्छे भन्ने संस्कार रहेको र आजसम्म आइपुग्दा बाबुआमाले नै छोरीलाई पढ्न प्रेरित गरेको प्रसंग उठाइन्। आफूले बजारमा आएका प्रायजसो पुस्तक पढेको बताउँदै शर्माले कलाकारले समाज, परिवेश र सन्दर्भ बुझ्नका लागि धेरैभन्दा धेरै पढ्नुपर्ने बताइन्।
प्रा.डा. सुवेदीले पछिल्लो समय पुस्तक र साइबर संस्कारबीच द्वन्द्व रहेको उल्लेख गरे।उनले भने, ‘हिजोभन्दा आज पुस्तक पढ्ने अझ किनेरै पढ्ने जमात बढेको छ। तर, साइबर संसारप्रति युवाहरुको आकर्षण बढेकाले यसले भविष्यमा कस्तो असर पार्छ भन्ने कुरामा पनि विमर्ष हुनु आवश्यक छ।’
त्यस्तै बुक हिल प्रकाशनका अध्यक्ष भुपेन्द्र खड्काले किताब यात्राजस्ता संस्थाहरुले किताबको बजार प्रवद्र्धन गर्न सकारात्मक योगदान गरेकोमा धन्यवाद दिए । किताब यात्राका प्रमुख ऋषिराम अधिकारीले एक वर्षमै किताब बजारमा आफुहरुलाई स्थापित गर्न मद्दत गर्ने पाठक, लेखक, प्रकाशन गृह, सहयोगीहरु सबैलाईलाई धन्यवाद दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्