×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुर्खेतमा पनि ‘नक्कली अडिटर’ र ‘दले अडिटर’को बिगबिगी ! होसियार ! तपाईं पनि फस्नुहोला नि ! (प्रमाणसहित)

 सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सुर्खेतको एक सटरमा हाम्रो आँखा पुग्यो । नक्कली अडिटर र लाइसेन्स नलिइ दलालीमात्र गर्नेहरुका विरुद्ध धारावाहिक न्यूज स्टोरीहरु गरिरहेका हामीलाई त्यहाँको एउटा बिज्ञापनले ध्यान खिच्यो । पोष्टरमा ए.के एण्ड कम्पनी भनी लेखिएको छ । सिमल चोक, सुर्खेत ठेगाना बताइएको उक्त बिज्ञापनमा ०८३५२३०५७ फोन नम्बरसमेत दिइएको छ । अझ उक्त बिज्ञापनमा विभिन्न फर्महरुको लेखापरिक्षण गरिने भन्दै सेवाहरुको लिष्ट पनि दिइएको छ । यो सरासर गैरकानुनी काम हो । नेपालमा लेखा व्यवसायीहरुको नियमनकारी संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नियम अनुसार कसैले पनि लेखापरीक्षणका विषयमा बिज्ञापन गर्न वा प्रचारात्मक काम गर्न पाईदैन । त्यसपछी हामीले सुरु गर्यौं अनुसन्धान ।
नक्कली र दले अडिटरको बिगबिगी !
सुरुमा पोष्टरमा लेखिएको नाम अदिटका लागि लाइसेन्स दिने आइक्यानको सदस्य हो कि होइन भनेर हेर्यौं हामीले । पत्ता लाग्यो आइक्यानमा सुर्खेत ठेगाना भएको एके एण्ड कम्पनी नामक कुनैलाइसेन्सधारी अडिटर भेटिएन । लेखापरिक्षण अफिस भनेर बिज्ञापन गर्ने यो काम नक्कली अडिटरको रहेको पुष्टी भयो । अव यस्तो दलाली काम गर्न कुन सक्कली अडिटरले साथ दिएका छन् त ? हामीले त्यो पनि पत्ता लगाउन ग्राहक बनेर उक्त अफिसमा फोन गर्यौं । हामीले फोन गर्दा फोन निरन्तर व्यस्त थियो । लामो समय फोन व्यस्त हुनुले पनि थाहा हुन्छ कि त्यहाँ कति धेरै दलाली काम हुँदो रहेछ भनेर । 
हामी ग्राहक बनेर फोन गर्दा त्यहाँका एक व्यक्तिले जस्तो सुकै फर्मको लेखापरीक्षण गरिदिने दावी गरे । उनले कति कारोबार छ त्यहि अनुसार शुल्क लिने भनेपछि हामीले नयाँ फर्म हो भन्यौं । उनले सुरुमा रेट राखे ५ हजार । हामीले थोरै बार्गेनिङ गरेपछि उनी ३ हजारमा अडिट गर्न तयार भए । हामीले हस्ताक्षर कसको आउंछ भनेर पनि सोध्यौं । तर उनले निकै चलाखीपूर्ण जवाफ दिए, ‘अफिसमा आउनुहोस् बसेरै कुरा गरौंला ।’ 
नक्कली वा दलाली अडिटरलाइ कारवाही हुन्छ : आइक्यानको अनुगमन समिति 
यता आइक्यानको अनुगमन समितिका सदस्यहरुले नक्कली अडिटर वा यसरी दलाली गर्ने जो कोहीलाई कारवाही हुने बताएका छन् । ‘हाम्रा सदस्य हुन् भने हामीनै कारवाही गर्छौं । हाम्रा सदस्य होइन रहेछन् भने हामी सीआइबीको सहयोगमा कारवाही गर्छौं । तर यस्तो गलत काम गर्नेलाई कारवाहीचाहिं गरीछाड्छौं ।’ अनुगमन समितिका सदस्य बहादुर सिंह बिष्टले भने । उनका अनुसार नेपालमा लेखा व्यवसायीहरुको नियमनकारी संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट लाइसेन्स नपाएका जो कोहिले पनि यसरी लेखापरीक्षण गर्न पाउँदैन । ‘अझ लेखापरीक्षणको बिज्ञापन गर्न नपाइने भन्ने नियम त स्पष्ट रुपमै छ । यस्तो गर्नेलाई कुनै पनि हालतमा काम गर्छौं ।’      
कसरी चिन्ने नक्कली कि सक्कली ?
सक्कली अडिटरले यसरी बिज्ञापन नै गर्दैन । लेखापरीक्षण गराउने कामको विज्ञापन गर्न नपाउने स्पष्ट व्यवस्था छ । सक्कली अडिटरलाइ आइक्यानले पेशागत प्रमाणपत्र दिएको हुन्छ । उक्त प्रमाणपत्र कार्यालयमा देखिने स्थानमा हुन्छ । तपाईंहरुले त्यस्तो प्रमाणपत्र देखाउन अनुरोध गर्न पनि सक्नुहुन्छ । उनीहरुले देखाउनुपर्छ । तपाइँले पैसा दिने संस्था र तपाईंको रिपोर्टमा सहि गर्ने व्यक्ति फरक छ भने पनि त्यो नक्कलीहरुको काम हो भन्ने बुझ्नुपर्छ ।         
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: