Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमइ बैंकमा ‘स्टप पेमेन्ट’ गरिएको चेक ‘बाउन्स’ ! के छ कानुनी प्रावधान ?

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमइ बैंकको जग्गा काण्ड, नोट काण्ड, र इन्भर्स रिटर्न काण्डपछि ग्लोबल आइएमइ बैंकको ‘चेक काण्ड’समेत बाहिर आएको छ । ग्लोबल आइएमइ बैंकको पोखरा सभागृह शाखामा यस्लेतो काण्ड मच्चिएको थियो । संविधानले प्रद्धत गरेको गोपनियताको अधिकार विपरित ग्लोबल आईएमइ बैंकले लापरवाही गर्दा एकातर्फ ग्राहकलाई सास्ती थपिएको छ भने अर्कोतर्फ बैंकको लापरवाहीको पराकाष्टा देखिएको छ । 
भएको के हो ?
कास्की पोखरा महानगरपलिका २५ बस्ने सुब्बा घिमिरले ग्लोबल बैंकमा २०७५ फागुन १५ मा निवेदन हालेर चेक खारेज गरेका थिए । तर त्यहि खारेज गरिएको चेकलाई लिएर बैंकले २०७५ फागुन २१ मा बाउन्स गरी रकम जम्मा गर्न खातावाललाई पत्राचार गरेको पाइएको छ । उक्त रकम खातामा जम्मा नगरे निजलाई लोसूचीमा राख्चने चेतावनी दिएर बैंकले पत्र पठाएको पाइएको छ । अहिले उक्त मुद्धा अदालतमा विचाराधीन रहेकोसमेत पाइएको छ । समग्फारमा हेर्गुदा बैंकले गरेको गल्नती भनेको फाल्गुन १५ मा नै रद्द गरिएको चेक फागुन २५ मा बाउन्स गरिएको छ । यस विषयमा बैंकका शाखा प्रमुख मंदिप बरालसँग बुझ्दा उनले आफूले नियमानुसार नै चेक बाउन्स गरेको दावी गरेका छन् । यता घिमिरेले भने आफुले खारेज गरेको चेक कसरी बाउन्समा पर्यो भन्ने विषयले आफुलाई निकै चिन्तित बनाएको बताएका छन् भने ग्लोबल आइएमइ बैंकबाट आफुले ‘फोकट’मा दुख पाएको समेत आरोप लगाएका छन् ।


जानकारहरुकै दुइ थरी कुरा !
यसो त यस विषयमा बैंकिङ क्षेत्रकै जानकारहरुका दुइ थरी कुरा सुनिएका छन् । एक वानिज्या बैंकका सीइओ यस्तो हुनु स्वाभाविक भएको बताउँछन् । ‘कसैलाई चेक दिने अनि त्यसलाई खारेज गर्न कहाँ पाइयो त ? तर बैंकले पनि किन स्टप पेमेन्ट गर्ने भन्ने कुरा नबुझी उक्त अनुरोधलाई स्वीकार गर्नु हुन्नथियो । तर प्रवृतिचाहिं ठिक भएन । यस्तो हो भने त चेक दियो अनि स्टप पेमेन्टको लागि अनुरोध गरे भैहाल्यो नि !’ यता एक बिकास बैंकका सीइओ भने खारेज नै गरिसकेको चेकलाई भने बाउन्समा गर्नुभन्दा पनि स्टप पेमेन्ट गर्ने ग्राहकलाई बोलाएर यस समस्याको समाधान झिकिनुपर्ने तर्क गर्छन् ।       
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK