काठमाडौँ – हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल संचालनमा आएको छ । पूँजी बजारको दिगो विकास गर्ने उद्देश्यका साथ शुक्रबारबाट कारोबार गर्ने गरी हिमालयन क्यापिटल संचालनमा आएको हो । उक्त कम्पनी काठमाडौंको कमलादीमा रहने छ ।
प्रत्येक बैंकले एउटा एउटा मर्चेन्ट बैंकिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी खोल्ने क्रम जारी रहेको छ भने ३१औं नम्बरमा हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल संचालनमा आएको हो। बैंकको पूर्ण स्वामित्वमा रहेको यो कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।
शुक्रबारबाटै वित्तिय कारोबार सुरु हुने गरी स्थापना गरिएको सो संस्थाको मूख्य उद्देश्य पूँजी बजारको दिगो विकासका लागि बैंकिङ सेवा प्रदान गर्नु रहेको हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुशील जोशीले जानकारी दिए ।
पूँजी बजारको विकासले गति लिन थालेपछि हिमालयन बैंकले हिमालयन क्यापिटल स्थापना गरेको हो । पूँजी बजारको दिगो विकास गरी मुलुकका लागि बाह्य लगानी जुटाउन पनि सो क्यापिटल स्थापना गर्नु परेको हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।
हालसम्म बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, जनता बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सनराईज बैंक र हिमालयन बैंक गरी २१ वटा वाणिज्य बैंकका आआफ्नै मर्चेन्ट बैकिङ कम्पनी छन् ।
हेर्नुहोस् भिडियो :
हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्